११ असार २०८३, बिहीबार
,
Latest
महाधिवेशनले पार्टीलाई बलियो र एकीकृत बनाउँछ : सञ्चारमन्त्री तिमिल्सिना रास्वपाको पहिलो चरणको मतदान सकियो, पदाधिकारी चयनको प्रक्रिया अब सुरु हुने सरकारी आश्वासनपछि झापा–इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा रवि लामिछानेद्वारा रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा मतदान वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन विपी राजमार्गमा पुनर्निर्मित ‘ट्रयाक’बाट यातायात सञ्चालनको तयारी अवैध डलर, सुन र चाँदीसहित भारतीय नागरिक काठमाडौंबाट पक्राउ फिफा विश्वकप २०२६ ः दक्षिण अफ्रिका विश्वकपको नकआउट चरणमा प्रवेश सुनचाँदीको मूल्य घट्यो रास्वपा महाधिवेशनमा गृहमन्त्री सुधन गुरुङद्वारा मतदान
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद् सुचारु गराउन सबै दलका सचेतकसँग सभामुखको छलफल



file photo
अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक सुचारु गर्न विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् ।

प्रतिनिधिसभा बैठक सुचारु ढंगले अघि बढाउन सभामुख देवराज घिमिरेले विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँग छलफल अघि बढाएका छन् । शुक्रवार सत्तापक्ष र विपक्षी दलका सांसदहरूविच भनाभन भएपछि संसद् बैठक १५ मिनेटका लागि स्थगित गरिएको थियो ।

१५ मिनेटका लागि भनेर बैठक स्थगित गएिको बैठक डेढ घण्टा बित्दा पनि सुरु हुन सकेको छैन । बैठक सहज रूपमा अघि बढाउनका लागि सभामुखको कार्यकक्षमा दलका प्रमुख सचेतक र सचेतकसँग छलफल भईरहेको विज्ञ शेखर अधिकारीले जानकारी दिए ।