२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललितपुर महानगरपालिका–१ द्वारा ६८ वर्ष माथिका नागरिकलाई निमोनिया खोप



symbolic picture of vaccine
अ+ अ-

ललितपुर । ललितपुर महानगरपालिका १ नंं. वडा ६८ वर्ष माथिका जेष्ठ नागरिकहरुलाई निमोनिया विरुद्धको खोप लगाउने नेपाल कै पहिलो वडा भएको छ । वडा अध्यक्ष निर्मल तण्डुकारका अनुसार वडास्तरीय विनियोजित बजेटबाटै खोप खरिद गरि वितरण गरिएको जनाउनु भएको छ ।

ललितपुर महानगरपालिका १ वडाको योजना क्षेत्रमा कार्यसम्पादन गर्दै आउनु भएका अधिकृत सन्तोष पौडेलले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको सहयोगमा विगतका वर्षहरुमा पनि खोप कार्यक्रम सुचारु भईरहेको थियो ।

केहि वडावासीहरुले आफ्नै व्यक्तिगत स्रोतबाट लगाउनु भएको छ र बाँकी आमाबुबालाई वडाबाट खोप व्यवस्थापन गरिएको हो ।उहाले हालसम्म ललितपुर महानगरपालिका १ वडामा ३०० भन्दा बढि जेष्ठ नागरिकहरुले खोप लगाएको तथ्यांक वडा कार्यालयमा रहेको बताउनु भयो ।

यसका साथै ललितपुर महानगरपालिका १ वडा नेपालकै पहिलो डिजिटल स्वास्थ्य प्रोफाइल निर्माण गर्ने वडा भएको र केहि दिनपछि नेपालकै पहिलो हरेक घरधुरीमा कम्पोष्टविन पुगेको वडाको रुपमा घोषणा गर्ने तयारी रहेको वडा कार्यालयले जानकारी दिएको छ ।