१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar संयुक्त राष्ट्रसङ्घको ८१औं महासभाका अध्यक्ष डा. रहमानसँग परराष्ट्रमन्त्री खनालको भेटवार्ता News Polar बागलुङ पहिरोः मृतकको सङ्ख्या १२ पुग्यो News Polar मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी News Polar सञ्चालनको पर्खाइमा नेपालगन्ज सिटी हल News Polar मौलिकताको आँगनमा पर्यटनको पाइला: सिङ्दी गाउँ News Polar परराष्ट्रमन्त्री खनाल र श्रीलंकाका विदेशमन्त्री हेराथ बीच भेटवार्ता News Polar मनाङ पुगेका पर्यटक फर्किन थाले News Polar एसियाली खेलकुद : क्रिकेट खेल रद्द हुँदा नेपाल प्रतियोगिताबाट बाहिरियो News Polar उद्योग संरक्षण र लगानी सुरक्षामा हामी केन्द्रित हुन्छौँः मुख्यमन्त्री थापा News Polar कालीगण्डकी बाढीले उजाडियो तिल्केनी News Polar मृतकका परिवारलाई एक लाख राहत News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar पाँचथरमा धान–मकै छाडेर अलैँचीतर्फ किसानको आकर्षण News Polar प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु

गठबन्धनमा सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ: चन्द्रकान्त राउत

गठबन्धनमा सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल हुन्छ: चन्द्रकान्त राउत
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउतले गठबन्धनले सत्ता टिकाउने र प्रतिष्पर्धीलाई समाप्त पार्ने कुरामा मात्रै छलफल गर्ने गरेको आरोप लगाउनुभएको छ ।

बिहीवारको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा चरम निराशा व्याप्त रहेको बताउनु भयो । उहाँले सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता शुरु भएको बताउनु भयो । उहाँले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको बताउनु भयो ।

उहाँले प्रतिनिधि सभा चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको बताउनु भयो । उहाँले गठबन्धनका बैठकमा जनसरोकारका मुद्दामा छलफल नै नभएको बताउनु भयो । उहाँले जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएको र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको झैँ अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज जतातिर जान्छु देशमा चरम निराशा व्याप्त भएको देख्छु । देशमा मात्र नभइ विदेशमा पनि उत्तिकै निराशा छाएको देख्छु । समग्रमा सरकार, व्यवस्था, देशप्रति, राजनीतिक पार्टीप्रति, नेताहरुप्रति चर्को उदासिनता देख्दैछु । देशमा हरेक अंगहरु व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका पूर्णत: असफल दिशातिर गइरहेको प्रतित भइरहेको छ । प्रतिनिधि सभाको कुरा गर्ने हो भने चार नेताको रबर स्ट्याम्प जस्तो प्रयोग भइरहेको छ । न्यायपालिकाबाट न्याय पाउने कुनै आशा नै गर्न नसक्ने अवस्था छ । संवैधानिक निकायहरु सरकारको निर्देशनमा जिहुजुर गर्ने मात्रै व्यस्त छन् ।’

‘कार्यपालिकाको अवस्था यस्तो छ की कुनैपनि कुरामा शिक्षा, स्वास्थ्य, रोजगारी कुनैपनि कुरामा डेलिभर गर्नसक्ने अवस्था छैन । यति मात्रै होइन, म पनि गठबन्धनमै छु र विगतका गठबन्धनका बैठकमा जाँदा पनि के देखिन्छ भने कतैपनि जनसरोकारका मुद्दामा छलफल नै भइरहेको छेन । सत्तामा कसरी टिक्ने, गठबन्धनलाई कसरी टिकाउने, कसरी बिरोधी र प्रतिष्पर्धीलाई कसरी समाप्त पार्ने भन्नेमा मात्रै ध्यान गएको छ । जसरी जंगबहादुर राणाले रगतको आहालमा खेलेर आफ्नो राज्यसत्ता ल्याएका थिए र अन्तिममा आफैँ सेतो बाघबाट त्रसित हुनुपरेको थियो, त्यस्तै नै अहिलेको शासन व्यवस्थाबाट शासन व्यवस्था ल्याउने त्रसित भएको अवस्था छ । दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि मेरो गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा छ । धोती लगाउँदा पनि षड्यन्त्र देख्छ । हामी सुध्रेनौँ भने जंगबहादुरकै हविगत हुनेछ ।’

उहाँले दुई युवाहरु विदेश जान पाउँ भनेर बिरोध गर्दा पनि गणतन्त्र र लोकतन्त्र ढाल्न आयो की भनेर सेतो बाघ देख्ने षड्यन्त्र शासकमा रहेको जिकिर गर्नुभयो । उहाँले शासक नसुध्रिए जंगबहादुरकै हविगत हुने चेतावनी दिनुभयो ।