२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानन्यायाधीश संवैधानिक परिषदमा हुँदा निष्पक्ष न्याय सम्पादन हुन सक्दैन: न्यायधीश राउत (भिडियोसहित)



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने/नपर्नेबारे गम्भीर विचार विमर्श हुन आवश्यक रहेको बताउनुभएको छ ।

बिहीवार सर्वोच्च अदालत बार एशोसिएशनको स्वर्ण महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले संवैधानिक परिषद्मा प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? भन्ने प्रश्न उठेको बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्मा हुँदा निष्पक्ष न्याय सम्पादन हुन नसक्ने बताउनु भयो । उहाँले प्रधानन्यायाधीश संवैधानिक परिषद्को सदस्य रहँदा न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्ने दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘आज संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? धेरैको कुरा त आयो ? तर स्पष्ट कुरा आएको छैन । विचार त्यसमा सम्प्रेषित हुनुपर्छ । संवैधानिक परिषद्मा प्रधानन्यायाधीश हुनुपर्ने की नपर्ने ? प्रधानन्यायाधीश भएपछि मुद्दा हेर्न मिल्ने की नमिल्ने ? आज यो यस्तो बहस छेडिएको छ की संविधानमा मात्रै गएर टुंगिने अवस्था छ । न्यायपरिषद्मा, संसदीय सुनुवाई समितिमा र संवैधानिक परिषद्मा । प्रधानन्यायाधीश संवैधानिक परिषद्मा संलग्न भएपछि प्रश्न एकदमै तिखारिएर आयो । कतिसम्म भयो भने संसद विघटन हुँदाखेरी दुई दिनसम्म मुद्दा संवैधानिक इजलासले हेर्ने की वृहतपूर्ण इजलासले हेर्ने भन्ने बहस भयो । प्रधानन्यायाधीश संलग्न हुँदा फेयरनेस हुन्छ की हुँदैन भन्ने थियो । जुडिसियरको इम्पारसिलिटी भनेको फेयरनेस हो । न्यायिक अक्षुण्डता र स्वतन्त्रताको कुरा ओझेलमा पर्छ । आजको न्याय लयमा फर्किएको छ ।’




भर्खरै