२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गरौं :डाक्टर अनुप बास्तोला



अ+ अ-

काठमाडौ ।शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पतालका सरुवा रोग विशेषज्ञ डाक्टर अनुप बास्तोलाले  खोप अभियान आम सर्वसाधारणमा नपुगेसम्म र खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

डाक्टर बास्तोलाले कोरोना नियन्त्रणमा विश्व समुदाय खोप सँगसँगै अझै कसो गर्ने र के गर्ने भन्ने अवस्थामै रहेको उल्लेख गर्दे  हामीसँग कोरोना कहिलेसम्म बस्ने हो ठेगान नभएका कारण  बाहिर–फेर निस्कँदा सुरक्षाका मापदण्ड नत्याग्न पनि अनुरोध गर्नुभएको छ ।  

बास्तोलाले लेख्नु भएको छ–बाहिर हिँड्दा, देख्दा लाग्छ कि, कोरोना अब छैन । खोप आइसक्यो वा कोरोना अब सक्कियो भनेर हो कि आम सर्बसाधारण मापदण्ड पालना नगरी  ढुक्क देखिन्छन । तर, टेकू अस्पतालमा कोरोना भाइरस संक्रमित बिरामीको उपस्थितिले यसो भन्न मिल्दैन । 
महामारीको मध्यमा जस्तो बिरामीको चाप नभए पनि टेकूमा कोभिडका बिरामी आइरहेकै छन्, त्यो पनि आईसीयूमै । यसले देखाउँछ, कोभिडबाट सिकिस्त  बिरामी अझै हुनुहुन्छ । अर्थात, बिरामी थपिने क्रम घटेको छ, तर रोकिएको छैन ।
अन्य अस्पतालले कोभिडका बिरामी राख्न बन्द गरेर टेकूमा चाप कायमै रहेको पनि हुन सक्छ । तर पनि अवस्था त्यति ढुक्क हुने किसिमको छैन । त्यसैले खोप अभियान आम सर्वसाधारणमा नपुगेसम्म र खोपले पूर्ण काम नगरेसम्म मापदण्ड पालना गरौं । 
कोरोना नियन्त्रणमा विश्व समुदाय खोप सँगसँगै अझै कसो गर्ने र के गर्ने भन्ने अवस्थामै छ । हामीसँग कोरोना कहिलेसम्म बस्ने हो ठेगान छैन । त्यसैले बाहिर(फेर निस्कँदा सुरक्षाका मापदण्ड नत्यागौं ।