२१ असार २०८३, आईतवार
,
Latest
पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही राजमार्गमा सरकारको एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार विप्लव वार्ता : रणनीति मात्र कि समाधान पनि ?



अ+ अ-

काठमाडौं । सरकार र  नेत्रविक्रम चन्द ‘विप्लव’ बीच वार्ताको तयारी सर्बत्र चासोको बिषय बनेको छ ।  के दुबै पक्ष शान्ति प्रक्रियाप्रति ईमान्दार भएर वार्ताका लागि अग्रसर भएका हुन् ? कि उपयोगका लागि मात्र वार्ताको पासो फालिएको हो ? यी प्रश्न अहिले नेपाली बजारमा छरिएका छन् । 

सत्तारुढ नेकपाभित्र समस्या उत्पन्न भएदेखि नै प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले विप्लवसंगको वार्तालाई प्राथामिकतामा राख्दै आउनुभएको थियो । झन प्रतिनिधिशभा बिघटनपछि त प्रत्येक शभामा विप्लवसँग वार्ता हुन्छ भन्दै वार्ताबाट पुष्पकमल दाहाल समूह आत्तिएको आरोप लगाउदै आउनु भएको छ । 

सर्बोच्च अदालतमा प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्धा बिचाराधीन रहेको अबस्थामा नै वार्ताको प्रक्रिया सुरु गर्न खोजेपनि बिभिन्न कारणले प्रक्रिया अघि बढ्न सकेको थिएन । सरकारी अधिकारीहरुका अनुसार वार्तापूर्बका गृहकार्यहरु धेरै नै अघि बढिसकेका छन् । 

मंगलबार सरकारले गृहमन्त्री  तथा विप्लवकै सहकर्मी रामबहादुर थापाको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको वार्ता समिति गठन गरेको थियो । यस लगत्तै विप्लव समूहले पनि प्रवक्ता खड्गबहादुर विश्वकर्माको संयोजकत्वमा केन्द्रीय सदस्य उदय चलाउने ‘दीपक’सदस्य रहेको वार्ता टोली सार्वजनिक गरेको छ । यसरी सरकारी र विप्लवपक्षबाट प्रक्रिया अघि बढाएका छन् । 

प्रतिबन्ध लगाएको दुई वर्षपछि सरकारसँग सम्बादमा आउन लागेको विप्लव समूहले के अब सधैँका लागि बिद्रोहको बाटो छोड्न खाजेको हो ? वार्ताका लागि तयार भएको सन्देशले मात्र पनि धमिलिएको राजनीतिमा अलिकति सफा माहौल देखिएको छ । यद्यपी विप्लव समूहले वार्ताको सकारात्मक वातावरणका  लागि माग गरिरहेको छ । 

यसका लागि विप्लव समूहले पार्टीमाथि लगाइएको प्रतिबन्ध फुकुवा हुनुपर्ने, बन्दी नेता तथा कार्यकर्ताहरु निःशर्त रुपमा रिहा हुनुपर्ने प्रगतिशीलहरूको संयुक्त अन्तरिम सरकार र  ‘सार्वभौम सम्पन्‍न जनताको जनमतबाट वैज्ञानिक समाजवाद र पूँजीवादको फैसला गर्ने नेतृत्व दिनसक्ने वैकल्पिक सरकारको  गठन सम्मकम कुरा उठाउने तयारी गरिहेका छन् । विप्लव समूहले वार्ताको एजेण्डाबारे सरकारलाई पत्र पनि पठाईसकेको बताइएको छ ।

तर अरु मागमा सहमति भए पनि प्रगतिशिलहरुको संयुक्त सरकार निर्माण गर्नुपर्ने भन्ने विषयमा के वर्तमान सरकार तयार होला ? त्यो सम्भव देखिन्न । त्यसो भए यसको विकल्प के त भन्ने बारेमा सरकारको तयारी राम्रोसँग भएको पनि बाहिर आएको छैन । 

अनि अर्कातर्फ विप्लव समूहले पनि यी माथिका आफ्ना मागहरुका विकल्पमा अरु के एजेण्डा तय गर्न सक्ला भन्ने पनि देखिँदैन । सर्वाेच्च अदालतले विघटित प्रतिनिधि सभाको पुनस्र्थापना गरिदिएपछि अब यो संसदको आयु अझै दुई वर्ष छ । सरकारको आयु पनि माधव प्रचण्डको मात्र आक्रोसोले फेर्न सक्ने देखिएन । यसमा काँग्रेसको संलग्नता अनिवार्य छ । 

त्यसैले यस्तो अवस्थमा विप्लवले यही संसदीय प्रक्रिया र प्रणालीभित्रबाटै समाधानका लागि मार्ग प्रसस्त गरिदिनुपर्नेछ । सरकार र विप्लव दुवै पक्षबाट यही परिधिभित्रैबाट समाधानको साँचो पहिल्याउनु नै देशका लागि हितकर छ । किनभने माओवादीको दश वर्षे सशस्त्र विद्रोहको मैजारो पनि यही संसदीय राजनीतिमै आएर टुंगिएकोले अहिलेका लागि विप्लवहरुसँग पनि यो भन्दा अर्काे विकल्प खासै कुनै देखिएन ।