२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar भरतपुरको राजमार्ग सहित बजार क्षेत्र ‘सिसी क्यामेरा’का निगरानीमा News Polar वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम धाउनुपर्ने बाध्यता हट्यो News Polar बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्याः तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन् News Polar दुई हजारमाथि विद्यार्थी भएका १०९ विद्यालयमा ६ अर्ब लगानी गर्दै शिक्षा मन्त्रालय News Polar सर्वाधिक १७३ मतसहित नेपाल संयुक्त राष्ट्र मानवअधिकार परिषद्को सदस्यमा निर्वाचित News Polar सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा News Polar बजेट खर्चलाई मात्र प्रगतिको आधार नबनाउन निर्देशन News Polar पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम News Polar अपाङ्गता भएका बालबालिकालाई विद्यालयमा टिकाउन नीतिगत पहलको खाँचो News Polar खुट्टीखोला सिँचाइ आयोजनाः हेडवक्र्स बन्यो, खेतमा पुगेन पानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar नवरात्रको चौथो दिनः कुष्माण्डा देवीको पूजा आराधना गरिँदै News Polar मार्तडी धाउनुपर्ने बाध्यता हटाउने उद्देश्यसहित जिल्ला प्रशासन कार्यालयद्वारा प्रविधिमैत्री सेवा सुरु News Polar रेशमी मार्गको विरासत धानेको च्याङ्ग्रा व्यापार News Polar बाढीले क्षति पुर्‍याएको प्राकृतिक उपचार स्थल सिङ्गा तातोपानी कुण्डमा पुनःनिर्माण News Polar गृहमन्त्रीबाट ‘बिम्स्टेक क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य रूपरेखा’ निर्माणको प्रस्ताव News Polar सुदूरपश्चिममा हट्यो ‘बजेट शून्यता’, प्रतिपक्षीको बहिष्कारबीच बजेट पारित News Polar कोलम्बियामा सरकारी सेनाको हवाई आक्रमण, किशोरीसहित चारको मृत्यु News Polar किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा News Polar अपाङ्गता भएका व्यक्तिको राजनीतिक सहभागिता बढाउन ‘समावेश’ परियोजना सुरु

बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घट्यो, रू ६ अर्ब बढीको शेयर कारोबार

बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घट्यो, रू ६ अर्ब बढीको शेयर कारोबार
अ अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घटेको छ । यो दिन १.६० प्रतिशतले घटेर २ हजार ४ सय १६ विन्दुमा झरेको हो । आज निरन्तर बजार घटेर बन्द भएको हो । यस दिन २ हजार ४४९.२३ विन्दुदेखि खुलेको बजार २ हजार ४५३.३७ विन्दुसम्म पुगेको थियो । 

यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.६० प्रतिशतले घटेर ४ सय ३६.८० विन्दुमा झरेको छ। इन्डेक्स परिसूचक ७.१२ अंकले घटेको हो । 

बुधबार रू. ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २१२ ओटा कम्पनीको ६३ हजार ६७४ पटकको व्यापारमा भएको हो ।

बुधबारको बजारबाट व्यापारिक र होटल्स तथा पर्यटन समूहले सबैभन्दा बढी कमाएका छन् । कारोबारमा आएका १३ वटा समूह मध्य यस दिन व्यापारिक समूहको सर्वाधिक ९.२६ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १.६५ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ । साल्ट ट्रेडिङ् कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू. ९२९ ले बढेर अन्तिम मूल्य रू. १० हजार २२२, चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ५० ले बढेर अन्तिम मूल्य रू. ५५० र हिमालयन पावर पार्टनरको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ४२४ पुगेको हो । 

यसदिन एशियन लाईफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । एशियन लाईफ इन्स्योरेन्सको ६.३६ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ८१ ले घटेर अन्तिम मूल्य रू. १ हजार १९३ र बरुण हाइड्रोपावरको ६.०६ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २१७ कायम भएको छ ।

यसदिन सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू. २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले बुधबार नै गत वर्षको लागि प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको थियो । बजार दोहोरो अंकले घटेको दिन कम्पनीको शेयरमूल्य पनि ५.७४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७३ ले घटेर अन्तिम मूल्य रू. १ हजार १९९ कायम भएको छ ।