६ पुष २०८२, आईतवार
,
Latest
लुम्बिनी लायन्सको ट्रफी उत्सव र्‍याली घोराहीमा टी-२० विश्वकप: क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा कांग्रेसले आगामी संसदीय निर्वाचनमा भाग लिन तयारी सुरु गरेकोछः नेता डा कोइराला सञ्चारमन्त्री खरेलका तीन महिनामा महत्वपूर्ण काम आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता गृहमन्त्री अर्यालद्वारा बाल सुधारगृहको निरीक्षण ‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’ मधेस प्रदेशको सभामुखमा यादव सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न प्रधानमन्त्री कार्कीको सक्रियता प्रधानमन्त्री भेट्न बालुवाटार जाँदै रास्वपा सभापति रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घट्यो, रू ६ अर्ब बढीको शेयर कारोबार



अ+ अ-

काठमाडौं । बुधबार नेप्से परिसूचक ३९.२३ अंकले घटेको छ । यो दिन १.६० प्रतिशतले घटेर २ हजार ४ सय १६ विन्दुमा झरेको हो । आज निरन्तर बजार घटेर बन्द भएको हो । यस दिन २ हजार ४४९.२३ विन्दुदेखि खुलेको बजार २ हजार ४५३.३७ विन्दुसम्म पुगेको थियो । 

यो दिन सेन्सेटिभ इन्डेक्स पनि १.६० प्रतिशतले घटेर ४ सय ३६.८० विन्दुमा झरेको छ। इन्डेक्स परिसूचक ७.१२ अंकले घटेको हो । 

बुधबार रू. ६ अर्ब २५ करोड ४८ लाख ९ हजार बराबरको १ करोड १३ लाख ९२ हजार १३५ कित्ता शेयर कारोबार भएको हो । यो कारोबार २१२ ओटा कम्पनीको ६३ हजार ६७४ पटकको व्यापारमा भएको हो ।

बुधबारको बजारबाट व्यापारिक र होटल्स तथा पर्यटन समूहले सबैभन्दा बढी कमाएका छन् । कारोबारमा आएका १३ वटा समूह मध्य यस दिन व्यापारिक समूहको सर्वाधिक ९.२६ प्रतिशत र होटल्स तथा पर्यटन समूहको १.६५ प्रतिशतले परिसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । 

साल्ट ट्रेडिङ कर्पोरेशन र चन्द्रागिरी हिल्स लिमिटेडको शेयरमूल्य यो दिन १० प्रतिशतले बढेको छ भने हिमालयन पावर पार्टनरको शेयरमूल्य ८.१६ प्रतिशत बढेको छ । साल्ट ट्रेडिङ् कर्पोरेशनको शेयरमूल्य प्रतिकित्ता रू. ९२९ ले बढेर अन्तिम मूल्य रू. १० हजार २२२, चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ५० ले बढेर अन्तिम मूल्य रू. ५५० र हिमालयन पावर पार्टनरको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ४२४ पुगेको हो । 

यसदिन एशियन लाईफ इन्स्योरेन्स र बरुण हाइड्रोपावर कम्पनीको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ । एशियन लाईफ इन्स्योरेन्सको ६.३६ प्रतिशत अर्थात् प्रतिकित्ता रू. ८१ ले घटेर अन्तिम मूल्य रू. १ हजार १९३ र बरुण हाइड्रोपावरको ६.०६ प्रतिशत अर्थात् प्रतिकित्ता रू. १४ ले घटेर अन्तिम मूल्य रू. २१७ कायम भएको छ ।

यसदिन सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको रू. २९ करोड ९७ लाख ६ हजार बराबरको शेयर कारोबार भएको हो । कम्पनीले बुधबार नै गत वर्षको लागि प्रतिशेयर रू. ४० का दरले नगद लाभांश वितरणको प्रस्ताव सार्वजनिक गरेको थियो । बजार दोहोरो अंकले घटेको दिन कम्पनीको शेयरमूल्य पनि ५.७४ प्रतिशत अर्थात प्रतिकित्ता रू. ७३ ले घटेर अन्तिम मूल्य रू. १ हजार १९९ कायम भएको छ ।