५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

गैंडाले डिभी पनि भर्दैन, अमेरिका नि जाँदैन, यसको संरक्षण त गर्नुपर्यो नि : प्रधानमन्त्री ओली

गैंडाले डिभी पनि भर्दैन, अमेरिका नि जाँदैन, यसको संरक्षण त गर्नुपर्यो नि : प्रधानमन्त्री ओली
अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गैंडाको एक वर्षको खाना, उपचार लगायतको पालनपोषणको सम्पूर्ण जिम्मा लिनुभएको छ ।  

नेपाल प्रकृति संरक्षण कोषले विश्वजन्तु दिवस तथा सदर चिडियाखानाको रजत महोत्सवको अवसरमा बुधबार ललितपुरमा गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एडप्ट एन एनिमल कार्यक्रम अन्तरगत एउटा गैंडाको वर्षभरीको सम्पूर्ण खर्चको जिम्मा लिनुभएको हो ।

उहाँले चिडियाखानालाई सरकारको तर्फबाट ४ वटा विद्युतीय बग्गी उपलब्ध गराउने प्रतिवद्धता जाहेर गर्दै विभागीय मन्त्रीलाई त्यसको व्यवस्था गर्न निर्देशन पनि दिनुभयो । बुढाबुढी असक्तलाई चिडियाखाना घुम्न सहज बनाउनका लागि पनि विद्युतीय बग्गी अत्यावश्यक भएको उहाँले बताउनुभयो । आफूले कोभिड रहुन्जेल तलब नलिने घोषणा गरेकाले एक महिनाको गैंडाको खाना .बराबर श्रीमती राधीका शाक्यको पेन्सनबाट उपलब्ध गराउने प्रतिवद्धता पनि प्रधानमन्त्रीले जनाउनुभयो ।

मानिसलाई सहयोग गर्न मानिसहरु तयार रहे पनि जनावरलाई सहयोग गर्ने पद्धतिको विकास नभएको र त्यसको विकासका लागि एडप्ट एन एनिमल कार्यक्रम सहयोगी हुने बताउनुभयो । उहाँले सम्बोधनका क्रममा प्रकृति, जीवन र जगतको बारेमा प्रवचन नै दिनुभयो । एकसिंगे गैडाका बारेमा पनि लामो व्याख्या गर्नुभयो ।

उहाँले भन्नुभयो “जु संकटमा पर्यो । कर्मचारीलाई त तनखा दिन्छौ होला । थोरै भएपनि । फिप्टी प्रतिशत । यी जनावर त कोही पनि नआएपछि त फिप्टी प्रतिशत पनि हुँदैन । संकटमा परेनन् ? यिनीलाई संकटमा पर्न नदिनका लागि हामी विभिन्न उपायहरु गर्छौं । जसमध्ये एडप्ट एन एनिमल हो । यो एक सिंगे गैंडा नजिकै गयो भने त्यत्ति राम्रो मान्दैन । एडप्ट गरेपछि त अलि राम्रो मान्नुपर्ने नि ? नजिक गयो भने त्यत्ति राम्रो मान्दैन । तैपनि यो यसै धर्तीमा जन्मेको । यो एकसिंगे गैंडा चाहीँ यही जन्मेको हो । यो एकसिंगे गैंडा,यसका पुर्खा न अन्त जान्थेँ, न अन्त पैदा हुन्थे । यो अमेरिकामा जन्मदैन । अमेरिकामा बसोबास गर्न बसाई पनि जाँदैन । डिभी पनि काट्दैन यसले । यसलाई नेपाल प्यारो छ । नारायणीको किनार राम्रो छ । यो ओरिजिनली नेपाली हो । ”


कार्यक्रममा कोषका सदस्य सचिव शरदराज अधिकारीले कोषले सरकारको लक्ष अनुसार संरक्षित क्षेत्रको संरक्षण तथा विस्तारमा उत्साहका साथ काम गरिरहेको बताउनुभयो । उहाँले प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको संरक्षित क्षेत्र बढाएर हालको २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने कुरा बताउँदै आएको उल्लेख गर्दै प्रधानमन्त्रीको उद्घोषलाई कार्यान्वयन गर्ने विषयमा कोषको भूमिका अझै बढेर जाने बताउनुभयो ।

प्रधानमन्त्रीको उद्घोष कार्यान्वयन गर्न कोष उत्साहका साथ लाग्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा  एडप्ट एन एनिमल कार्यक्रम अन्र्तगत एउटा एक सिंगे गैंडाको एक वर्षको अभिभावकत्व प्रधानमन्त्री पत्नी राधीका शाक्यले गर्नुभएको छ ।

त्यसैगरी वन तथा वातावरणमन्त्री प्रेम आलेले एउटा हात्ती, नारायणी हस्पिटालिटी सर्भिसेस प्रालिले एउटा सारश, कन्टीनेन्टल टेडिङ्गका अदिती घिमिरेले एउटा रेडपाण्डा, काष्ठमण्डप इभेन्टका सुनिल भण्डारीले एउटा सारस, लक्ष्मी बैंकले एउटा लाटोकोसेरो, मेगा बैंकले एउटा डाँफे र १० बर्षका विभन सिं बस्नेतले एउटा लभवर्डको अभिभावकत्व लिनुभएको छ । यसरी अभिभावकत्व लिने सबैले आफ्नो संरक्षणमा रहेका जनावर  तथा पंक्षीको वर्षभरीका पालनषोषण, औषधोपचार लगायत सम्पुर्ण खर्च व्यहोर्नु पर्नेछ ।