३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोपा डेल रेको फाइनलमा ‘बार्सिलोना’



अ+ अ-

बार्सिलोना । बुधबार सेभियालाई ३–० ले पराजित गर्दै बार्सिलोना कोपा डेल रेको फाइनलमा प्रवेश गरेको छ । दस खेलाडीमा सीमित सेभियाविरुद्धको यो जितपछि बार्सिलोना समग्रमा ३–२ ले अगाडि रह्यो ।

बार्सिलोना यसअघि पहिलो लेगमा २–० ले पराजित रहेको थियो । दोस्रो लेगको अतिरिक्त समयमा मार्टिन ब्रेटवाइटले हेडबाट निर्णायक गोल गरे । नाटकीय साबित खेलमा ओसमन डेम्बेलेले बार्सिलोनालाई अग्रता दिलाएका थिए ।

निर्धारित समयको इन्जुरी समयमा जेरार्ड पिकले बराबरी गोल गरे । अब बार्सिलोना कीर्तिमानी ३१औं कोपा डेल रे उपाधि जित्ने लक्ष्यमा हुनेछ । त्यसमा उसको प्रतिद्वन्द्वी एटलेटिको बिलबाओ अथवा लेभान्टे हुनेछ ।