६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिहीबार यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस्



अ+ अ-

काठमाडौं । बिहीबारको दिन अमेरिकी डलरसहित केही देशको विनिमयदर घटेको छ। नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १६ रुपैयाँ ०४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १६ रुपैयाँ ६४ पैसा भएको हो । यस दिन अमेरिकी डलरको विनिमयदर घटेको हो । 

त्यसैगरी, आज एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६२ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६३ रुपैयाँ ०३ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ८३ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ८५ रुपैयाँ ४१ पैसा तोकिएको छ । 

आज एक बहराईन दिनारको खरिददर ३ सय ०७ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ०९ रुपैयाँ २३ पैसा तोकिएको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७९ पैसा तोकिएको छ । 

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ३४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ८५ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ९१ पैसा तोकिएको छ । 

बिहीबार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ९४ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ १० पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३१ रुपैयाँ ८७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ०३ पैसा तोकिएको छ ।