९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नेपाल–भारत–चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिज्म’ स्थापना गर्न प्रधानमन्त्री शाहको प्रस्ताव News Polar मौसमी जोखिमबाट सतर्क रहन कर्णाली सरकारको अनुरोध News Polar सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह

मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ : पूर्वअर्थमन्त्री खतिवडा

मुलुक गहिरो आर्थिक मन्दीमा जाँदैछ : पूर्वअर्थमन्त्री खतिवडा
अ अ+ अ-

काठमाडौँ । पूर्वअर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी मुद्रा सञ्चिति र रेमिट्यान्समा भएको सुधारलाई देखाएर अर्थतन्त्रमा सुधार आयो भन्न नसकिने बताउनुभएको छ ।

मंगलवार नेपाल राष्ट्र बैंकले सावर्जनिक गरेको मुलुकको वर्तमान आर्थिक परिसूचकमा विदेशी मुद्रा सञ्चिति र विप्रेशण (रेमिट्यान्स) मा वृद्धि भएको तथ्याङ्कलाई देखाएर अर्थतन्त्र लयमा आयो भन्न नमिल्ने बताउनुभएको हो ।

पूर्वअर्थमन्त्री खतिवडाले अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र मध्ये अहिले राम्रो भएको वाह्य क्षेत्र मात्रै भएको दाबी गर्नुभयो । उहाँले वाह्य क्षेत्रमा सुधार भएपनि आन्तरिक रुपमा अर्थतन्त्रमा सुधार नआएको भन्दै सरकारले अर्थतन्त्र लयमा आयो भनेर भन्नु धर्म निर्वाह गर्नु मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले सरकारको आन्तरिक खर्च, वित्तीय प्रणालीमा हुने खर्च र उत्पादन वृद्धि नहुँदा वाह्य क्षेत्रबाट हुने मागमा कमी हुँदा विदेशी मुद्राको सञ्चितिमा वृद्धि भएको बताउनु भयो । उहाँले उत्पादन, सरकारी वित्त, समग्र वित्तीय क्षेत्र गरी तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको दाबी गर्नुभयो । पूर्वअर्थमन्त्री खतिवडाले दुई वर्षको बीचमा निर्यात ४० प्रतिशतले घटेको भन्दै चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको बताउनु भयो ।

उहाँले वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु जाने र पछिल्लो दुई वर्षमा १५ लाख युवाहरु विदेश गएकोले उनीहरुले पठाएको रेमिट्यान्सको कारण विदेशी मुद्राको सञ्चिति बढेको बताउनु भयो । उहाँले पर्यटकको आगमन वृद्धि भयो भन्दैमा पनि सरकारले सन्तुष्टि लिन नमिल्ने पनि बताउनु भयो । उहाँले पर्यटकहरुले खर्च गर्ने र लगानीको भएको लाभलाई हिसाव नगरी आम्दानीको कुरा गर्नुको अर्थ नहुने तर्क गर्नुभयो । डा.खतिवडाले निर्माण क्षेत्र नकारात्मक रुपमा प्रभावित भएको र आयात कम भएपछि ढुवानी तथा यातायात व्यवसाय अवरुद्ध रहेको बताउनु भयो । उहाँले चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि हुन नसक्ने बताउनु भयो । उहाँले अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशतको वृद्धि ठिक मान्न सकिने उल्लेख गर्नुभयो ।

डा. खतिवडाले सरकारको राजश्व चालु आर्थिक वर्षमा ३ देखि ४ खर्बले कम हुने संकेत रहेकोले पनि देश गहिरो आर्थिक मन्दिमा जाने बताउनु भयो । उहाँले १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य भएपनि ११ खर्ब पनि राजश्व उठाउन मुस्किल रहेको बताउनु भयो । उहाँले वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै जाँदा बैंकहरु कर्जा दिन नसक्ने अवस्थामा रहेको दाबी गर्नुभयो । उहाँले राष्ट्र बैंकले पुन:तालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित रहेको बताउनु भयो । उहाँले यस्तो अवस्थामा पनि मुलुक आर्थिक संकटकै अवस्थामा नपुगे पनि चरम आर्थिक मन्दीमा पुग्ने दाबी गर्नुभयो ।

प्रश्तुत छ पूर्वअर्थमन्त्री डा. खतिवडाको भनाई

मुलुकको अर्थतन्त्र राम्रो छ भन्नु सरकारको धर्म हो । त्यो सरकारले पालना गर्छ । अहिले अर्थतन्त्रमा राम्रो देखिएको भनेको, वाह्य क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको छ । राम्रो भनेको त्यही मात्रै हो । अर्थतन्त्रमा उत्पादन, सरकारी वित्त क्षेत्र, समग्र वित्तीय क्षेत्र र वाह्य क्षेत्र गरी चार वटा मुख्य पक्ष हुन्छन् । सरकारको बजेट आन्तरिक रुपमा खर्च हुन सकेन,वित्तीय प्रणालीबाट खर्च हुन सकेन,उत्पादन हुन सकेन भने यसको असर वाह्य क्षेत्रबाट हुने मागमा कम हुन्छ । वस्तु र सेवाको आयात घट्छ । यसरी विदेशी मुद्राको सञ्चिति बढ्छ । तीनवटा क्षेत्रमा आएको मन्दी र समस्याको परिणाम स्वरुप चौथो क्षेत्रमा विदेशी मुद्राको सञ्चिति बढेको देखिएको छ । कसरी बढ्यो त्यसको विश्लेषण गर्नुपर्छ । दुई वर्षको बीचमा अहिलेसम्म निर्यात ४० प्रतिशतले घट्यो । चालु आर्थिक वर्ष सकिँदा अढाई वर्ष अगाडिको भन्दा निर्यात आधा हुने अवस्था देखिएको छ । दुई खर्ब भन्दा बढीको निर्यात हुने थियो जसमा १ खर्बको वरिपरी निर्यात हुनु राम्रो हो । नेपालको आयातमा औद्योगिक कच्चा पदार्थ,मेसिनरी,कृषि सामाग्री र पर्यटकले उपभोग गर्ने वस्तु समेत आयात गर्ने गरेका छौं ।

नेपालका उत्पादनका सबै व्यवसायहरु आयातमा पनि निर्भर छन् । त्यो आयात दुई वर्ष यता निरन्तर खुम्चिएर २५ प्रतिशतको हाराहारीमा आयात कम भयो । समग्र व्यापार करिव एक चौथाईले खुम्चिँदा नेपाल जस्तो सानो खुलाअर्थतन्त्र वाह्य क्षेत्रसँग कारोबार गरी व्यापार गरेर अर्थतन्त्र बढाउने व्यापार एक चौथाईले खुम्चिँदा देश राम्रो भयो भन्न अर्थशास्त्रीले भन्नसक्छ । आयात कम भएपछि विदेशी मुद्राको माग कम हुन्छ । आयात कम हुन्छ देशमा विदेशी मुद्राको सञ्चिति बढ्ने गर्छ । यो आयातसँग जोडिएको हुन्छ । वैदेशिक रोजगारीमा हरेक वर्ष ८ लाख नेपाली युवाहरु गरी दुई वर्षमा १५ लाख युवाहरु विदेश पठाइसक्यौं । १५ लाख युवाहरु वैदेशिक रोजगारीमा भएपछि नेपालमा कृषि उत्पादन घट्यो,निर्माणको काम भएन र नेपालीहरुले रेमिट्यान्स पठाएको कारणले विदेशी मुद्राको सञ्चिति बढ्यो । त्यसमा सरकारले धेरै सुखी मान्नुपर्ने हो र ? नेपालमा १० लाख पर्यटन आए । यो भन्दा अघि सन् २०१९ मा १२ लाख पर्यटक आएका थिए । तर नेपालमा आएका पर्यटकले खर्च केमा गर्छन् । उनीहरु कसरी आउँछन् । हवाई टिकट कहाँ किन्छन् । होटल बुकिङ कहाँ गर्छन् । बुकिङ अनुसार विदेशी मुद्रा खर्च गर्छन् की गर्दैनन् । लगानीको सम्पूर्ण लाभ कसले उठाउँछ । त्यसको हिसाब नगरी त्यसको आम्दानीको कुरा गरेर मात्रै केही अर्थ रहँदैन ।

त्यसमा पनि पर्यटकले जति रकम देशभित्र लिएर आएको रकम खर्च गरे त्यसको दोब्बर नेपालीहरु बाहिर जानेले सकिसक्यौं । ४० अर्ब पर्यटनबाट आयो भने ८० अर्ब जति विदेश जानमा खर्च गर्ने भयौं । ठूलो अंश विद्यार्थीमा खर्च गर्ने भयौं । महिनाको १० अर्ब विदेशमा अध्ययन गर्न जाने विद्यार्थीमा खर्च गरिरहेका छौं । त्यो राम्रो होर ? वाह्य क्षेत्रका कुनैपनि परिसूचक विदेशी विनिमय सञ्चिति र रेमिट्यान्स बढ्ने बाहेक अरु सूचकको अर्थ छैन । नेपालमा उत्पादन क्षेत्रमा हेर्दा केहीको उत्पादन बढेको छैन । निर्माणसँग सम्बन्धि उद्योगहरु एकतिहाई क्षमतामा चलिरहेका छन् । आयातित कच्चा पदार्थमा आयात प्रतिस्थापन हुने उद्योगले कच्चा पदार्थ र मेसिनरी माटपुर्जा आयात गर्ने एलसी नै खुलेको छैन । त्यो सबै भएको भए बैंकको कर्जा बढ्ने थियो । बैंकको कर्जा ४ प्रतिशतले बढेको छ । मूल्य वृद्धि भएको छ, ६ प्रतिशतको वरिपरी छ । बैंकको कर्जा ४ प्रतिशतले बढेको छ भने मूल्यवृद्धि जति पनि बैंकको कर्जा नबढ्नु भनेको आर्थिक संकुचन भएको हो । त्यसैले अहिले वित्तीय क्षेत्र संकुचनमा छ । निजी क्षेत्रको कर्जा प्रवाह,आयातित मेसिनगरी कच्चा पदार्थ पुँजीगत सामानको आयात घटेको छ । निर्माणसँग सम्बन्धित मात्रै नभएर अन्य व्यवसाय पनि प्रभावित भएका छन् । निर्माण सम्बन्धि काम नभएपछि ढुवानीको व्यवसाय समस्यामा पर्‍यो । आयात कम भएपछि ढुवानीको व्यवसाय हुने भएन । व्यवासायीहरुको व्यवसायमा नोक्शानी भएको छ । कसैको पैसा घरजग्गा र शेयरमा फसेको छ । कसैको पैसा अनाधाकृत रुपमा बाहिर लगेर क्रिप्टोमा फसेको होला ।

यसरी विभिन्ने तरिकाबाट पैसा फसेको कारण आन्तरिक माग छैन । त्यसको कारण मानिसहरुको सेवा लिने क्षमता पनि छैन । यसरी हेर्दा अहिले यातायात र ढुवानी सेवा दुबै अवरुद्ध भएका छन् । धेरै पानी परेकाले धान धेरै फल्यो । तर समयमा सरकारले मल दिएकाले भने होइन । समयमा मल ल्याएपनि कति केजी किसानलाई पुर्‍याउनुभएको छ भन्ने त्यो हिसाव सरकारलाई राम्रोसँग थाहा छ । त्यसबाट कति उत्पादन वृद्धि भयो । भएको भए त्यो जस सरकारलाई दिनुपर्छ । औद्योगिक उत्पादन घट्दै सेवा क्षेत्रको उत्पादन घट्दै कृषिको मात्रै सामान्य वृद्धि दुँदा आर्थिक वृद्धि कति हुन्छ । चालु आर्थिक वर्षमा ४ प्रतिशतको आर्थिक वृद्धि भयो भने ठूलो कुरा हो । दुई प्रतिशतको बेसमा ४ प्रतिशत आर्थिक वृद्धि हुनु ठूलो कुरा होइन । अघिल्लो वर्ष ७ प्रतिशत आर्थिक वृद्धि भएको भए अहिले ४ प्रतिशत राम्रो नै हुने थियो । उत्पादन ठिक छैन । रोजगारीको अवसर देशभित्रै भएको भए सबै युवाहरु विदेश जाने थिएनन् । नेपालमा भविष्य देखेका भए लाखौं युवाहरु विदेश जाने थिएनन् । शिक्षामा वार्षिक १० अर्ब खर्च गरेको छ । सरकारले एउटा विषयलाई राम्रो देखेर अरु राम्रो काम गर्ने अवसर पाएको छ । त्यसको सदुपयोग गरोस् । राम्रो छ भनेर सरकार ढुक्क बस्ने अवस्था छैन । अर्थतन्त्रमा सुधार केही भएको छैन । देश आर्थिक रुपमा चल्न सकेको छैन । जस्तो सरकारले आफ्नो दायित्व पूरा गर्न सकेको छैन । सम्पन्न भएका आयोजनाहरुको भुक्तानी दिन सकेको छैन । कृषिका अनुदानहरुको भुक्तानी दिन सकेको छैन । बीमाको प्रिमियमको भुक्तानी दिन सकेको छैन । ब्याज अनुदान दिन नसक्दा कार्यक्रम नै स्थगित गरेको छ । रोजगारका कार्यक्रमहरु स्थगित गरिएको छ ।

‘स्थानीय तहलाई भुक्तानी दिनुपर्ने रकम पनि दिन सकेको छैन । सरकारले नयाँ आयोजनाहरु कुनै सञ्चालन गर्न सकेको छैन । सरकारको राजश्व यो वर्ष ३ देखि ४ खर्बले कम हुँदैछ । १४ खर्ब २२ अर्ब राजश्व संकलन गर्ने सरकारको लक्ष्य छ । सरकार ११ खर्ब राजश्व उठाउन सके ठूलो कुरा हुन्छ । ३ खर्बका आयोजनाहरु अगाडि बढेका छैनन् । वित्तीय प्रणालीमा खराब कर्जा बढ्दै छ । बैंकहरु कर्जा दिन हिच्किचाइरहेको छन् । ब्याजदर घटाए पनि व्यवसायीहरुले कर्जा लिइरहेका छैनन् । बैंकका पैसा थुप्रिएको छ । बैंकहरुमा १५ प्रतिशत निक्षेप वृद्धि हुन्छ तर ४ प्रतिशतले कर्जा बढ्छ । यस्तो अवस्थामा बैंकहरुले कर्जा असुलि गर्न सकिरहेका छैनन् । ऋण असुली नहुँदा नयाँ लगानी गर्न हिच्किचाई रहनुभएको छ ।

‘राष्ट्र बैंकले पुन:तालिकिकरण गर्न दिएको म्याद थपि नरहने हो भने असार मसान्तसम्ममा धेरै बैंकहरुको वित्तीय अवस्था कमजोर बन्ने निश्चित छ । यस्तो अवस्थमा पनि मुलुक आर्थिक संकटमा पुग्दैनौं । आर्थिक मन्दीमा पुग्छौं । अर्थतन्त्रमा उथलपुथल हुन्छ भन्ने होइन तर गहिरो आर्थिक मन्दीमा जानसक्छौं । त्यो भनेको सबै वस्तुहरुको मूल्य घट्दै जान्छ । वस्तु र सेवाको माग घटेपछि बैंकहरुको ब्याजदर घट्छ । रोजगारीका अवसरहरु कम हुँदै जान्छन् । यो संकेत देखिँदैछ । घटेकोलाई सरकारले राम्रो मानेको छ तर यो आर्थिक मन्दीको संकेत हो । मुलुक चालु आर्थिक वर्ष अझ गहिरो आर्थिक मन्दीमा जान्छौं । मुलुकलाई आवश्यक विदेशी वस्तुको आयात गर्न विदेशी मुद्राको अभाव हुँदैन । सरकारले आयात खुकुलो गरेर विदेशी मुद्रा सञ्चिति खर्च गरेर राजश्व बढाउन चाहे सक्छ । न्युज एजेन्सी नेपाल