३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

देउवा निवासमा कांग्रेस पदाधिकारी बैठक बस्दै, के छन् एजेण्डा ?



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्ने भएको छ । बिहीबार पार्टी सभापति शेरबहादुर देउवा निवास दिउँसो २ बजे बूढानिलकण्ठमा कांग्रेसको पदाधिकारी बैठक बस्‍ने भएको हो । 

संसद्‌ पुनर्स्थापनापछि फागुन २३ गते बोलाइएको संसद् बैठकमा कसरी प्रस्तुत हुने भन्‍नेबारे छलफलमा पूर्वपदाधिकारीहरु पनि सहभागी हुने भएका छन् ।

संसदीय दलको बैठकका एजेण्डा र केन्द्रीय समिति बैठका एजेण्डाबारे छलफल हुने कांग्रेसले जनाइएको छ । कांग्रेसको केन्द्रीय समिति बैठक फागुन २२ गते बस्‍ने भएको हो । अब संसद् र आगामी सरकार निर्माणमा कांग्रेस निर्णायक हुने भएकोले कसरी अघि बढ्ने भन्‍ने विषयमा छलफल हुने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा गत पुस ५ गते संसद विघटन घोषणा गरेकी थिइन् । सरकारको उक्त निर्णय बदर गर्दै सर्वोच्च अदालतले फागुन ११ गते १३ दिनभित्र संसद बैठक आह्वान गर्न आदेश जारी गरेको थियो ।

उक्त आदेश अनुसार प्रधानमन्त्रीको सिफारसमा राष्ट्रपति भण्डारीले फागुन २३ गते अपराह्न ४ बजे संसद बैठक आह्वान गरेकी छन् ।