८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ

गठबन्धन सरकारका कारण देश बर्बाद भयो: एमाले सांसद श्रेष्ठ
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य भैरवसुन्दर श्रेष्ठले गठबन्धन सरकारका कारण देश बर्बाद भएको बताउनुभएको छ ।

बुधवार राष्ट्रिय सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले देशमा भयावह स्थिति सिर्जना भएको र दिनप्रतिदति देश असफलतातिर गएको बताउनु भयो । उहाँले । देशमा भ्रष्टाचारले सीमा नाघेको र सुशासन कायम नरहेको जिकिर गर्नुभयो ।

उहाँले नेकपा एमाले ०८४ मा बहुमतका साथ आफ्ना योजना लिएर सरकारमा आउने दाबी गर्नुभयो । उहाँले इतिहासमा सबैभन्दा कमजोर सरकार अहिलेको भएको बताउनु भयो । अहिलेको सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधिनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘देशमाथि जुन भयावह स्थिति सिर्जना भएको छ । देश असफलतातिर गएको छ । देश अराजकतातिर गएको छ । देशमा भ्रष्टाचार भएको छ । देशमा सुशासन कायम छैन । यि सवालहरुमा हामीले कुरा उठाउँदा सत्तामा जानुपर्छ भन्ने मान्यता होइन । मिसन ०८४ मा नेकपा एमाले आफ्नो योजना लिएर बहुमतका साथ आउँछ । इतिहासमा सबैभन्दा कमजोर सरकारमा रुपमा अहिलेको सरकार छ । अहिलेको जस्तो राष्ट्रियता कमजोर कहिल्यै पनि भएको थिएन । प्रचण्ड नेतृत्वको सरकारले देशको सार्वभौम सत्ता, नेपालको स्वाभिमान, नेपाली स्वाधिनतालाई कमजोर बनाउने काम तथ्य प्रमाणले प्रमाणित गरेको छ । वर्तमान सरकारकै कारण देश बर्बाद भएको छ ।’

सांसद श्रेष्ठले गठबन्धन सरकार समग्र रुपमा असफल भएको बताउनु भयो ।