५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

नेपालको जीडीपी आकार १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक

नेपालको जीडीपी आकार १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक
अ+ अ-

काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले नेपालको कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार १० वर्षमा १४.७ प्रतिशतले बढेको तथ्यांक सार्वजनिक गरेको छ । विभागले बिहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार अर्थतन्त्रको आकार बढेर आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ ।
 
आधार वर्ष परिवर्तन गर्दै अध्ययन गर्दा सन् २०१०/११ मा उत्पादनमा २०.२७ प्रतिशत, मध्यवर्ति उपभोगमा ३५.४२ प्रतिशत र कुल गार्हस्थ्य उत्पादनमा १४.०७ प्रतिशतको वृद्धि देखिएको हो । उक्त परिवर्तनले कुल ग्राहस्थ उत्पादन (जीडीपी)को आकार ३९ खर्ब ४३ अब ६६ करोड रुपैयाँ पुगेको देखिन्छ । यस्तै मध्यवर्ति उपभोग र उत्पादनको अनुपात सन् २०००/०१ को आधार वर्ष अनुसार ३७.१ प्रतिशत रहेकोमा परिवर्तित आधारवर्ष अनुसार अनुपात ४१.८२ प्रतिशत रहेको छ । 

तथ्यांक सार्वजनिक गर्दै विभागका उपमहानिर्देशक डा.हेमराज रेग्मीले औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा आएको परिवर्तनलाई हेर्दा कृषि, वन तथा माछापालनमा ०.५ प्रतिशत, खानी तथा उत्खनन्मा २२.५ प्रतिशत, औद्योगिक उत्पादन ४.५ प्रतिशत, विद्युत व्याँसमा ४६.८ प्रतिशत, निर्माणमा ३.७ प्रतिशत, थोक तथा खुदका व्यापारमा २३.१ प्रतिशत बृद्धि भएको बताउनु भयो ।

अध्ययनको नतिजा अनुसार आवाश तथा भोजनालयमा १६.४ प्रतिशत, यातायात तथा संचारमा २.६ प्रतिशत, वितीय तथा बीमा सम्बन्धी क्रियाकलापमा ३६.८ प्रतिशत, घरजग्गा कारोबारका व्यावसायिक क्रियाकलापहरूमा ५२ प्रतिशत, सार्वजनिक प्रशासन तथा सुरक्षा, अनिवार्य सामाजिक सुरक्षामा १५७.९ प्रतिशत, शिक्षामा ११.२ प्रतिशतको सुधार देखिएको छ । यस्तै मानव स्वास्थ्यमा १.२ प्रतिशत र औधोगिक वर्गीकरणमा भएका परिवर्तनको कारण कला, मनोरन्जन तथा अन्य क्रियाकलापहरुमा ८५.८ प्रतिशतले कमि हुने देखिएको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले रिबेसिङ अध्ययनको नतिजा अनुसार योजना निर्माण र तर्जुमामा दबाब पर्ने बताउनुभयो । नेपाल सरकारले प्राथमिकता दिएका योजनाहरु पुनरावलोकन गर्ने पनि बताउनु भयो । पूर्वानुमान अनुसार कोरोनाको अशरले बृद्धिदर ठूलो आकारको ऋणात्मकमा जान्छ कि भन्ने डर तथ्यांकले हटाएकोले आगामि वर्षको योजना यसै अनुसार बनाउने बताउनु भयो । गत वर्षको आर्थिक वृद्धिदर १.९९ प्रतिशत ऋणात्मक, जिडिपिको आकार बढेकोले आत्तिने अवस्था नरहेको बताउनु भयो ।

विभागले यसअघिको आधार वर्ष २०५७/५८ (सन् २०००/२००१) लाई परिवर्तन गरेर २०६७/६८ (सन् २०१०/११) बनाएको हो । जीडीपीको आधार वर्ष परिवर्तन गर्दा सेवा क्षेत्रको योगदानको भार ८.४ प्रतिशतले बढेको छ भने कृषि (प्राथमिक) तथा द्वितीय (उत्पादन तथा प्रशोधन) क्षेत्रको भार क्रमशः ९.५ र ३.२ प्रतिशतले घटेको छ । यस्तै प्रतिब्यक्ति आय पनि गत वर्षको भन्दा २५ अमेरिकि डलरले घटेको छ । गत वर्ष १ हजार १ सय उनान्साठी रहेकोमा अहिले घटेर १ हजार १ सय चौंतिस डलर रहेको तथ्यांकले देखाएको छ ।