काठमाडौ । तीन बुदे सहमति पछि सरकारले नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ। बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका वार्ता समिति संग भएको सहमतिलाई अनुमोलन समेत गरेको छ । सरकार र विप्लव समुह बीच भएको सहमति पछि शुक्रबार प्रधानमन्त्री केपि ओली र नेत्र बिक्रम चन्द विप्लव ले दिउसो २ बजे प्रज्ञाभबन आयोजना हुने कार्यक्रममा सयुक्त रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
सरकार संग को सहमति पछि राजधानी बाहिर रहेका विप्लव बिहिबार राती काठमाडौ आईपुग्दै हुनुहुन्छ।











