५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड

एसिड पीडित मुस्कानलाई अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)अवार्ड
अ+ अ-

काठमाडौ । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुन अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी)  अवार्ड बाट सम्मानित हुनु  भएको छ । अमेरिकाकी बिदेश मन्त्रालयलले जनाए अनुसार अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमका बिच उक्त पुरस्कार मुस्कान लगायतका विजेताहरूलाई प्रदान गर्नुहुनेछ।
तेजाब आक्रमणको अन्त्यका लागि मुस्कानले गरेको  निरन्तर कार्यका लागि यो अवार्ड प्रदान गरिएको जनाईएको छ । हाल १५औँ वर्षमा रहेको आईडब्ल्यूओसी पुरस्कारले प्रायजसो ठुलो व्यक्तिगत जोखिम र त्यागमा शान्ति, न्याय, मानव अधिकार, लैङ्गिक समानता, र महिला सशक्तीकरणको वकालत गर्ने असाधारण साहस र नेतृत्व प्रदर्शन गरेका विश्वभरका महिलाको सम्मान गर्दछ। यो तहको अबार्ड पाउने खातुन पहिलो नेपाली हुनहुन्छ ।  

वीरगन्ज महानगरपालिका–११, श्रीपुरकी खातुनलाई २०६६ भदौ २० गते बिहान बिद्यालय जादै गर्दा  दुई किशोरले एसिड प्रहार गरेका थिए । एसिडबाट  खातुनको अनुहार, छाती, हातखुट्टा लगायत अंगहरु जलेका थियो   । लामो  समय सम्म  कीर्तिपुर अस्पताल लगायत स्थानमा उनको उपचार भएको थियो ।  बिरगंञ्ज छप्कैयास्थित मामाको घरमा बसेर अध्ययन गर्दै गरेकी मुस्कानमाथि विद्यालय जाँदै गर्दा एसिड आक्रमण भएको थियो ।

उपचारकै क्रममा मुस्कानले प्रधानमन्त्री केपि ओली लाई अस्पतालको संैया बाट एक पत्र लेख्दै  एसिड आक्रमणकारीलाई  मृत्युदण्डको सजाय माग गरेकी थिईन ।  मुस्कानले लेखेको पत्र

मिति– २०७६ –८–५

माननीय प्रधानमन्त्रीज्यू,

म मुस्कान खातुन अन्सारी,
मेरो तर्फबाट नमस्ते । म एउटा तेजाब आक्रमणको नानी । हजुरलाई एउटा सानो चिठी । यो घटना मसँग घटिएको हो । यो घटनाको पीडा भनेको ठूलो घटना हो । पहिला जेनी खड्का र संगिता मगर तेजाब आक्रमण भए बेला कडा भन्दा कडा कानुन भइदिएको भए आज म यो अस्पतालको बेडमा हुन्थिनँ होला ।

प्रधानमन्त्रीज्यू हजुरको दुई तिहाई बहुमतको सरकार छ । हजुरको ठाउँमा म भइदिएको भए त्यो अपराधीलाई फाँसी दिन्थेँ । यसपालि ठूलोभन्दा ठूलो सजाय पाओस् ताकि म जस्तो एउटा बालिका या चेलीबेटी वा कसैमाथि तेजाब आक्रमण नहोस् । मैले जति पीडा खपेको छु, त्यो पीडा अरू कोही माथि पनि नहोस् । यो पीडा भनेको सानो पीडा होइन । एउटा देशकै ठूलो पीडा हो । आमा र बुवाको पीडा पनि धेरै ठूलो पीडा हो ।

यो पीडा कसैको आमाबुवाले खप्न नपरोस् । त्यो दोषीलाई यसपालि ठूलो सजाय होस् । मेरो हजुरसँग बिन्ती र अपेक्षा छ । हजुरसँग मेरो एउटा अनुरोध छ कि मेरो पीडा बुझिदिनु होस् । यो घटना कसैमाथि नहोस् र कोही पनि तेजाब आक्रमण भएको चेलिबेटी अस्पताल नआओस् भन्ने अनुरोध छ ।

धन्यवाद ।

मुस्कानको पत्र पछि  प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाई अभियन्ता उज्वल थापा सहितको टिमसंग छलफल समेत गर्नुभयो । छलफलको केही दिन पछि  सरकारले  तेजाब ९एसिड० तथा ज्वलनशील पदार्थ प्रयोग गरी कसैको शरीर अंगभङ्ग गर्ने र अपराध गर्न लगाउने व्यक्तिमाथि २० वर्ष कैदसम्म र १० लाख रुपैयाँसम्म जरिवाना हुने नयाँ कानून अध्यादेश मार्फत जारी गरेको थियो ।  

यसै गरी मुलुकी अपराध संहिता २०७४ मा भएको एसिडजन्य अपराधमा संलग्नलाई अधिकतम ८ वर्ष कैद र ५ लाखसम्म जरिवाना हुने व्यवस्था पनि गरेको  थियो  । मन्त्रिपरिषद्ले ‘फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश– २०७७’ ले ६ वटा ऐनका एसिड अपराधसम्बन्धी कसुर र सजायका प्रावधान हेरफेर गरी नयाँ कानूनको निर्माण गरेको हो ।