५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

हल अफ फेम सिजन २ विजेता टीका मगर भन्छन, ‘अब गायन यात्रा नयाँ मोडमा’

हल अफ फेम सिजन २ विजेता टीका मगर भन्छन, ‘अब गायन यात्रा नयाँ मोडमा’
अ+ अ-

काठमाडौं । एमएनटिभी अष्ट्रेलियाद्वारा सञ्चालित हल अफ फेम–२ को विजेता ईलामका टीका मगर यतिबेला जिन्दगीकै महत्वपूर्ण समयमा छन् । फाईनल प्रतिस्पर्धाको केही दिन अघि मात्र उनको विवाह भयो । विवाह गर्नकै लागि मलेसियाबाट फर्किएका उनले एकैपटक जीवनमा दुईवटा खुशी प्राप्त गरे । आफ्नो गायन यात्राको महत्वपूर्ण खुड्किलो पार गर्दै हल अफ फेमको विजेता बने भने जीवनको नयाँ मोडमा प्रवेश गर्दै विवाह बन्धनमा बाँधिए ।

अन्तर्राष्ट्रिय अनलाईन गायन प्रतियोगिता हल अफ फेमको लागि उनले मलेसियाबाट नै अडिसन क्लीप पठाएका थिए । तर, उनी नेपाल आइपुगेर स्टुडियोमा नै फाईनल प्रतिस्पर्धाका लागि आफुलाई निखार्न सफल भए । उनको साथमा ललितपुरका पूर्ण विक र काठमाडौँ विजय सुनार टप ३ मा पुगेका थिए । रोजगारीका लागि मलेसिया गएका इलामका टीका मगरका लागि कोरोना भाइरसको महामारी धेरै अर्थमा दुःखद् रह्यो । तर, सांगितिक यात्रामा भने कोरोना महामारी र लकडाउन उनका लागि बरदान सावित भयो । मलेसियामा उनले गर्दै गरेको रोजगारी गुम्यो ।

कडा लकडाउनको अवस्थामा कोठामा बसेर फेसबुक चलाउने भन्दा अरू उपाय रहेन । संगीतप्रति रूची राख्ने टीकालाई फेसबुकमा देखा फरेको अनलाइन गायन प्रतियोगिताको पोष्टले आकर्षित गर्यो । अनलाइन भएपछि कतै जानु नपर्ने, लकडाउनमा उराठ भुल्न पनि सहज हुने बाटो देखेर उनले स्वर सम्राट नारायण गोपालको ’तिमिलाई म के भनूँ’ गीत रेकर्ड गरेर पठाए । केही दिनमा नै उनलाई सुखद् समाचार आयो, ’बधाई छ, तपाईको अडियो क्लिप अन्तिम ५० मा पर्न सफल भयो ।’ 
काम गुमाएपछि जुलाइ महिनामा उनी नेपाल फर्किए । परिवारसँग भेट हुनु र हफ अफ फेममा सांगीतिक यात्रा सुरू हुनु उनका लागि दुबै खुसीका कारक बने । उनको गायकीको कदर भयो, उनी अन्तिम २७ मा स्थान बनाउन सफल भए । 

अन्तिम २७ बाट पनि उनको गायन अन्तिम ९ अर्थात् टप ९ जनासम्म लाने खालको साबित भयो ।  अन्तिम ९ मा पनि राम्रो प्रस्तुति दिएसँगै उनी फाइनलको यात्रा बनाउन सफल भएका छन् । राजेश पायल राईको ’निष्ठुरीलाई माया गरी’ बोलको गीतले अन्ततः टीकालाई हल अफ फेमको फाइनसम्म पुर्यायो । 

टीका मगर यो सफलतालाई ठूलो उपलब्धी मान्छन् । यस प्रतियोगिताको उपाधीले उनको गायन यात्रामा विशेष महत्व राख्छ । किनकि, उनले विजेता भएसँगै एक लाख नगद, गीत रेकर्ड र म्युजिक भिडियोको निर्माणसहित ५ लाख बराबरको प्याकेज प्राप्त गरेका छन् । साथै उनी अष्ट्रेलियामा आयोजना हुने कन्सर्टमा समेत सहभागी हुन पाउनेछन् ।  
उपाधीबारे उनी भन्छन्, ’मेरो प्रतिभाको कदर गर्दै यहाँसम्म आइपुग्ने अवसर दिनु भएको छ । आयोजक सबैजना धन्यवादको पात्र हुनुहुन्छ । अझ बढी म निर्णायकहरुलाई सम्झन चाहन्छु ।’