काठमाडौं । राष्ट्रियसभा गृहमा आयोजना हुने कार्यक्रमबाट सार्वजनिक हुन लागेका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले वार्ता टोली संग भेट गर्नुभएको छ ।
सामाखुसी स्थित एक घरमा चन्दले वार्ता टोलीका संयोजक खड्कबहादुर बिश्वकर्मा , काभ्रे प्रहरीको हिरासतबाट भर्खर मुक्त हुनु भएका धर्मेन्द्र बास्तोला लगायतका नेताहरु संग भेटगर्नुभएको हो । केहि समय पछि नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूह बीच हुने हस्ताक्षर समारोहमा सहभागि हुदै हुनुहुन्छ ।











