२१ असार २०८३, आईतवार
,
Latest
थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना सुनचाँदीको मूल्यमा सामान्य गिरावट बर्दिबास नगरपालिकाले पूरा गर्‍यो साक्षरताका १२ सूचक, साक्षर नगर घोषणा निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

धार्मिक र अध्यात्मिक हुदै गएका प्रधानमन्त्री



अ+ अ-

गएको फागुन १ गते शनिबार प्रधानमन्त्री केपी ओलीले लुम्बिनी केबलकारको शिलान्याश गर्नुभयो । बुटवल उपमहागरपालिका–३ बमघाटबाट माथि वशन्तपुर डाँडासम्म पुग्ने सो केबलकारको शिलान्याश समारोहलाई सम्बोधन गर्दै भन्नुभएको थियो– बुढेसकालमा धर्म कर्ममा मन जाँदो रहेछ, तर हिँडेरै माथि डाँडोमा पुग्न सकिँदैन, तपाइँहरुले (सो केबलकारका अध्यक्ष चन्द्र ढकाललाई देखाउँदै) ठीक गर्नुभयो, हामी अब केबलकार चढेरै माथि कामाक्षादेवी मन्दिरको दर्शन गर्न सजिलै जानेछौँ । 

उहाँको सम्बोधन त्यतिमा मात्र सीमित थिएन । उहाँले पाल्पा जिल्लाको ऐतिहासिक र धार्मिक महत्वको बारेमा पनि धेरै कुरा बताउनुभयो । उहाँले लुम्बिनीलाई ध्यानभूमि, ज्ञानभूमि र तपोभूमिका रुपमा व्याख्या गर्नुभयो । 

त्यस जिल्लामा ध्यान गरेका ऋषिमुनिहरुको नाम लिनुभयो र यस पवित्र भूमिको धार्मिक र ऐतिहासिकताको जगेर्ना र प्रचार गर्न केबलकारका निर्माताहरुलाई आग्रह पनि गर्नुभयो । गौतम बुद्धको जन्मस्थल र यसको महत्वका बारेमा त उहाँले प्रकाश नपार्ने झन् कुरै भएन ।  

केही महिना अघि भगवान रामचन्द्रको जन्म नेपालमै भएको प्रसंग पनि उहाँले निकाल्नुभयो । जुन बडो चर्चाको विषय भएको थियो । त्यो प्रसंग पनि प्रधानमन्त्रीले त्यस सभामा कोट्याउनुभयो । 

उहाँले भन्नुभएको थियो– मैले रामको जन्म नेपालमा भएको कुरा गरेँ, जुन एक ऐतिहासिक तथ्य हो । तर हाम्रा कतिपय साथीहरुले केपी ओलीले राम नेपालमा जन्मेको त भन्यो, त्यो प्रमाणित गर्नुपर्यो नि त्यसै भनेर हुन्छ ? भन्दैछन् । अब मैले राम जन्मिने बेलाका सुँडेनी कसरी खोजेर ल्याउँ ? सुँडेनी खोज्न कहाँ जाउँ ? 

प्रधानमन्त्रीको हिजो शुक्रबार प्रज्ञा भवनको सम्बोधन पनि एक आध्यात्मिक गुरुको प्रवचन जस्तै थियो । नेत्र विक्रम चन्दको नेतृत्वको नेकपासँग नेपाल सरकारको वार्ता सफल भएपछि प्रधानमन्त्री र महासचिव चन्दले संयुक्त रुपमा सम्बोधन गर्न आयोजित सभा थियो त्यो । 

त्यही सभामा प्रधानमन्त्रीले आफ्नो मन्तव्य यो श्लोकबाट शुरु गर्नुभयो–  
अष्टादश पुराणेषु व्यासस्य वचनद्वयम्,
परोपकारः पुण्याय पापाय परपीडनम्

यो श्लोकको नेपाली अर्थ हो– अठार पुराणहरुको अध्ययन पछि त्यसका अध्येता महर्षि वेदव्यासको यो निष्कर्ष छ कि– अर्काको परोपकार गर्नु पुण्य हो भने पीडा दिनु या दुःख दिनु पाप हो । त्यसैले राजनीतिमा पनि कसैलाई पीडा दिनु हुदैन र पुण्य कमाउन अरुको परोपकार गर्नुपर्छ भन्नुभयो । 

यो उहाँले हतियार विसाएर शान्तिपूर्ण राजनीतिको मार्गमा आएका चन्दको सराहना गर्दै प्रधानमन्त्रीले सो धारणा राख्नुभएको थियो ।   

उहाँ यतिमा मात्र रोकिनु भएन । उहाँले थप भन्नुभयो– 
सर्वे भवन्तु सुखिना सर्वे सन्तु निरामया…. अर्थात सबै सुखी हुन्, सबै निरोगी हुन्, कोही दुःखी नहुन् भन्ने संस्कृत श्लोकको उठान उहाँले सो सम्बोधनका क्रममा गर्नुभयो । 

उहाँका यी श्लोकहरु सुन्दा प्रज्ञा भवनमा उपस्थित सरकारी अधिकारी तथा दुवै नेकपाका नेता कार्यकर्ताहरु एकापसमा कानेखुश गर्दै थिए– अहिले त प्रधानमन्त्री बडो आध्यात्मिक हुनुभएको छ त ।   

केही महिना अघि भगवान रामचन्द्रको जन्म नेपालमै भएको प्रसंग पछि उहाँले आफ्ना सम्बोधनहरुमा बडो धार्मिक र आध्यात्मिक प्रसंगहरु राख्ने गर्नुभएको छ । नेपालको वैदिक सनातन धर्मदेखि हाम्रा धेरै धार्मिक र सांस्कृतिक पक्षहरुमा उहाँले जोड दिने गर्नुभएको छ ।   

अघिल्लो महिना प्रधानमन्त्री केपी ओली अकस्मात पशुपतिनाथ दर्शनमा जानुभएको थियो । हुनत कोही व्यक्ति आफ्नो आध्यात्मिक निष्ठाका लागि आजापूजामा मठमन्दिर जान्छन्, जान पाउँछन् । त्यो कुनै चर्चाको विषय होइन । यस्ता विषयहरु नागरिकका वैयक्तिक गोपनीयतामा पनि पर्न सक्छन् । 

तर प्रधानमन्त्री कुनै पनि देशका एक जना व्यक्ति नभएर संस्था भएकोले चर्चा हुनु स्वाभाविक पनि हो । इश्वरका नाममा सपथ नखाएका प्रधानमन्त्री अकस्मात पूजाआजाका लागि पशुपतिनाथ पुग्दा चर्चा चल्नु स्वाभाविकै हो ।  
     
उहाँको पार्टीले के अबका दिनमा हिन्दू राज्य नेपालको अवधारणामा सहमति जनाउन लागेको हो ? अहिलेको चर्चा भने यसैमा छ । अनि कतिपयले यसलाई भारको संस्थापन पक्षसँग पनि जोडेर हेर्ने गरेका छन् ।