५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

सडकको झगडा संसदमा पस्यो, कसरी बन्ला सरकार ?

सडकको झगडा संसदमा पस्यो, कसरी बन्ला सरकार ?
अ+ अ-

नेकपाको सडकको झगडा संसद छिरेको छ । भोलि बस्ने संसद अधिवेशनका लागि कार्यसूची सार्वजनिक भइसकेको छ । यो अधिवेशन आह्वानसँगै यतिखेर सडकमा छताछुल्ला परेको देखिएको नेकपाको झगडाले अब वैधानिक रुपमा नै संसदमा प्रवेश पाएको छ ।

तर यो झगडाको निरुपण संसदमा पनि जसरी सडकमा भनिएको छ त्यतिचाँडै समाधान होला जस्तो भने देखिँदैन । प्रधानमन्त्री केपी ओलीले विघटन गरिसकेको संसद सर्वाेच्च अदालतले पुनस्र्थापना गरेर राजनीतिक विवाद संसदले नै मिलाउनु भन्ने सन्देश दिए पनि संसदलाई पनि त्यति सजिलो भने देखिएको छैन । 

भोलि संसदको बैठक बस्दैछ, कार्यसूची पनि जारी भएको छ । तर विघटन पछि पुनः ब्युँतिएर शुरु हुन लागेको संसद बैठकका केही घन्टाअघि सम्म पनि अब कसरी अघि बढ्ने र कसरी नयाँ सरकार बनाउने भन्ने स्पष्ट खाका पनि तयार छैन । 

यो संसद पुनस्र्थापना भएकै दिनमा प्रधानमन्त्री केपीले भन्नुभएको थियो– अब के हुन्छ, संसदमै देखिन्छ तमासा । आखिर अब संसदमा तमासा नै हुने स्थिति देखिएको छ । 

संसद पुनस्र्थापना भएपछि प्रधानमन्त्रीको राजीनामा आउने धेरैको अपेक्षा थियो, तर त्यसो भएन । बरु अब नेकपाभित्रै कसले आफ्नो पक्षमा बहुमत पुर्याउने भन्ने संसदीय खेल भित्रभित्रै शुरु भएको छ । 

ओली पक्ष या दाहाल नेपाल पक्षमध्ये कसले आफ्नो पक्षमा बहुमत पुर्याउने भन्ने खेल अहिले पनि भित्रभित्रै जारी छ । तर यो समाचार तयार पार्दासम्म पनि संसदीय दलमा कसको पक्षमा बहुमत छ भन्ने आधिकारिकता प्राप्त भएको छैन । यद्यपि, दुवै पक्षले आफ्नो पक्षमा बहुमत रहेको बताइरहेका छन् । 

न प्रधानमन्त्रीले राजीनामा दिने वाला छन् र नत्र प्रचण्ड प्रधानमन्त्री बन्ने नै सुविधा यो संसदबाट उनलाई उपलब्ध छ । अनि नत ओलीलाई प्रधानमन्त्री पदबाट बर्खास्त गर्ने सुविधाजनक बहुमत नै ओली इतरका पार्टीका शक्तिसँग छ । यो कुनै अवस्था पनि देखिँदैन । 

अबको निर्णायक शक्ति भनेको नेपाली काँग्रेस हो । तर उ पनि खुलेको छैन । काँग्रेसको मौनताले के बोलिरहेको छ भन्ने यथार्थ अझै बाहिर आउन सकेको छैन । जो निर्णायक हो, उसैले नबोलेपछि यसको परिणाम कस्तो निस्किन्छ भन्ने प्रश्नको जवाफ काँग्रेस नै दिन सकेको छैन । 

बाहिरबाट हेर्दा ओलीलाई सरकारबाट हटाउने विषयमा सबै सहमत छन् । तर कसरी हटाउने भन्ने खाका बन्न सकेको छैन । यो खाका कुनै एक दलबाट बन्दैन, तर सामुहिक प्रयास भएको छैन । 

काँग्रेसले यसअघि स्थानीय निर्वाचनमा प्रचण्डबाट धोका खाएको भन्दै प्रचण्डको प्रस्तावमा नजिकिन सकेको छैन । नत प्रधानमन्त्री ओलीको पक्षमा नै काँग्रेस खुल्न सकेको छ । बरु यसपालि काँग्रेसले नेकपा औपचारिक विभाजन नै नभएकोले त्यस अघि केही निर्णय नगर्ने भनेर मौन बसेको छ । 

तर हिजोमात्र देउवा निवासमा बसेको काँग्रेसका पदाधिकारीको बैठकमा अब काँग्रेस नखुल्ने हो भने सरकारबाट ओली नहट्ने र पछि हटाउन पनि नसकिने अवस्था आउने भन्ने सदस्यहरुको संख्या बढी देखियो । 

जसका कारण संसदमा अविश्वासको प्रस्ताव नआउँदासम्म नबोले पनि अब काँग्रेसले निर्णायक बोली बोल्ने अवस्था देखिएको छ । सत्तारुढ नेकपाको विवाद गएराति झनै बढेको छ । जस्तो कि ओली इतरको दाहाल नेपाल समूहले सो दलका नेता पुष्पकमल दाहाल प्रचण्डलाई लगातार दुई पटकसम्म संसदीय दलको नेतामा चयन गरेको छ । 

यता सो निर्णयको संसदभित्रै प्रतिवाद गर्ने तयारीमा ओली समूहका सांसदहरु छन् । सत्तारुढ नेकपा एक हुन नसकेको र औपचारिक रुपमा भए पनि कानुनी रुपमा दुई हुन नसकेको यो अवस्थामा शुरु भएको संसदको हिउँदे अधिवेशन कसरी अघि बढ्छ भन्ने विषयले संसदभित्रै थप विवाद ल्याउने स्पष्टै छ । 

आजको संसदमा यस्तो अवस्था छ कि प्राविधिक कारणले दाहाल नेपाल समूहमा रहेका सत्तारुढ दलका सांसदले सरकारको प्रतिपक्षमा हुने भएका छन् । सायद यस्तो अवस्था नेपालको संसदीय इतिहासमा पहिले थिएन होला । यस्तै जटिलताले नै संसदमा छिरेको नेकपाको सडकको झगडाले यहाँ पनि पार पाउन केही समय लाग्ने देखिन्छ ।