११ भाद्र २०८३, बिहीबार
,
Latest
बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रियसभा अध्यक्ष दाहालको आग्रह मृत्युलाई जितेर फर्किएका भन्सार अधिकृतको कहालीलाग्दो अनुभव पशु उद्धारका लागि भेटेरिनरी एसोसिएसनले सुरु गर्‍यो २४ घण्टे हटलाइन सेवा बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त ललितपुरका तीन स्थानीय तहद्वारा एक करोड ८० लाख राहत घोषणा रसुवा बाढीः ३ सय ५९ जनाको शव फेला स्याङ्जाको भीरकोट नगरपालिकाले भोटेकोशी बाढीपीडितका लागि ९ लाखसहित पाँच दिनको तलब सहयोग गर्ने हैदरावादसँग नेपाल ‘ए’ पराजित सरकारी कर्मचारीको पारिश्रमिकबाट केही रकम उद्धार कोषमा जम्मा गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्री किरातीको प्रश्न: परिणाम दिन नसक्ने निगम अधिकारी किन राख्ने ? मैले काम गर्न नसके प्रधानमन्त्रीले मलाई किन राख्ने ?



अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम परिणाम दिन नसक्ने निगम अधिकारी किन राख्ने भन्दै प्रश्न गर्नुभएको छ ।

सन २०१२ बाट ग्राउन्डेड ट्वीनअटर जहाज बनाउन निर्देशन दिएको करिव ६ महिना सम्म पनि कार्यन्वयन नभएपछि मन्त्र किरातीले यस्तो प्रश्न गर्नुभएको हो । कानुनी प्रकृया पुराभएको २ महिनामा जहाज बनाइसक्ने निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले मन्त्री किरातीलाई जानकारी गराएपनि हाल सम्म पनि कार्यन्वयन भएको छैन ।

मन्त्री किरातीको निर्देशनपछि बायुसेवा निगम सञ्चालक समितिको बोर्ड बैठकले ग्राउन्डेड जहाज बनाउने निर्णय गरेको थियो । ग्राउन्डेड जहाज बनाउन बोर्डबाट निर्णय भएको २ महिना वित्न लाग्द समेत जहाज नबनेपछि सोमबार मन्त्री किराती अनुगमनका लागि जहाज मर्मतस्थलमा पुग्नु भएको थियो । जहाज मर्मतमा खटिएका टोलीबाट मन्त्री किरातीले सन्तोषजनक जवाफ नपाए पछि उहाँ आक्रोशिहत हुनु भएको हो ।

निर्देशन पछि किरातीले भन्नुभयो “जनताले कागजात हेर्दैनन् परिणाम चाहेका छन् । मलाई परिणाम चाहियो जहाज कहिले सम्म बनि सक्छ ? यसको उत्तर चाहियो ? पहिला जस्तो ढाँट्न पाइन्न । मलाई परिणाम चाहिएको हो । परिणाम दिन नसक्ने कर्मचारीलाई मैले निगममा किन राख्ने ? मन्त्री किरातीले निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई लक्षित गर्दै भन्नुभयो । “मलाई परिणाम निकाल्न जनताले निर्वाचित गरेका हुन् र प्रधानमन्त्रीले मलाई यो मन्त्रालयको जिम्मा दिनुभएको हो । तपाँईबाट मैले जस्तै म बाट प्रधानमन्त्रीज्यूले परिणाम खोज्नु हुन्छ । मैले परिणाम दिन नसके मलाई प्रधामन्त्रीज्यूले मन्त्रीको कुर्सीमा किन राख्ने ?

बोर्ड बैठकबाट करिब २० करोड सम्म जहाज मर्मतका लागि लाग्ने खर्चको समेत निर्णय गरेको थियो । तर हाल सम्म पनि जहाज मर्मतका लागि स्पष्ट कार्ययोजना समेत नबनाई निगम व्यवस्थापनले आलटाल गरिरहेपछि मन्त्री किराती खरो उत्रिनु भएको हो ।  मन्त्री किरातीले प्रत्येक हप्ता आफु निरिक्षणमा आउने र कार्ययोजना अनुसार काम गरेर प्रगति विवरण आफुलाई पेश गर्न निगमलाई निर्देशन दिनु भएको छ ।

मन्त्री किरातीले कानुनी बाधा हटाउन आफु तयार रहेको र आफुलाई खालि परिणामसंग सरोकार रहेकाले जसरी हुन्छ चाडो जहाज बनाई सक्न निर्देशन दिनुभयो । अन्यथा आफु निर्मम भएर ढिलासुस्ति गर्ने कर्मचारीप्रति कदम चाल्ने उहाँले चेतावनी दिनुभयो ।