२ पुष २०८२, बुधबार
,
Latest
पाँच महिनामा एक अर्ब १४ करोड राजस्व सङ्कलन ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु जापान सरकारद्वारा धनुषामा दुई विद्यालय भवन निर्माण नेपालद्वारा अफगानिस्तानसामु १२५ रनको लक्ष्य प्रस्तुत हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले उपाध्यक्ष तामाङलाई निलम्बन गर्‍यो भोजपुर–खोटाङ जोड्ने पर्यटकीयस्थल तावा भञ्ज्याङको प्रवर्द्धनको खाँचो कार्बन व्यापारलाई दीर्घकालीन सहायक लाभको रुपमा लिनुपर्छः विज्ञहरु वैदेशिक लगानी प्रतिवद्धता प्रत्येक महिना बढ्दोः पाँच महिनामै ३८ अर्ब ५९ करोडको प्रतिवद्धता घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘मोदीबेनी’को मुहूर्त, वर्षा सिवाकोटीले अमर प्रतापसँग स्क्रिन शेयर गर्दै



अ+ अ-

काठमाडौँ । मङ्गलवार काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा पूजा गर्दै चलचित्र ‘मोदीबेनी’को शुभमुहूर्त भएको छ । मुहूर्त पश्चात् मङ्गलवार नै चलचित्र युनिट छायाङ्कनमा निस्किएको छ ।

यस चलचित्रमा अभिनेत्री वर्षा सिवाकोटीले प्रमुख भूमिकामा अभिनय गर्ने भएकी छन् । सिवाकोटी मुहूर्त समारोहमा उपस्थित हुँदै आफूले नव अभिनेता अमर प्रताप श्रेष्ठसँग स्क्रिन शेयर गर्न लागेको जानकारी दिएकी छन् ।

चलचित्रको टिमको काम गर्ने तरिका र यसको स्क्रिप्ट मन परेर आफूले ‘मोदीबेनी’मा अभिनय गर्न लागेको सिवाकोटीले बताइन् । “मेरो भूमिका आजसम्म मैले गरिरहेको भन्दा एकदमै भिन्न छ । कथावस्तु पनि चलनचल्तीका चलचित्रहरूको भन्दा फरक छ । यो चलचित्र एक नयाँ प्रयोग पनि हुनसक्छ”, उनले भनिन्, “अहिले दर्शकले पनि केही फरक नै खोजिरहनुभएको छ । त्यसको लागि यो चलचित्र उदाहरण बन्न सक्छ ।”

सिवाकोटीले आफूसँग स्क्रिन शेयर गर्न लागेका नव अभिनेता श्रेष्ठ अभिनयको लागि पूर्ण तयार भएको बताइन् । ओजस थिएटरमा दुई वटा नाटकमा प्रमुख भूमिकामा अभिनय गरेका श्रेष्ठले केही विज्ञापन तथा ुप्रीतको रितु नामक वेब सिरिजमा प्रमुख अभिनय गरेका छन् । अभिनेता श्रेष्ठले आफू पूर्ण रूपमा चलचित्रको लागि तयार भएर अभिनयमा होमिन लागेको बताए ।

यस चलचित्रबाट झण्डै ९ वर्षपछि अभिनेत्री रेजिना उप्रेतीले कमब्याक गर्दैछिन् । उनले पछिल्लो चलचित्र ुवरदानुमा ुलिड रोलुमा अभिनय गरेकी थिइन् । उप्रेतीले यस चलचित्रमा कलाकार दिलीप केसीसँग स्क्रिन शेयर गर्नेछिन् । उप्रेतीले यसबिचमा आफूलाई अफर आएका चलचित्रहरूमा भूमिका मन नपरेर अभिनय नगरेको बताइन् । यस चलचित्रमा आफूले अहिलेसम्म नगरेको सशक्त भूमिकामा अभिनय गर्न लागेको रेजिनाले बताइन् । अभिनेता दिलीप केसीले समाज परिवर्तनको लागि क्रान्ति गर्ने पात्रको भूमिकामा आफूले अभिनय गर्न लागेको बताए ।

अभिनेता सरोज खनालले पनि चलचित्रमा प्रमुख भूमिका निभाउनेछन् । चलचित्रमा अमर, सरोज, रेजिना, वर्षा, दिलीपका अलावा कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल, अनामिका लामिछाने, स्नेह भट्टराई, लाबिस लगायतको अभिनय रहनेछ । प्रमुख कलाकार अमरसहित अन्य केही कलाकारहरू अडिशनमार्फत् समेत छनोट गरिएको हो ।

चलचित्रका निर्देशक शङ्कर कोइरालाले यो चलचित्र पर्वत जिल्लाको सेरोफेरोमा घटेको घटनामा आधारित रही सामाजिक कथामा बन्ने बताए । डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बन्ने यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । चलचित्रमा दिलीप के।सी। निर्माता र हरि श्रेष्ठ सह(निर्माता रहेका छन् । करिब पैँतिस(चालिस वर्ष पहिले र हालको कथालाई मिश्रण गरी बनाइने यो चलचित्रले पर्वत जिल्लाको मोदीबेनी क्षेत्रको कथा भन्नेछ ।

चलचित्रमा उत्सव दाहालको डिओपी, दिपेन्द्र गौतम (माइकल)को प्रोडक्शन डिजाइन, श्याम बरालको मेकअप, गिता पौडेलको हेयर डिजाइन, भिम श्रेष्ठको ड्रेस डिजाइन र सगुन तामाङको प्रमुख सहायक निर्देशन रहनेछ ।