११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंका यी स्थानमा भोलि बिजुली काटिने



अ+ अ-

काठमाडौँ । मंगलबार बिहान काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द गरिने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार नयाँ निर्माण गरिएका फिडरमा लोड स्थानान्तरण गर्ने कार्यको लागि विभिन्न स्थानमा मर्मत कार्य गर्न लागिएकाले विद्युत् आपूर्ति बन्द गर्न लागिएको हो ।

लगनखेल वितरण केन्द्रबाट विद्युत् सेवा आपूर्ति हुने सातदोबाटो, हात्तिवन,रिङरोड,सेतिपाखा, खुमलटार,जेम्स स्कुल लगायतका एरियाहरूमा विद्युत् आपूर्ति बन्द हुने सूचनामा जनाइएको छ ।

मंगलबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बिजुली कटौती हुने प्राधिकरणले जानकारी गराएको छ ।