१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिसो अझै बढ्ने



अ+ अ-

काठमाडौँ । अझै केही दिन चिसो बढ्ने भएको छ । हिउँदको मध्य भएकाले पनि यो वर्षको जाडो अबको केही दिन उच्च बिन्दुमा पुग्ने भएको हो । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले चिसो र शीतलहर उच्च हुने भएकाले सतर्क रहन सुझाव दिएको छ । अझै हिउँदे वर्षा हुन बाँकी रहेकाले पनि यो वर्षको जाडो लम्बिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

मौसमविद् गोविन्द झाका अनुसार चिसो बढ्दै जाँदा काठमाडौँलगायतका प्रायः सबैतिर तापक्रममा उच्च गिरावट आएको छ । काठमाडौँको तापक्रम बिहीबार र शुक्रबार तीन डिग्री सेल्सियस न्यूनतम तापक्रममा स्थिर रहेकोमा शनिबार घटेर २।५ डिग्री सेल्सियसमा झरेको छ । यो यस वर्षको हिउँदको अहिलेसम्मकै कम न्यूनतम तापक्रम हो ।

गत वर्षको तुलनामा यो वर्ष यस अङ्कमा न्यूनतम तापक्रम पुग्न २० दिन ढिलो भएको छ । गत वर्ष जनवरी ७ तारिखमा न्यूनतम तापक्रम २।५ डिग्री सेल्सियस रेकर्ड भएको थियो । यो विश्लेषणले पनि गत वर्षभन्दा यस वर्षको जाडो २० दिन पछाडि धकेलिएको देखाउँछ ।

फागुन १५ सम्मको समय हिउँदयामको मानिन्छ तर यस वर्ष जाडो धकेलिएर फागुनभर पनि चिसो हुने सम्भावना बढेको छ । वर्षा भएको खण्डमा त्यो चिसो अझ पर पूर्वमनसुनको समयसम्म धकेलिन सक्ने महाशाखाले अनुमान गरेको छ ।

अहिलेसम्म वर्षा हुने राम्रो प्रणाली नदेखिएको र भएको प्रणाली पनि आकाशको धेरैमाथि रहेको मौसमविद् झाले बताउनुभयो । हिमाली भेगको चिसो माइनसबाट तलतिर झर्ने क्रम जारी रहेको महाशाखाले जानकारी दिएको छ । जस अनुसार जुम्लामा न्यूनतम तापक्रम माइनस ५।३ डिग्री सेल्सियसभन्दा तल पुग्दै छ । त्यस्तै जोमसोममा माइनस ५।५ डिग्री पुगेको छ । नौ हजार मिटरमाथिको उच्च हिमाली भेगको पश्चिमी हिमाली भेगमा न्यूनतम तापक्रम माइनस ४१ डिग्री पुगेको छ । त्यस्तै मध्य क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४३ डिग्री र पूर्वी क्षेत्रको उच्च हिमाली भेगमा माइनस ४५ डिग्रीमा झरेको छ ।

उच्च हिमाली भेगमा हिउँ धेरै नपरे पनि चिसो बढेको छ, जसको प्रभाव तराईमा उच्च शीतलहर बनेर ओइरिएको छ । जसका कारण वायुमण्डलको पारदर्शितामा न्यूनता आउँदा हवाई उडान प्रभावित भएको छ । तराईका धेरै जिल्लामा केही दिनयता शून्य पारदर्शिता रेकर्ड भएको छ । मौसमविद् झाका अनुसार पारदर्शिता वायुमण्डलमा एक सय मिटरभन्दा तल झरेपछि त्यो शून्य पारदर्शितामा गनिन्छ ।

तराईमा शून्य पारदर्शिता

लुम्बिनी, मधेश र कोशी प्रदेशका विभिन्न जिल्लामा शून्य पारदर्शिता रेकर्ड भएको हो । यो भनेको मानिसको आँखाले पनि धेरै परसम्म धान्न नसक्ने पारदर्शिता हो । शीतलहर सिमसिमे वर्षा भए जस्तैको अवस्थामा रहेकाले ठिहि¥याउने चिसोको मारमा तराईका बासिन्दा परेका छन् ।

भैरहवा र सिमराको पारदर्शिता शनिबार दिउँसो केही सुधार भएको देखिएको छ तर रात पर्दै जाँदा फेरि त्यो मेटिने गरेको छ । नेपालगन्ज, धनगढी, विराटनगरलगायत अन्यत्रको पारदर्शितामा सुधार आउन सकेको छैन । पश्चिम, मध्य र पूर्वी तराईमा शीतलहर चलेकाले जनजीवन सहज बनाउन आवश्यक पहल गर्न सुझाइएको छ । गोरखापत्र