३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता सहयात्राका लागि एमाले र जसपाको कार्यदल गठन



अ+ अ-

काठमाडौं । सरकारलाई बहुमत आवश्यक पर्ने देखिएपछि सत्तारुढ दल नेकपा एमालेले अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टीसँग हात अघि बढाएको छ ।

सोमबार मात्र औपचारिक रुपमा विभाजन भएको नेकपाको अर्को घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिने अवस्था भएपछि सत्ता सहकार्यका लागि एमाले र जसपाको संयुक्त कार्यदल बनेको छ ।  

कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहनु भएको छ भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहनु भएको छ ।  

हाल नेकपा एमालेसँग प्रतिनिधिसभामा १२१ सिट रहेको छ भने जसपाको ३४ सिट रहेकोमा २ जना निलम्बनमा रहेका छन् । बहुमतको सरकारका लागि १३८ सिट आवश्यक पर्नेछ । अर्थात नेकपा एमालेले सरकार टिकाइराख्न कम्तीमा अरू १७ सिट जुटाउनु पर्नेछ ।