११ भाद्र २०८३, बिहीबार
,
Latest
विपद्मा खटिने सुरक्षाकर्मीको भत्ता र खाजा खर्च बढाइने प्रधानमन्त्री राहत कोषमा लेयर्स कुखुरापालक सङ्घको १० लाख सहयोग भोटेकोशी बाढीः शिक्षण अस्पतालमा ३६ जनाको उपचार हुँदै नुवाकोटमा अधिकांश स्थानमा विद्युत् सेवा नियमित, रसुवामा पनि पुनःस्थापनाको तयारी राष्ट्रपति पौडेलद्वारा बाढीपीडितका लागि एक महिनाको पारिश्रमिक सहयोग भोटेकोशीमा पुन: बाढीको जोखिम, नदी थुनिएर ताल बनेको प्रारम्भिक सूचना रसुवा बाढीः वीरमा पाँच र ट्रमा सेन्टरमा १८ घाइतेको उपचार हुँदै बाढी प्रभावित क्षेत्रको अवस्थाबारे सभामुख अर्यालद्वारा सचिवालयसँग छलफल जलवायु विपद्सँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रास्वपा सभापति लामिछाने सरकारी कोषमा रकम जम्मा गर्दा कारोबार सीमा नलाग्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता सहयात्राका लागि एमाले र जसपाको कार्यदल गठन



अ+ अ-

काठमाडौं । सरकारलाई बहुमत आवश्यक पर्ने देखिएपछि सत्तारुढ दल नेकपा एमालेले अर्को प्रतिपक्ष दल जनता समाजवादी पार्टीसँग हात अघि बढाएको छ ।

सोमबार मात्र औपचारिक रुपमा विभाजन भएको नेकपाको अर्को घटक माओवादी केन्द्रले समर्थन फिर्ता लिने अवस्था भएपछि सत्ता सहकार्यका लागि एमाले र जसपाको संयुक्त कार्यदल बनेको छ ।  

कार्यदलमा एमालेबाट उपमहासचिव तथा अर्थमन्त्री विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहनु भएको छ भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण रहनु भएको छ ।  

हाल नेकपा एमालेसँग प्रतिनिधिसभामा १२१ सिट रहेको छ भने जसपाको ३४ सिट रहेकोमा २ जना निलम्बनमा रहेका छन् । बहुमतको सरकारका लागि १३८ सिट आवश्यक पर्नेछ । अर्थात नेकपा एमालेले सरकार टिकाइराख्न कम्तीमा अरू १७ सिट जुटाउनु पर्नेछ ।