९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar जलवायु न्याय सुन्दर वाक्यांशमा सीमित हुनु हुँदैन : प्रधानमन्त्री शाह News Polar भारी वर्षाको जोखिम: किसानलाई सतर्कता अपनाउन विभागको आग्रह News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले केहीबेरमा सम्बोधन गर्दै News Polar प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैनः अध्यक्ष दाहाल

पार्टी नेतृत्वमा अहिले मेरो विकल्प छैनः अध्यक्ष दाहाल
अ अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी नेतृत्वमा अझै पनि आफ्नो विकल्प नभएको बताउनुभएको छ ।

शहीद प्रतिष्ठान नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले पार्टीको नेतृत्वमा अझै आफ्नो जिम्मेवारी रहेको निष्कर्षमा आफू रहेको बताउनुभएको हो । प्रधानमन्त्री दाहालले पार्टीको नेतृत्वमा नयाँ पुस्ता आउने काम अझै बाँकि रहेको र उनीहरुलाई नेतृत्वमा ल्याउनका लागि आफूले वातावरण बनाइदिने आश्वासन समेत दिनुभयो । उहाँले समान विचार भएका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध हुन पनि आह्वान गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले त परिस्थिति के छ भने शहीद प्रतिष्ठान मात्रै होइन, पार्टीहरु एउटा मोर्चामा आउने परिस्थिति बन्दैछ । बाहिरका परिस्थितिले पनि हामीलाई समान विचार भएका, समाज इतिहास भएका, समान पीडा र भावनाबाट गुज्रिएकाहरु एकैठाउँमा आउनुपर्छ भनेर परिस्थितिले पनि दबाब दिएको छ । हामीले सचेत प्रयत्न पनि हामी समाजवादी मोर्चा हुँदै फेरि विचार मिल्नेहरु एउटै केन्द्रमा आवद्ध हुने पहल पनि हामीले बढाएका छौं । यहाँ भनियो नेतृत्व जन्माउन त जन्माउछ इतिहासले । जनताले जन्माउने हो नेतृत्व भनेको । तर नेतृत्व जन्मिने भनेको फेरि रातारात जन्मिने चाहीँ होइन । जनताले पनि रातारात जन्माउन सक्दैन ।

इतिहासले पनि रातारात नाटकीय ढंगले जन्माउन सक्दैन । त्यसले पनि एउटा प्रक्रियाको संघर्षको, बहसको, वैचारिक संघर्षको र वर्ग संघर्षको, वैज्ञानिक प्रयोगको एउटा प्रक्रियाबाट गुज्रिएपछि मात्रै नेतृत्व बन्ने हो । नेतृत्व पैदा हुने हो, जन्मने हो । त्यसकारण मलाई के लाग्छ भने यो कालखण्डमा जनयुद्धको तयारी, जनयुद्धको थालनी, शान्ति सम्झौता, संविधान सभा, गणतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशी, समानुपातिकता यो एउटा लामो वैचारिक र वर्ग संघर्षबाट भयो । त्यो एउटा निश्चित विचार र नेतृत्व अन्तर्गत भयो । मलाइ के लाग्छ भने अझै पनि जिम्मेवारी त्यही नेतृत्वको बाँकि छ भन्ने मेरो ठहर छ । मैले अहिले रातारात अर्को नेता युवाहरु आइहाल्छन् ।

उनीहरुले सबैलाई लगि हाल्छन् भन्ने स्थिति अझै तयार भइहालेको छैन । हाम्रो काम हो–त्यस्तो वातावरण बनाइदिनु । हामीले एकताको प्रक्रियाद्धारा, एकताको तागतद्वारा नयाँ पुस्तालाई फेरि नेतृत्वको निम्ति तयार पार्ने वातावरण बनाइदिने जिम्मेवारी हाम्रो हो । हामी त्यो जिम्मेवारीप्रति अहिले गम्भिर छौं । म शहीदप्रतिसहित सबै क्रान्तिकारी पक्षलाई म अपिल गर्न चाहन्छु–अब समय आयो । अब एकतावद्ध भएर गएनौ भने ठूलो दुर्घटना पनि हुनसक्छ । तपाई मुल नेतृत्वप्रति र आफनो कर्तव्यप्रति उदासिन भएको म पाउँछु ।’

प्रधानमन्त्री दाहालले पार्टी नेतृत्वमाथि उदासिन हुने काम नगर्न पनि पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउनु भयो । कार्यक्रममा उहाँले संक्रमणकालिन न्यायसँग सम्बन्धित विधेयक संसदको आगामी अधिवेशनबाट पारित गराउन आफूहरुले बल गरिरहेको पनि बताउनु भयो । —न्युज एजेन्सी नेपाल