२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन News Polar एक लाख ३० हजार १२९ यात्रुले लिए दसैँका लागि अग्रिम टिकट

‘एमाले र माओवादी केन्द्र एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनुपर्छ’

‘एमाले र माओवादी केन्द्र एकीकरण गर्ने भए १५ दिनभित्र निवेदन दिनुपर्छ’
अ अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र) लाई साबिककै अवस्थामा फर्केको जानकारी गराउने भएको छ । 

सर्वोच्च अदालतले फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आधाकारिकता विवादमा केपी शर्मा ओली–पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई मान्यता नदिने फैसला गरेपछि निर्वाचन आयोगले मंगलबार साबिककै नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) अलग अलग राजनीतिक दलको रुपमा रहेको दुवै दललाई जानकारी गराउने निर्णय गरेको निर्वाचन अयोगका प्रवक्ता राजकुमार श्रेष्ठले बताउनुभयो । त्यसैगरी, सर्वोच्च अदालतको फैसला अनुसार निर्वाचन आयोगमा यस अघि गोपाल किरातीको नाममा दर्ता भएको (माओवादी केन्द्र) र सन्ध्या तिवारीको नाममा दर्ता भएको नेकपा (एमाले) कायम हुन नसक्ने भन्दै दुवै दललाई नयाँ नाम सहित विवरण १५ दिनमा आयोगमा पेश गर्ने जानकारी गराएको पनि उहाँले जानकारी दिनुभयो ।

साथै पुर्व एमाले र पुर्व माओवादी केन्द्र पार्टीहरु एकिकरण हुन चाहेमा नाम र के चिन्ह प्रस्ताव गरेर १५ दिन भित्र निवेदन सहित आयोगमा उपस्थित हुन समेत जानकारी गराउने निर्णय भएको उहाँले बताउनुभयो ।  

उहाँले भन्नुभयो – ‘हामी सबैलाई अवगत नै छ सम्मानीत सर्वोच्च अदालतबाट फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का सन्दर्भमा गरेको निर्णय । उक्त फैसला अनुसारको आदेश कार्यान्वयन गर्ने, गराउने सन्दर्भमा आज बसेको आयोगको बैठकबाट नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) एकिकरण हुनुपूर्वकै, साबिककै अवस्थामा फर्केको अथवा अलग अलग राजनीतिक दलको रुपमा रहेको भन्ने जुन अदालतको फैसलाबाट भएको छ । उक्त ब्यहोरा दुवै पार्टीलाई जानकारी गराउने निर्णय भएको छ । तत् पश्चात उक्त पार्टीहरु एकिकरण हुन चाहेमा एकिकरण गर्दाखेरी के नाम राख्ने ? र के चिन्ह राख्ने ? नाम र चिन्ह सहित प्रस्ताव गरेर १५ दिन भित्र निवेदनसहित आयोगमा उपस्थित हुन समेत जानकारी गराउने निर्णय भएको छ भने नेकपा(नेकपा)को नामबाट यि दुई पार्टी एकिकरण भएपश्चात कानुनले निर्धारण गरेको समयअवधि समाप्त भएपछि दर्ता भएको नेकपा(एमाले) र नेकपा(माओवादी केन्द्र) दर्ता भएको अवस्था थियो । उक्त दुवै दलहरुलाई उक्त दलहरुको नाम कायम रहन सक्ने अवस्था अहिलेको फैसलाले नदेखिएको हुँदा दुवै दललाई नयाँ नाम प्रस्तावित गर्न र नयाँ नाम सहितको विवरण आयोगमा पेश गर्न १५ दिनको समयावधि दिएर जानकारी गराउने भन्ने निर्णय भएको छ ।’

त्यसैगरी आयोगले दुई दल एकिकरण पछि बनेका जनप्रतिनिधिको सम्बन्धमा विवाद आएको अवस्थामा निर्वाचन घोषणा पछि आउने विवाद निरुपण गर्ने आफ्नो कार्यक्षेत्रमा नपर्ने भन्दै त्यस विषयमा कुनै निर्णय नगरेको पनि प्रवक्ता श्रेष्ठको भनाई छ । उहाँले भन्नुभयो – ‘निर्वाचन सम्बन्धी कानुनी व्यवस्थामा उम्मेदवारले निर्वाचनको समयमा उम्मेदवारको योग्यता तथा अयोग्यताको सम्बन्धमा निर्वाचनको परिणाम घोषणा पूर्व, निर्वाचनको घोषणा हुनुभन्दा अगावै त्यसको निरुपण गर्नुपर्ने अवस्थामा निर्वाचन आयोगले त्यो विषयको निर्णय दिने, निरुपण गर्ने कुरा हुन्छ । तर निर्वाचनको परिणाम घोषणा भएपश्चातको सन्दर्भमा त्यो विषयमा निर्वाचन आयोगले त्यो सम्बन्धी विषयको निरुपण गर्ने आफ्नो क्षेत्रभित्र पर्दैन ।  त्यसकारणले यो सन्दर्भमा अहिले आयोगले केही निर्णय गरिसकेको अवस्था छैन । दलको निर्वाचित पदाधिकारीको पद रिक्त हुने अथवा दल त्याग गर्ने प्रावधानहरु राजनीतिक दलसम्बन्धी ऐनमा, त्यस्तै गरेर संसदीय दलहरुको आफ्नो कानुनी व्यवस्था छ त्यसमा आधारित हुने विषय हो । तर आयोगले ति अवधिमा निर्वाचित भइसकेका पदाधिकारीहरुको सम्बन्धमा थप केही बोलिराख्नुपर्ने चाहीँ हुँदैन । त्यो अवस्था अहिले छैन ।’

आयोगको निर्णयको जानकारी सम्बन्धित दलहरुलाई पठाइ सकिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।