२८ मंसिर २०८२, आईतवार
,
Latest
धानको उत्पादन घटेसँगै मूल्यमा पनि गिरावट एमाले केन्द्रीय कमिटी बैठक बस्दै,विधान संशोधन प्रस्ताव लगिने बेलढुङ्गा घरबासमा पाहुनाको रोजाइ ‘कोदोको सेलरोटी’ पर्यटन सबलीकरणका लागि कर्ण शाक्यका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले सुपर सिक्समा भारत र बंगलादेशसँग खेल्ने



अ+ अ-

काठमाडौँ । आईसीसी यू–१९ विश्वकपको सुपर सिक्समा नेपालले भारत र बंगलादेशसँग खेल्ने पक्का भएको छ ।

शुक्रबार अफगानिस्तानमाथि रोमाञ्चक १ विकेटको जित निकालेको नेपाल सुपर सिक्समा तेस्रो टोलीको रुपमा पुगेको हो । समूह डी बाट न्युजिल्यान्ड र पाकिस्तान शीर्ष दुई टोलीको रुपमा सुपर सिक्समा पहिल्यै पुगिसकेका छन् ।

चार समूहमा विभाजित गराएर संचालन विश्वकपमा नेपाल समूह डी मा परेको छ । नेपालले यसअघिका दुबै खेल न्युजिल्यान्ड र पाकिस्तानसँग हार बेहोर्यो । समूहको तेस्रो टोली पनि सुपर सिक्समा पुग्ने प्रावधान अनुसार नेपालले दुई खेल हारेर पनि एक जितसँग सुपर सिक्समा पुग्यो ।

प्रतियोगितामा समूह ए र समूह डी बीच सुपर सिक्सका खेल हुनेछ भने समूह बी र सीबीच अर्को सुपर सिक्सका खेल हुनेछ । सुपर सिक्सका दुई समूहमा खेलाइएपछि शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।

सोही प्रावधान अनुसार समूह विजेता टोलीले अर्को समूहको दोस्रो र तेस्रो टोलीसँग खेल्नेछ । यस्तै समूह उपविजेता टोलीले अर्को समूहको पहिलो र तेस्रो टोलीसँग प्रतिस्पर्धा गर्नेछ । नेपाल तेस्रो स्थानमा रहेको हुनाले समूह ए का पहिलो र दोस्रो टोलीसँग खेल्नेछ ।

समूह ए मा भारतले दुई खेल जितेर ४ अंक जोडेको हुनाले नेपालले भारतसँग खेल्ने पक्का छ । यता, बंगलादेशको पनि ३ खेलबाट ४ अंक छ । यो समूहमा आयरल्यान्डले तीनै खेल खेलेर २ अंक जोडेको छ । अर्को टोली अमेरिका २ खेलबाट अंकविहिन छ ।