२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आयो’



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले राजा र हिन्दुराष्ट्रको एजेण्डा लिएर जाँदा देशमा न्युनतम ३० प्रतिशतदेखि अधिकतम ५० प्रतिशत जनमत आउने बताउनु भएको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै उहाँले नेताहरुको अवसरवादी चरित्र र खराबिको कारण ५० प्रतिशत जनमत भएको ठाउँमा ५ प्रतिशत मात्रै मत आएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिले राजा, हिन्दुराष्ट्रको एजेण्डामा जाने हो भने न्युनतम ३० देखि अधिकतम ४५ देखि ५० प्रतिशत जनमत हाम्रो पक्षमा छ । तर भोट हाम्रो ५ प्रतिशत किन आउँछ ? किनभने पार्टी भित्रका हामी नेताहरुले कहीँ न कहीँ खराबी गरेका छौँ । कहीँ न कहीँ अवसरवादी चरित्र देखाएका छौँ । त्यो भएर हामीले सोचे बराबर भोट ल्याउन सकेका छैनौँ भन्ने कुरा नेताले, कार्यकर्ता र स्थानीय तहको नेतृत्वले बुझ्नुप¥यो ।’

उहाँले पार्टीले सबै नेता, कार्यकर्ताहरुको कुरा सुन्नुपर्ने बताउनु भयो । उहाँले आम निर्वाचनमा उम्मेदवार भएका सबै नेता, कार्यकर्ताहरुलाई संगठित र एकीकृत गर्दै अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।