८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छः नेता लोहनी

राप्रपाको कार्यदिशा स्पष्ट हुनुपर्छः नेता लोहनी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा नेता डा. प्रकाशचन्द्र लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको छ ।

शुक्रवार राष्ट्रिय प्रजातन्त्र पार्टी आन्दोलन परिचालन समितिले गरेको वृहत आन्दोलन पूर्वतयारी छलफलमा बोल्दै नेता लोहनीले पार्टीको कार्यदिशा स्पष्ट हुनुपर्ने बताउनुभएको हो । उहाँले आन्दोलनमा जाने भए आन्दोलनमा जानुपर्ने र आन्दोलन नगर्ने भए नगरी बस्नुपर्ने बताउनु भयो ।

उहाँले पार्टीको कार्यदिशाको सम्बन्धमा बैठकमा छलफल हुनुपर्ने र बहुमतले पारित गरेको निर्णय लागू हुनुपर्ने बताउनु भयो । उहाँले राप्रपामा आन्दोलनमा जानुपर्ने मत बलियो भएको भन्दै आन्दोलन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले राष्ट्रिय प्रजातन्त्र पार्टी पनि एमाले, काँग्रेस र माओवादी भन्दा फरक रहेनछ भन्ने स्थितिमा पु¥याउनु नहुनेमा शतर्क रहनुपर्ने बताउनु भयो । उहाँले राप्रपाले वैचारिक शक्ति र संगठन निर्माणलाई साथसाथै अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अहिलेको अवस्थामा हाम्रो पार्टीले जे गर्ने हो त्यो बडो स्पष्ट हुनुपर्छ । म एकैतालि उठ्छु पनि बस्छु पनि भन्न चाहीँ मिल्दैन । उठ्ने भए उठ्नुप¥यो । बस्ने भए बस्नुप¥यो । उठ्छु पनि, बस्छु पनि भन्न चाहीँ मिल्दैन । म त्यसमा क्लियर छु । ठिक छ बस्ने भए बसौँ । हाम्रो पार्टीको निर्णय गर्ने इकाइहरु छन् । केन्द्रिय कार्य सम्पादन समिति छ । केन्द्रिय कार्यसमिति नै छ । ल पार्टी बस्ने भयो भनौँ बस्नु कसरी बस्ने हो । पार्टीले गरेको निर्णयलाई सबैले मान्नुपर्छ । बहुमतको निर्णयलाई । उठ्ने हो भने उठौँ । कुरा उठ्ने गर्ने । मौका प¥यो भने बसि पनि हाल्ने काम चाहीँ नगरौँ ।

अहिले धेरै साथीहरुको नेपाली समाज र यो देशलाई रुपान्तरित गर्ने शक्तिको रुपमा यसलाई खडा गर्ने हो भने हामीले आफ्ना एजेण्डाहरु लिएर जानुपर्छ उठ्नुपर्छ र आन्दोलनमा जानुपर्छ भन्ने सबै साथीहरुको विचार बुझेको छु र देशले खोजेको पनि अहिले त्यही हो । देशले पनि राप्रपा पार्टी हेरिरहेको छ । यस्तो स्थिति नआओस् राप्रपा पनि एमाले, काँग्रेस र माओवादी भन्दा केही फरक रहेनछ भन्ने स्थितिमा हामी नपुगौँ । यसप्रति शतर्क हौँ । त्यो स्थितिमा पुग्यौँ भने हामी गयौँ । किनभने सांगठनिक रुपमा उनीहरु बलियो छन् । उनीहरु छन् गाउँमा ।

हामी शक्तिको रुपमा आउने हो भने हामीले विचार, दृष्टिकोण र आन्दोलनको माध्यमबाट मात्र सक्छौँ । वैचारिक शक्ति र संगठनलाई सँगै लिएर जानुपर्छ । विधानमा सन्तुलन र नियन्त्रण छ । हाम्रो पार्टी भित्र केन्द्रीय कार्य सम्पादन समिति भनेको सन्तुलन र नियन्त्रण गर्ने संस्था हो । वादविवाद भयो भने मिलाउने संस्था हो । यसमा एकले अर्काको नियतमा शंका गर्नु हुँदैन । विधानले राखेको फोरमहरुको बैठक बोलाएर छलफल गर्ने हो । एकले अर्कोलाई शंका नगरौँ ।’