८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

‘मध्यपहाड नेपालको समृद्धिको आधारशीला’

‘मध्यपहाड नेपालको समृद्धिको आधारशीला’
अ अ+ अ-

म्याग्दी । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मध्यपहाडलाई नेपालको समृद्धिको आधारशीलाका रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो । बेनीमा आज एमाले म्याग्दीको १०औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले हालै सञ्चालन गरिएको पूर्व–पश्चिम जोड्ने मध्यपहाडी लोकमार्ग केन्द्रित अभियानमार्फत पहिचान भएका समस्या र सम्भावनाको विषयलाई राजनीतिक मुद्दा बनाउने उल्लेख गर्नुभयो ।

“पहाडबाट बसाइँसराइ रोकेर अवसरको सिर्जना गराउन सरकारलाई सुझाव दिएका छौँ”, महासचिव पोखरेलले भन्नुभयो । जातिवादी र अतिवादी शक्तिले परिवर्तनको विरुद्धमा फैलाएको भ्रम चिर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नयाँ शक्तिका नाममा छाडातन्त्र र अराजकताले समाजलाई सही बाटोमा डोहोर्याउन नसक्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिक अस्थिरता र सामाजिक अराजकताले नै विकास र समृद्धिमा बाधा पुर्याएको छ ।”

महासचिव पोखरेलले निर्माण भएका अन्तराष्ट्रिय विमानस्थल सञ्चालन, राज्यलाई कमजोर बनाउने गतिविधि नियन्त्रण, उत्तरदक्षिण र पूर्वपश्चिम जोड्ने लोकमार्ग, आधारभूत अस्पताल निर्माणसम्बन्धी दूरगामी योजनालाई महत्व दिँदै लगानी र सुरक्षाको वातावरण बनाएर युवा पलायन घटाउन नीति लिन सरकारसँग माग गर्नुभयो । जनतामा आशा जगाउँदै उनीहरूको समस्या पहिचान र सम्बोधन गराउँदै आगामी चुनावमा एकल बहुमत प्राप्त हुनेगरी सङ्गठन निर्माणमा परिचालन हुन नेता–कार्यकर्तालाई उहाँले निर्देशन दिनुभयो ।

दुई दिनसम्म चल्ने अधिवेशनले म्याग्दी जिल्ला कमिटीको नयाँ नेतृत्व चयन गर्नेछ । अधिवेशनमा चार सय १९ प्रतिनिधिले भाग लिएका छन् । रासस