२७ जेष्ठ २०८३, बुधबार
,
Latest
तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजा चार्ल्स तृतीय प्रोस्टेट शल्यक्रियाका लागि अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । राजा चार्ल्स तृतीयलाई बढेको प्रोस्टेटको ‘सुधारात्मक प्रक्रिया’ का लागि शुक्रबार लन्डनको एउटा निजी अस्पतालमा भर्ना गरिएको बकिङ्घम दरबारले बताएको छ ।

वेल्सकी राजकुमारीले पेटको शल्यक्रियापछि स्वास्थ्यलाभ गरिरहनुभएको लन्डन क्लिनिकमा ७५ वर्षीय राजाको उपचार गरिनेछ । अस्पताल पुगेपछि राजाले राजकुमारी केटलाई भेट्नुभएको थियो ।

दरबारले भनेको छ, “राजालाई बिहान निर्धारित उपचारका लागि लन्डनको एउटा अस्पतालमा भर्ना गरिएको छ, गत साता शुभकामना पठाउने सबैलाई राजाले धन्यवाद दिन चाहनुभएको छ ।”

सोह्र महिनाअघि राजगद्दीमा बस्नुभएका राजा चार्ल्सलाई गत जनवरी १७ मा लक्षण देखिएपछि स्वास्थ्य परीक्षण गर्दा उहाँको अवस्था सामान्य भएको पत्ता लागेको थियो । उहाँले कार्यक्रमहरू रद्द गर्नुभयो र उहाँलाई उपचार प्रक्रियाअघि आराम गर्न आग्रह गरिएको थियो ।

राजाको शन्यक्रियाका बारेमा प्रचारलाई सार्वजनिक स्वास्थ्य सल्लाहअनुसार अन्य पुरुषहरूलाई प्रोस्टेटको परीक्षण गराउन प्रोत्साहन गर्ने अवसरका रूपमा हेरिएको छ ।

आफ्नो निदानले जनस्वास्थ्य जागरुकतामा सकारात्मक प्रभाव परेको जानेर राजा खुशी हुनुभएको दरबारले बताएको छ ।