२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणवीरको ‘रामायण’मा विजय सेतुपतिले विभिषणको भूमिका निभाउनेछन् ?



अ+ अ-

एजेन्सी । साउथ अभिनेता विजय सेतुपति यतिबेला आफ्नो फिल्म ‘मेरी क्रिसमस’लाई लिएर चर्चामा छन् । यस फिल्ममा विजयसँग कट्रिना कैफ देखिएकी छिन् । यो फिल्मपछि अब विजय सेतुपति फिल्म ‘रामायण’मा देखिने खबर बाहिर आएको छ ।

नितेश तिवारीको बहुप्रतिक्षित फिल्म ‘रामायण’ले सन् २०२४ मा रिलिजको लागि निकै उत्साह पैदा गरेको छ । यस फिल्ममा रणवीर कपुर, साई पल्लवी र यशको अभिनय रहेको खबर पहिले नै बाहिर आएको छ । फिल्मको स्टार कास्टमा विजय सेतुपति पनि सामेल भएको खबर छ ।

मिडिया रिपोर्टका अनुसार विजय सेतुपति रामायणमा विभिषणको भूमिकामा देखिन सक्नेछन् । समाचारका अनुसार नितिश र विजयबीच छलफल चलिरहेको छ, जसमा विजयले रावणको भाइको भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ । नितिश तिवारीले हालै विजयसँग फिल्मको कथाबारे छलफल गर्न भेट गरेको बताइएको छ ।

फिल्मको स्टार कास्ट फाइनल गरेपछि फिल्मको छायांकन मार्च २०२४ मा सुरु हुनसक्छ । दर्शकहरु यो चलचित्रको प्रतिक्षामा छन् । फ्यानहरू रणवीर कपूरलाई भगवान रामको भूमिकामा हेर्न निकै उत्सुक छन् ।