११ श्रावण २०८३, सोमबार
,
Latest
१६ खर्बको राजश्व लक्ष्य भेट्टाउन ‘मिसन मोड’ मा काम गर्न अर्थमन्त्रीको निर्देशन अव्यवस्थित तार व्यवस्थापनका लागि मन्त्रीद्वयद्वारा स्थलगत अनुगमनः भने–‘ प्रतिकूल मौसमका कारण काम रोकिन भएन’ (तस्बिरसहित) ऊर्जा क्षेत्रको विकासका लागि विद्युत ऐन समयानुकुल बनाउन आवश्यकः पूर्वमन्त्री ज्ञवाली प्रधानमन्त्री र ऊर्जामन्त्रीको सल्लाहकार मोहमा अर्थमन्त्रीको कटाक्षः ‘मैले एकजना सल्लाहकार राखेको छु’ बर्नहमसँगको पहिलो भेटका लागि जेलेन्स्की बेलायतमा माल्दिभ्सद्वारा ‘क्षेत्रीय शान्ति र सहकार्य’ का लागि सार्कको सक्रियताको आह्वान लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ सगरमाथा क्षेत्रमा अमेरिकी ड्रोनको प्रविधिको प्रभावकारिता प्रदर्शन विज्ञापन बोर्डको अनुमतिविना विज्ञापन प्रसारण गर्न नपाइने सिसिटिभी फुटेजका आधारमा कारबाही गर्न नारायाणी अस्पतालको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपर सिक्समा पुग्न नेपाललाई १४६ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । आइसिसी यु–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत अफगानिस्तानविरुद्धको खेलमा नेपालले १४६ रनको विजयी लक्ष्य पाएको छ । दक्षिण अफ्रिकाको इष्ट लन्डनस्थित बफेलो पार्कमा टस जितेर ब्याटिङ थालेको अफगानिस्तान ४०.१ ओभरमा १४५ रनमा अलआउट भयो ।

उसका लागि एएम घजनफारले २१ बलमा ३७ रन जोड्दा नशिर खान मरुफकहिलले ८३ बलमा ३१ रन जोडे । यस्तै, हशन इशाकहिलले ३५ बलमा २० रन जोड्दा फरिघदुन दाउदजाईले ६५ बलमा २९ रन बनाए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका आकाश चन्दले ५ विकेट लिँदा दिपेश कँडेलले २ तथा गुलशन झा, तिलक भण्डारी र सुवाश भण्डारीले १–१ विकेट लिए ।

नेपाल र अफगानिस्तान यु–१९ विश्वकपमा पहिलो पटक आमने सामने भएका हुन् । प्रतियोगिताको सुपर सिक्समा प्रवेश गर्नका लागि पनि नेपालले आजको खेल जित्नैपर्ने दबाब छ ।

समूह ‘डी’को पहिलो खेलमा नेपाल न्यूजिल्यान्डसँग ६४ रनले र दोस्रो खेलमा पाकिस्तानसँग पाँच विकेटको पराजित भएको थियो । अफगानिस्तानले भने पहिलो खेलमा पाकिस्तानसँग एक ८१ रन र दोस्रो खेलमा न्यूजिल्यान्डसँग एक विकेटको हार बेहोरेको थियो ।




भर्खरै