१३ श्रावण २०८३, बुधबार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सुनसरी घटना: रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै गुरु किन चाहियो ?  सुनसरी घटना: आक्रोश, बदलाको भावना र उत्तेजनामा नबग्न प्रधानमन्त्री शाहको अपिल सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान सुनसरी घटना थप जटिल, रास्वपा सभापतिले बोलाए सर्वदलीय बैठक क्यूआर कोड’ बाट पर्यटकलाई सूचना मानव बेचविखन नियन्त्रणका लागि एकीकृत प्रयास अपरिहार्य चिकित्सक सङ्घले बुधबार देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गर्मी बढेसँगै फ्रान्स र स्पेनमा डढेलोको जोखिम उच्च, हजारौँ विस्थापित
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष केपी ओलीद्वारा भारतवासीलाई भारतको गणतन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटर मार्फत शुभकामना दिनुभएको हो । ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना’ ओलीले लेख्नु भएको छ ।

भारतले आज आफ्नो ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको भारतीय गणतन्त्र दिवस मनाइँदै छ ।

सन् १९५० को जनवरी २६ मा भारतलाई गणतन्त्र मुलुक घोषणा गरिएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको भारतले १९५० को जनवरी २६ मा संविधान जारी गरी सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो ।

भारतको संविधान सभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै गणतन्त्रको घोषणा गरिएको थियो ।