२ पुष २०८२, बुधबार
,
Latest
बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ- नेता कोइराला देशको विकास श्रम संस्कृतिमा निर्भर हुनुपर्छ : अध्यक्ष साम्पाङ स्थानीयवासीलाई विपद् स्वयंसेवक तालिम एमाले महाधिवशेन : मतदान जारी, ८०२ द्वारा मतदान खगेन्द्रप्रसाद र रुद्रकली कतारका लागि उडे त्रिनगर नाकाबाट रोजगारीका लागि भारततर्फ जानेको भीड तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई अर्को हप्ता बयानका लागि बोलाउने जेन–जी आन्दोलन जाँचबुझ आयोगको तयारी सिरहामा सशस्त्र प्रहरीको नवनिर्मित ब्यारेक भवनको उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले अध्यक्ष केपी ओलीद्वारा भारतवासीलाई भारतको गणतन्त्र दिवसको शुभकामना



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिनुभएको छ ।

अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटर मार्फत शुभकामना दिनुभएको हो । ‘७५ औँ गणतन्त्र दिवसको सबै भारतीयहरूलाई शुभकामना’ ओलीले लेख्नु भएको छ ।

भारतले आज आफ्नो ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ । ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको भारतीय गणतन्त्र दिवस मनाइँदै छ ।

सन् १९५० को जनवरी २६ मा भारतलाई गणतन्त्र मुलुक घोषणा गरिएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगष्ट १५ मा स्वतन्त्र भएको भारतले १९५० को जनवरी २६ मा संविधान जारी गरी सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषणा गरेको थियो ।

भारतको संविधान सभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको ‘भारत सरकार ऐन, १९३५’ लाई विस्थापन गरेसँगै गणतन्त्रको घोषणा गरिएको थियो ।