२० मंसिर २०८२, शनिबार
,
Latest
महानगरपालिकाको लगानीमा ‘नारायण गोपाल-पेमला गीत गंगा भवन’ निर्माण : उपप्रमुख डंगोलबाट उद्घाटन इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोहली चौथो पटक ‘आईसीसी ओडीआई क्रिकेटर अफ द इयर’ घोषित



अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२३ को अवार्ड घोषणा गरेको छ । विराट कोहली चौथो पटक आईसीसी एकदिवसीय क्रिकेटर अफ द इयर चुनिएका छन् भने सूर्यकुमार यादव टी–२० क्रिकेटर अफ द इयर बने । यस्तै, अष्ट्रेलियाका ओपनर उस्मान ख्वाजा टेस्टमा उत्कृष्ट भए ।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्स गत वर्षको आईसीसी क्रिकेटर अफ दि इयर बने भने महिला विधामा नताली सिभर ब्रन्टले यो अवार्ड प्राप्त गरिन् ।

कमिन्सले गत वर्ष आफ्नो टोलीलाई २ आईसीसी प्रतियोगिता जिताएका थिए । यसमा विश्व टेस्ट च्याम्पियनसिप र ​​विश्वकप समावेश छ । दुवै फाइनलमा अष्ट्रेलियाले भारतलाई हराएको थियो ।

आईसीसीले बिहीबार १३ विधामा अवार्ड वितरण गरेको हो । जसमा टेस्ट, ओडीआई र टी–२० टिम अफ द इयरसहित तीनवटै फर्म्याटका पुरुष र महिला क्रिकेटर अफ द इयरको नाम सार्वजनिक गरिएको छ ।

विराट कोहली चौथो पटक आईसीसी ओडीआई प्लेयर अफ द इयर बने । यसअघि उनले सन् २०१२, २०१७ र २०१८ मा पनि यो अवार्ड जितेका थिए । सन् २०२० मा आईसीसीले उनलाई दशकको उत्कृष्ट ओडीआई प्लेयरको अवार्ड पनि दिएको थियो ।