२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा News Polar ऊर्जा, जलस्रोत र सिँचाइ क्षेत्रमा ६ महिनाको प्रगति सार्वजनिक, १ हजार ३०० हेक्टर जमिनमा सिँचाइ विस्तार News Polar प्रधानमन्त्री शाहबाट पलाञ्चोक भगवतीको दर्शन News Polar चाडपर्व लक्षित सुरक्षाः सादा पोसाकका प्रहरीदेखि तालिमप्राप्त कुकुरसम्म परिचालन

संसद बैठकपछि यस्तो आयो नेताहरुको प्रतिक्रिया

संसद बैठकपछि यस्तो आयो नेताहरुको प्रतिक्रिया
अ अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता झलनाथ खनालले पुर्नस्थापित संसदबाट नयाँ खेलको शुरुवात हुने बताउनुभएको छ । बुधबार प्रतिनिधिसभाको बैठक पश्चात सञ्चारकर्मीसँग कुरा गर्दै नेता खनालले संसद राजनीतिक पार्टी र राजनीतिज्ञहरुको खेल खेल्ने सर्वोच्च राजनीतिक मञ्च भएको उल्लेख गर्दै संसद बाट नयाँ खेलको सुरुवात हुने बताउनुभएको हो । 

कुन र कस्तो खेल भन्ने स्पष्ट नपारेपनि उहाँले नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य बिस्तारै देखिदै जाने टिप्पणी गर्नुभयो । संसदले मुलुकलाई राम्रो निष्कर्ष तर्फ लानुपर्ने उहाँको भनाई छ । उहाँले नेकपा एमाले देशका वामपन्थी एकताको पक्षमा रहेको र सो मुद्दा कहिल्यै पनि नछाड्ने समेत बताउनुभयो । उहाँले भन्नुभयो – ‘यो संसद भनेको सबभन्दा माथिको सर्वोच्च राजनीतिक मञ्च हो । देशको सम्पूर्ण राजनीतिक पार्टीहरुले, राजनीतिज्ञहरुले खेल खेल्ने ठाउँ यही हो । 

अब नयाँ खेलको सुरुवात हुन्छ । त्यो नयाँ खेल कसरी हुन्छ भन्ने कुराको परिदृश्य तपाईहरुले बिस्तारी बिस्तारी देख्दै जानुहुन्छ । तर मलाई लाग्छ, संसदले एउटा राम्रो निष्कर्षतर्फ अब मुलुकलाई लानुपर्छ । नेकपा(एमाले) सधैभरी यो देशको वामपन्थी एकताको पक्षमा छ । वामपन्थीहरुलाई एकताबद्ध गर्नुपर्छ भन्ने पक्षमा छ । मुलुकको अग्रगतिको पक्षमा छ । प्रगतिको पक्षमा छ । हामी यि मुद्धाहरुलाई कहिल्यै पनि छोड्दैनौँ ।’

नेकपा (एमाले) का नेता माधवकुमार नेपालले पार्टी र सरकारलाई कसरी लाने र अन्य पार्टी सँगको सहकार्यलाई कसरी लाने भन्ने विषयमा बिस्तृत रुपमा छलफल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो  ‘हाम्रो पार्टीमा हामी छलफल गर्छौ । कसरी पार्टी लाने, आन्दोलन लाने कसरी, सरकार लाने कसरी, अरु पार्टी सँगको सहकार्य गर्ने कसरी, जनताको बिश्वास जित्ने कसरी, जनताका गुनासोहरु सम्बोधन गर्ने कसरी, पार्टी भित्रको विमतिलाई सम्बोधन गर्ने कसरी, यावत् कुराको बारेमा बिस्तृत छलफल गर्छौ । हामी छलफलबाट, बहसबाट, विवादबाट कहिल्यैपनि डराउदैनौ । छलफल, बहस, विवाद राजनीतिज्ञको एउटा विशेषता पनि हो । लोकतान्त्रिक संस्कार बोकेको राजनीतिज्ञको जिम्मेवारी पनि हो ।’

नेकपा (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले संसदमा रहेका राजनीतिक दलहरुले आफ्नो स्थिति प्रष्ट नगरेको स्थितिमा ओली नेतृत्वको सरकारको बहुमत गुमेको भन्न नमिल्ने बताउनुभयो । जनता समाजवादी पार्टी सँग सत्ता सहकार्यका निम्ति निरन्तर कुराकानी गरिरहेको भन्दै उपनेता नेम्वाङले रेशम चौधरी लगायतका मधेश आन्दोलनमा भएका मुद्धा फिर्ता लिने र रिहाइ गर्नुपर्ने भन्ने जसपाको मागमा सरकार सकारात्मक र गम्भिर रहेको बताउनुभयो । 

उहाँले भन्नुभयो – ‘अहिले स्थिति के छ भन्दाखेरी प्रधानमन्त्री केपी ओली जुन आधारमा अभिएर उहाँको झन्डै दुईतिहाइ बहुमतको सरकार थियो । त्यो जुन आधारमा उभिएको थियो, त्यो पार्टी सर्वोच्च अदालतको पछिल्लो फैसलाले दुई पार्टीमा विभाजित भएको छ । त्यो यथार्थ हो । अर्को यथार्थ के हो त भन्दा संसदमा रहेका राजनीतिक दलहरु आफ्नो स्थिति प्रष्ट गरिसकेका छैनन् । उनीहरु छलफलमा छन् । कसैले पनि सरकारलाई दिएको समर्थनको बारेमा बोलिसकेका छैनन् ।

स्वयम् प्रचण्ड कमरेडको नेतृत्वको माओवादी केन्द्रले पनि यस बारेमा बोलेको छैन । त्यसकारण अहिले नै भन्नु हतारो हुन्छ । जसपासँग निरन्तर कुराकानीमा छौँ । रेशम चौधरी लगायत मधेश आन्दोलनमा भएका जुन मुद्दा मामिलाहरु छन् त्यसको बारेमा उहाँहरु गम्भिर हुनुहुन्छ, त्यसलाई फिर्ता गर्नुपर्‍यो, रिहाइ गर्नुपर्‍यो भनेर उहाँहरुले माग गरिराख्नुभएको छ । त्यस बारेमा सरकार सकारात्मक छ । सरकार गम्भिर छ भनेर हामीले भनेका छौँ ।’

नेपाली कांग्रेसका नेता भिमसेनदास प्रधानले नेपाली कांग्रेस हतारमा सरकारमा जानुभन्दा विश्लेषण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । आगामी स्थानिय तहको निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने गरी पार्टी अगाडी बढ्नुपर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘हतारमा जानुभन्दा विश्लेषण गर्नुपर्छ पार्टीले । परिस्थितिको आँकलन गरेर अब आउने स्थानिय निर्वाचन र आम निर्वाचनमा बहुमत ल्याउने हिसाबले अघि बढ्ने ।’

नेपाली कांग्रेसका नेता मिन विश्वकर्माले नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा माओवादी, कांग्रेस र जसपाको सरकार बनाउने विषयमा छलफल हुने बताउनुभयो । सरकारले संसदलाई बिजनेश नदिएका कारण संसद बैठक लम्बिइरहेको पनि उहाँको टिप्पणी छ । उहाँले भन्नुभयो – ‘यदी उहाँहरुले समर्थन फिर्ता लिनुभयो भने त्यो बेला नेपाली कांग्रेस, जसपा र नेकपा (माओवादी केन्द्र) ३ वटा शक्तिको बल्ल सरकार बनाउने विषयमा छलफल हुन्छ । सरकारको कार्यशैली, संसदलाई बिजनेश नदिएका कारणले संसदको बैठक लम्बिइरहेको छ ।’

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार सँग कुनैपनि किसिमको सहकार्य तथा सहयात्रा नहुने स्पष्ट पार्नुभयो । वर्तमान सरकारलाई सत्ताबाट हटाउने नै आफ्नो पार्टीको मुल ध्यये भएको उहाँको भनाई छ । उहाँले भन्नुभयो – ‘लोकतन्त्रको रक्षाका लागि, संघीय गणतन्त्रका रक्षाका लागि, संघीयता पक्षधर शक्तिहरुसँग सहकार्य गर्न सक्छौँ । जसले हाम्रा मधेशका मुद्धाहरुलाई समर्थन गर्दछ । संविधान संशोधन लाई अगाडी बढाउँछ । त्यस्ता शक्तिहरुसँग सहकार्य गर्ने हो । त्यो शक्ति भनेको नेकपा एमाले) होइन । त्यो विगतदेखि हामीले अहिलेसम्म जाँचपरक टेष्ट गरेर व्यवहारमा हेरिसकेका छौँ । अहिलेको सरकारसँग कुनै किसिमको सहकार्य, सहयात्रा हुन सक्दैन ।’

जसपाका बरिष्ठ नेता राजेन्द्र महतोले रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश/थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु केपी ओली समक्ष पटक पटक राखिएको भएपनि ओलीले ठग्ने बाहेक केही काम नगरेको बताउनुभयो । आफ्नो मागहरु जसले पुरा गर्छ, उसैलाई समर्थन गर्ने नेता महतोको भनाई छ । उहाँले भन्नुभयो – ‘केपी ओलीको सरकारलाई पहिल्यै समर्थन गरेर हेरिसक्या होइन ? फेरी गर्ने ? त्यसैको लागि जन्मिया हामी ? यि शासक, सम्भ्रान्तहरुलाई सित्तैमा समर्थन गर्न जन्म्या हो हामी ? मागहरु पुरा गरे हुन्छ नत्र हुँदैन । हामीले भन्दै आएका मागहरु जसले पुरा गर्छ त्यसप्रति सहानुभुति हुन्छ हाम्रो । रेशम चौधरी लगायतका मुद्धा फिर्ता, मधेश÷थारुहट आन्दोलनका मुद्धाहरु फिर्ता, संविधान संशोधन लगायतका सवालहरु आजको होइन नि, यो त पटक पटक राखेकै हो नि केपी ओलीलाई नि राखेको, समर्थन पनि गरेको हो नि त । ठग्ने बाहेक केह िकाम गरेको छ केपी ओलीले ? अनि केपी ओलीको नाम लिनुहुन्छ ? काम गरेर देखाउनुपर्‍यो नि ।’

जसपाका नेता लक्ष्मणलाल कर्णले आफ्नो इस्युहरु सबै सरकारसँग कुरा गर्दै आएको र वर्तमान सरकारसँग पनि आग्रह गरिएको बताउनुभयो । नेकपा (एमाले)सँग सत्ता समिकरण बारे छलफल गर्न कार्यदल नबनेको उहाँको जिकिर छ । उहाँले भन्नुभयो – ‘हामीले सरकारको स पनि चर्चा गरेको छैन अहिले । कार्यदल बनेको छैन । तर हाम्रो जो इस्यु हो त्यो इस्युको लागि सबै सरकारसँग आग्रह गर्दै आएको कुरा आज पनि आग्रह गरिएको हो । हामीले अहिले सत्ता समिकरणको कुनै कुरा गरेको छैन । सत्ता समिकरणको सम्बन्धमा जसपा कुनै पक्षसँग नभएको उहाँले स्पष्ट पार्नुभयो । आफ्नो मुद्धाहरु सम्बोधन भए सरकार बारे सोच्ने उहाँको भनाई छ ।