२९ जेष्ठ २०८३, शुक्रबार
,
Latest
भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू औद्योगिक क्षेत्रको वक्यौता विवादः अदालतको फैसलाअनुसार रकम नलिए उद्योग ठप्प पार्ने उद्योगीहरूको चेतावनी मन्त्री चौधरी र चिनियाँ राजदूत माओमिङबीच शिष्टाचार भेटवार्ता पङ्खुखोलामा आएको बाढीले दिक्तेल-चखेवाभञ्ज्याङ सडक अवरुद्ध विपद् व्यवस्थापनमा प्रभावकारी भुमिका खेल्न स्थानीय सरकारलाई नेपाली काँग्रेसको निर्देशन एच३ रकेट सफल पुनःउडानमा फर्कियो ट्रम्पको ८०औँ जन्मदिनमा केज फाइट कार्यक्रम विवाद ‘बीटुबी’ र एकीकृत वित्तीय प्रणालीमा आइएमईको ध्यान, नवप्रवर्तनमा जोड दिन अध्यक्ष ढकालको आग्रह नेपाल–चीनबीच कृषि तथा वन क्षेत्रको सहकार्य विस्तारबारे छलफल कानुन निर्माणमा ढिलाइ नगर्न मन्त्रालयहरूलाई मन्त्री गौतमको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न अदालतको अनुमति



अ+ अ-

काठमाडौँ । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले पौडेलद्वयलाई हिरासतमै राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको जानकारी दिनुभयो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेका व्यक्तिविरुद्ध म्याद थप गर्दा सामान्यतया बहस गर्ने प्रचलन नभएपनि पौडेलद्वयका अधिवक्ताले हिरासतभन्दा बाहिर रहेक मुद्दा लड्न पाउनुपर्ने माग गरेका थिए ।

सेक्युरेटी प्रिटिन्ङ घोटाला प्रकरणमा जोडिएपछि निलम्बनमा परेका पौडेलद्वयलाई अख्तियारले बुधबार पक्राउ गरी मुद्दा दायर गरेको थियो । अख्तियारले गत असोज १५ गते पौडेलसहितका व्यक्तिविरुद्ध रु २३ करोड २७ लाख ५८ हजार बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

त्यस्तै गत वैशाखमा विकल पौडेलसहितका व्यक्तिविरुद्ध करिब रु ७० करोड मागदाबीसहित अख्तियारले दायर गरेको थियो । रासस