२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

११ वर्षको उपाधि खडेरी अन्त्य गर्दै ब्रिसबेनले जित्यो बीबीएलको उपाधि



अ+ अ-

एजेन्सी । बिग ब्यास लिग (बीबीएल १३)को १३ औं सिजनको उपाधि ब्रिसबेन हिटले जितेको छ । ब्रिसबेनले दोस्रो पटक यो उपाधि जितेको हो ।

आज भएको फाइनल खेलमा ब्रिसबेनले सिड्नी सिक्सर्सलाई ५४ रनले पराजित गर्यो । ब्रिस्बेन हीटले २०१२-१३ को बीबीएल सिजनमा उपाधि जितेको थियो । यसपछि, २०२४ मा, ब्रिसबेन हिटले ११ वर्षको खडेरी समाप्त गर्यो ।

फाइनल खेलमा पहिले ब्याटिङ गरेको ब्रिस्बेन हीटले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६६ रन बनायो । जोस ब्राउनले ३८ बल सामना गर्दै ५३ रन बनाए । यस इनिङ्समा उनले ५ चौका र ३ छक्का प्रहार गरेका थिए । नाथन म्याकस्विनीले ३२ बलको सामना गर्दै ३३ रन बनाए । म्याट रेन्साको ब्याटबाट ४० रन आयो ।

जवाफमा १६७ रनको लक्ष्य पछ्याएको सिड्नी सिक्सर्सको टोलीले १७ दशमलव ३ ओभरमा ११२ रन मात्रै बनायो ।

तीन पटकको च्याम्पियन सिड्नी सिक्सर्सको चौथो पटक च्याम्पियन बन्ने सपना अधुरो रह्यो । सिड्नी सिक्सर्स टोलीले सन् २०११, २०१९ र २०२० मा बिग ब्यास लिगको उपाधि जितेको थियो । ब्रिसबेनका स्पेन्सर जोनसनले फाइनल खेलमा ४ ओभरमा २६ रन मात्र खर्चेर ४ महत्वपूर्ण विकेट लिएका थिए । उनी प्लेयर अफ द म्याच घोषित भए ।