८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छः अर्थमन्त्री महत

बैंकहरुले प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिनुपर्छः अर्थमन्त्री महत
तस्बिरः रासस
अ अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महत अब बैंकहरुले धितोबेस कर्जा भन्दा पनि प्रोडक्टबेस कर्जालाई प्राथमिकता दिन आग्रह गर्नुभएको छ ।

बुधवार काठमाडौंमा राष्ट्रिय वाणिज्य बैंकको ५९ औँ वार्षिकोत्सवको अवसरमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा अधिकांश कर्जा धितोबेस भएकाले कर्जा भन्दा धितो बढी लिएर कर्जा दिने प्रचलन रहेको बताउनु भयो । उहाँले बैंकहरु पनि कर्जा भन्दा बढी धितो लिएर कर्जा लगानी गरेकाले ढुक्क बस्ने गरेको बताउनु भयो । अब बैंकहरुले पनि धितोबेस कर्जा भन्दा पनि प्रोडक्ट अर्थात आयोजनाबेस भएर कर्जा प्रवाह गर्न आवश्यक रहेको औंल्याउनु भयो ।

अर्थमन्त्री डा.महतले बैंकहरुले प्रोडक्टबेस कर्जा दिँदा कर्जा दिन लायक परियोजना भए/नभएको अध्ययन मूल्याङ्कन गर्नुपर्ने बताउनु भयो । उहाँले प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्ने दाबी गर्नुभयो । मन्त्री डा.महतले मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको दाबी गर्नुभयो । तर आर्थिक वर्ष २०७९/८० भन्दा सुधार अवस्थामा पुगेको भएपनि सरकारले सोचेको जस्तो नभएको स्वीकार गर्नुभयो ।

उहाँले मुलुकको आवश्यकताहरु धेरै तर सरकारसँग साधन स्रोतहरु थोरै भएकाले धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत हुँदा प्राथमिकिकरण नपुगेको बताउनु भयो । उहाँले सरकारले सबैभन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्नुपर्ने बाध्यता रहेको पनि बताउनु भयो । उहाँले सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्ने गरेको उल्लेख गर्नुभयो । सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने वर्तमान अवस्थामा चुनौति रहेको बताउनु भयो । उहाँले पर्यटन आगमन अहिलेसम्मकै उच्च, अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक भएकाले आशा गर्ने ठाउँ रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो,‘मुलुकको अर्थतन्त्र आर्थिक वर्ष २०७९/८० भन्दा बेटर भइसकेको छ । तर सरकारले सोचेको जस्तो भएको छैन । मुलुकको आवश्यकताहरु धेरै छन् । साधन स्रोतहरु थोरै छन् । धेरै आवश्यकताको बीचमा थोरै साधन स्रोत सरकारसँग उपलब्ध भएको हुनाले प्राथमिकिकरण महत्वपूर्ण हुन्छ । सबै भन्दा बढी आवश्यकताको क्षेत्रमा खर्च गर्न महत्वपूर्ण हुन्छ । सरकारको प्राथमिकता प्राथमिकिकरण गरेर काम गर्नु हो ।

सिमित राज्यको साधन स्रोतलाई बढी भन्दा बढी प्रतिफल हुने क्षेत्रलाई प्राथमिकता दिएर खर्च गर्ने भन्ने चुनौति छ । त्यसमा बिस्तारै सुधार भइरहेको छ । अहिले पर्यटन आगमन अहिलेसम्मकै उच्च छ । अर्थतन्त्रको वाह्य परिस्थिति सकारात्मक छ । पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेका छन् । बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरा थियो अहिले सहज अवस्थामा आएको छ । आगामी दिनमा अझ धेरै माथि जान्छ । त्यसको लागि मुलुकमा पूर्वाधारको अझै समस्या छ । १२ महिना चल्ने सडक देशभर पुर्याउन सकियो भने एक मिलियन क्रस गरेको छ । ५ मिलियन अर्थात ५० लाख बनाउनको लागि कुनै कठिन हुँदैन । त्यो चार वर्षमा पुर्याउन सक्छौं ।

अहिले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको छ । विगतमा बैंकहरुबाट भएको लगानी ठिक ठाउँमा गएन । समय पनि ठिक थिएन । त्यसले गर्दा बैंकको लगानी घरजग्गा र शेयर बजारमा गएको थियो । त्यो बेलामा माग भन्दा बढी कारोबार भएकाले दुवै बजार क्रस भए । त्यो बेलामा ऋण लिने ऋणहरु पनि समस्यामा परेका हुन् । बैंकको ब्याजदर बढाएकाले दायित्व बढ्ने तर आम्दानी नबढ्दा हाहाकार भयो । राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएका छौं । बैंकको ब्याजदर घटिरहेको छ । कारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएका छन् । लगानीहरु पनि अब बढ्छ । बैंकहरुले पनि अब धितोमा कर्जा दिने भन्दा पनि प्रोजेक्ट वेस कर्जा दिन आवश्यक छ । प्रोजेक्टबेस कर्जामा बैंकहरु जाने हो भने बिस्तारै धितो कर्जाको माग कम हुँदै जानसक्छ ।’

उहाँले पर्यटन आगमन वृद्धि भएसँगै होटलहरु वृद्धि भइरहेको भन्दै बैंकहरुले होटलमा गरेको लगानी डुब्ने खतरामुक्त अवस्थामा आएको बताउनु भयो । उहाँले शेयर बजार र घरजग्गा कारोबार सकारात्मक भइरको बताउनु भयो । उहाँले राष्ट्र बैंकसँग सहकार्य गरे केही सहज बनाउन जरुरी भएकाले सहज बनाएको बताउनु भयो । उहाँले सकारात्मकतर्फ अर्थतन्त्र जाने तथ्याङ्कहरु भएकाले अब लगानीहरु पनि बढ्ने अपेक्षा रहेको बताउनु भयो । —न्युज एजेन्सी नेपाल