२८ आश्विन २०८३, बुधबार Wednesday, October 14, 2026
२८ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar प्रधानसेनापति सिग्देल स्वदेश फिर्ता News Polar देशभर २४ घण्टामा १५ विपद्का घटना, १० घाइते News Polar जुम्लाका २२० नागरिकले घरमै पाए राहदानी News Polar विद्युत् व्यापारमा निजी क्षेत्रलाई प्रवेश गराउने तयारी अन्तिम चरणमा News Polar इन्डोनेसियाकी राजदूत लिस्टियोवातीद्वारा राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar केन्द्रीय कार्यालयका लागि घर वा जग्गा खोज्दै रास्वपा, २१ दिनभित्र प्रस्ताव पेस गर्न आह्वान News Polar सातै प्रदेशका मुख्यमन्त्रीद्वारा ‘कोशी घोषणा–२०८३’ जारी, संघीयता कार्यान्वयन प्रभावकारी बनाउन माग News Polar सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयको पत्राचार News Polar निर्माण क्षेत्रमा बालश्रम रोकथाम र बालअधिकार संरक्षणमा जोड News Polar नेपालबाट बाहिरियो मनसुन, दशैंमा मौसम घमाइलो हुने पूर्वानुमान News Polar ढोरपाटनमा नाउर र झारलको गणना गरिँदै News Polar दुर्गा पूजाका क्रममा करेन्ट लागेर चौधरीको निधन News Polar महङ्गीले खर्चिलो बन्दैछ दसैँ News Polar विद्युत् महसुलको पाँच प्रतिशत भ्याट हटाउन उज्यालो नेपालको हस्ताक्षर अभियान News Polar संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा नेपाल सर्वाधिक मतसहित निर्वाचित News Polar महाकाली नदीमा बेपत्ता सशस्त्र प्रहरीका असई थारुको शव पाँच दिनपछि फेला News Polar जापानको पीआर त्यागेको प्रस्तावित राजदूत थापाको दाबी, स्वार्थ बाझिने काम नगर्ने प्रतिबद्धता News Polar पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला News Polar जापानका लागि प्रश्तावित राजदुत थापामाथि संसदीय समितिमा प्रश्नको वर्षाः पीआर त्याग र स्वार्थको द्वन्द्वबारे सांसदहरूको आपत्ति News Polar भदौसम्म वाणिज्य बैंकले कमाए १७ अर्ब बढी नाफा, नबिल बैंक पहिलो स्थानमा

उपचार गर्ने मात्र कि मिर्गौला रोगको समस्या नपरोस् भनेर जनचेतना पनि दिने ?

उपचार गर्ने मात्र कि मिर्गौला रोगको समस्या नपरोस् भनेर जनचेतना पनि दिने ?
अ अ+ अ-

काठमाडौं । अभिनेता, अभिनेत्री, कलाकार, लेखक, पत्रकार मिर्गौला, उच्च रक्तचाप, मुटुको रोगको समस्या भएर अस्पतालमा भर्ना हुन्छन् । समाचार बन्छ तर उनीहरू किन त्यस्तो समस्याबाट पिडित भए ? उनीहरूको जीवनशैलीमा के खराबी थियो, उनीहरूले कति चुरोट, रक्सी सेवन गर्थे रु वा कस्तो किसिमको अस्वस्थकर खाना खान्थे ? कति तनावमा थिए ? भन्नेबारेमा कहीँ कतै छलफल हुँदैन । पत्रपत्रिकामा आउँदैन ।

वास्तवमा मृत्यु र रोगमात्रै समस्या वा खबर नबनेर जीवनशैली सपारेर कसरी स्वस्थ रहन सकिन्छ भन्ने पनि बहस हुनुपर्ने होइन र ? ती नेता, अभिनेता, कलाकारहरू के गरेको भए स्वस्थ रहन्थे होला भन्ने छलफल गरे उत्तम हुँदैन र ? एक अध्ययनअनुसार नसर्ने रोगहरू बढ्दै गएका छन् । त्यसअनुसार नेपालमा हाल ४२ प्रतिशत मृत्युको कारण नसर्ने रोगहरूबाट र त्यसमा पनि विशेष गरी मुटु, मिर्गौला रोग  क्यान्सर, मधुमेहजस्ता रोगबाट भएको पाइएको छ । 

साधारण मानिसहरू भकाभक मर्दा, पक्षाघात हुँदा, मिर्गौलाको समस्याले पीडित हुँदा त्यो समाचार बन्दैन । खराब जीवनशैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगहरूको प्रमुख कारण भनेर प्रमाणित भइसकेको छ । जीवनशैली सुधार्न के गर्नुपर्छ भन्नेबारे विशेषज्ञहरूले भन्दै पनि आएका छन् । तर, औपचारिक रूपमा त्यस्ता छलफल गर्न र कुनै पनि सरकारी निकायमा रोकथामका लागि संस्थाहरू बनाइएका छैनन् । ठूला अस्पतालमा समस्या भएपछि उपचार त गरिन्छ तर तिनै अस्पतालमा जीवनशैली र भोजन सुधार्ने परामर्श दिने कोठा वा विभाग कतै देखिएको छ त ?

उपचारमात्रै गरिने तर नसर्ने रोगहरू नहोस् भन्ने उद्देश्यले उपाय नलगाउने हो भने त स्वास्थ्यका लागि राखेको सबै स्रोत उपचारमा नै सकिनेछ । यसले गर्दा केही प्राइभेट अस्पतालहरूको कमाइ त पक्कै बढ्छ तर जानकारीको अभावमा पिल्सिएर नसर्ने रोगबाट पीडित हुने गाउँका व्यक्ति वा सहरमा बस्ने गरिब व्यक्तिचाहिँ उपचारको अभावमा मर्छन् । झन् अहिले त कतिपय युवा पनि नसर्ने रोगबाट पीडित भएपछि उनीहरूले श्रम गर्न सक्दैनन् र देश विकासमा नै बाधा पुग्छ ।

सुर्ती र चुरोटको प्रयोग, पत्रु खानाको प्रयोग, बढी बोसो, मैदा भएका पदार्थहरूको प्रयोग, तनाव, योग र हिँडाइको कमी, चिनीको बढी प्रयोग र यसले गर्दा रगतमा नराम्रो खालको बोसो बढी हुनु, उच्च रक्तचाप हुनु, मधुमेह आदिले जनस्वास्थ्यमा खतरा निम्त्याएको छ । बोसो भएका पदार्थ विभिन्न चिसा पेयपदार्थ, केक, गुलियो पदार्थ आदि मिर्गौला  र मुटुका लागि शत्रु नै हुन् ।

यो तथ्य स्वास्थ्यकर्मीले बारम्बार नभनेका पनि होइनन् तर जुन अस्पतालमा हृदयाघात भएका, मोटोपन भएर उच्च रक्तचाप भएका, मधुमेह भएकालाई भर्ना गरेर उपचार गरिन्छ, तिनै अस्पतालको खाजा खाने ठाउँमा केक, चिसो पदार्थ, डुनोटलगायतका पत्रु खाना बेचिन्छन् । भित्रपट्टि मिर्गौला बिरामी जीवन र मृत्युको संघर्ष गरिरहेका हुन्छन्, बाहिरपट्टि उनलाई उपचार गर्ने स्वास्थ्यकर्मी वा बिरामीका परिवार त्यस्तै खाना खाँदै  उभिइरहेका हुन्छन् अर्थात् पैसा खर्च गरेर नसर्ने रोगहरू किनिरहेका हुन्छन् ।

यो अवस्था सरकारी र प्राइभेट दुवै अस्पतालका क्यान्टिनमा देखिन्छ । एकजना मुटुरोग विशेषज्ञले भनेका थिए, ‘हाम्रो अस्पतालमा जँचाउन आउने बिरामीमध्ये ६६ प्रतिशतको रगतमा नराम्रो खालको बोसो बढेको पाइएको छ । रगतमा नराम्रो खालको बोसो बढ्नु र राम्रो खालको बोसो घट्नु मिर्गौला रस्वास्थ्यका लागि खतरा हो ।

विभिन्न किसिमको मिर्गौला समस्याका लागि यो जङ फुड कारक  पनि हो तर त्यही अस्पतालकै खाने ठाउँमा नै त्यस्ता चिल्लो बढ्ने खाद्यपदार्थ र केकहरू मज्जासँग सजाएर राखिएका हुन्छन् । जब मिर्गौला मुटुरोग उपचार गर्ने अस्पतालमा नै पोषणका बारेमा बिरामीलाई जानकारी दिइँदैन भने अरू कसले यसबारे चिन्ता लिन्छ ?

स्वास्थ्य मन्त्रालयले मधुमेह, उच्च रक्तचाप आदि समस्याका बारेमा केही सानासाना पुस्तिका पनि निकालेको छ ।  तर नसर्ने रोगहरूलाई जनस्वास्थ्यको प्रमुख मुद्दा हो भनेर न जानकारी दिन कार्यक्रम बनाएको छ, न प्राथमिक उपचारकेन्द्र न त स्वास्थ्यचौकीमा यसका बारेमा ज्ञान दिने योजना बुनेको छ । गाउँघरमा पनि धूमपान, मद्यपान, बढी गुलिया पदार्थको प्रयोग, विभिन्न पत्रु खानाको प्रयोग बढ्दैछ । नेपालका जुनसुकै अनकन्टार ठाउँमा गए पनि प्याकेटका पत्रु खाना जहाँ पनि पाइन्छन्, स्कुलका सानासाना नानीदेखि लिएर वस्यक व्यक्तिहरू पनि पत्रु खाना र चिसो पेय पदार्थमा झुम्मिएपछि त मुटु, रक्तचाप र मिर्गौलाका समस्या बढ्ने नै भए । यसले विस्तारै शरीरका अंगप्रत्यंग विस्तारै गल्दै जान्छन् ।

कुनै ठूला मान्छे रक्तचाप, मिर्गौलाको समस्या आदिबाट पीडित भए उनीहरू उपचारका लागि बाहिर जान्छन् । सरकारले उनीहरूको उपचार खर्च तिरिदिन्छ । अहिले अस्पतालमा मिर्गौला उपचार निःशुल्क गर्ने भनिएको छ । यो राम्रो कदम होला तर कति जनताको र कहिलेसम्म निःशुल्क उपचार गर्न सकिन्छ ?

नसर्ने रोग मुटु, मिर्गौला आदिको समस्याबाट बच्ने उपायका लागि पैसा छुट्याइएको छैन । औषधिमात्र दिएर र उपचारमा खर्च गरेर ठूला नेताको समस्या त समाधान होला, साधारण जनताचाहिँ कता जाने रु समस्यामा पर्ने त साधारण जनता नै हुन् । साधारण जनतालाई यस्ता समस्याबाट बचाउनका लागि जानकारी दिन स्वास्थ्य मन्त्रालयले कुनचाहिँ कार्यक्रम ल्याएको छ रु थाहा पाउन पाए उत्तम हुन्थ्यो ।