४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशनमा सहभागी नहुने पूर्णबहादुर खड्काको घोषणा News Polar दुई दशकदेखि रोकिएको धुलिखेल जग्गा विकास आयोजना ब्युँतिँदै News Polar धनकुटामा सुमो दुर्घटना, एक जनाको मृत्यु News Polar काठमाडौं उपत्यकामा रातिसमेत सार्वजनिक यातायात विस्तार गर्नुपर्ने : सुनिता डंगोल News Polar रात्रिकालीन बस सेवा निःशुल्क गर्न ललितपुर महानगरप्रमुख महर्जनको प्रस्ताव News Polar प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी-फोटो फिचर News Polar कृष्णभीरमा सडक सञ्चालनमा आएपछि पृथ्वी राजमार्गमा सवारी चाप बढ्यो News Polar बाढी प्रभावितलाई हैजाविरुद्धको खोप उपलब्ध News Polar जनकपुरमा आगलागी, एक जनाको मृत्यु News Polar परराष्ट्रमन्त्री आज अमेरिका जाँदै, अवसर गुमाउँदै प्रधानमन्त्री News Polar सडक किनारमा नगरपालिकाको बेसार खेती News Polar गोरुगाडामा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु News Polar राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक बस्दै News Polar मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु News Polar छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प News Polar वीरगन्ज भन्सारबाट भदौमा २३ अर्ब ४६ करोड राजस्व संकलन News Polar विकास–निर्माणका काम व्यास नगरपालिकाकाे प्राथमिकतामा News Polar सरकार र निजी क्षेत्रबीच निरन्तर संवाद तथा सहकार्य आवश्यकः अध्यक्ष श्रेष्ठ News Polar आरोहण टोली धवलागिरि आरोहण टोली धवलागिरि आधार शिविरमा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

बुद्धको वंश संहारको कथा मूर्तिमा- फोटो फिचर

बुद्धको वंश संहारको कथा मूर्तिमा- फोटो फिचर
अ+ अ-

कपिलवस्त । शान्तिका अग्रदुत भगवान गौतम बुद्धको वंश विनाशको कथा मूर्तिमा उतारिएको छ ।

कपिलवस्तुमा रहेको बुद्धको वंश नाश भएको स्थान सरगहवामा आयोजना गरिएको मूर्तिकला कार्यशालामा देशभरबाट छानिएका मूर्तिकारहरुले गौतम बुद्धको वंश विनाशको कथालाई मूर्तिमा उतारेका हुन् ।

ईसापूर्व चौथो शताब्दीमा भएको शाक्य वंश सम्हारको कथालाई मूर्तिमा उतार्दै बुद्धको जन्मभूमि नेपालबाट विश्वलाई शान्तिको विकल्प नभएको सन्देश दिनेगरी मूर्तिहरु तयार गरिएको झापाका मूर्तिकार गंगाधर सारुले बताउनु भयो । बुद्ध, शान्ति र युद्ध अथवा शाक्य राज्यको पतनको झल्को मूर्तिमार्फत दिएर द्वन्द्वले विश्वमा निम्त्याईरहेको नरसंहारलाई रोक्न पनि ती मूर्तिहरुले शान्तिको विकल्प नभएको सन्देश दिने उहाँको भनाई थियो ।

मूर्तिकार सारुले भन्नुभयो, ‘मेरो मूर्तिको शिर्षक चाहीँ निर्विकल्प शान्ति हो । वर्तमान विश्व द्वन्द्वग्रस्त अवस्थामा छ । राजाहरुको द्वन्द्वको कारणले यो द्वन्द्व बढिराखेको छ । द्वन्द्वकै कारण शाक्य वंशको विनाश भयो । त्यसकारण शान्तिको विकल्प छैन । दम्भ, अहंकार, अभिमानले चाहीँ विनाश गर्छ भन्ने मेरो मूर्तिको सन्देश हो ।’

रुपन्देहीबाट आएका अर्का मूर्तिकार गोविन्द चौधरीले मूर्तिको माध्यामबाट आफूहरुले बुद्धको शान्तिको सन्देशलाई विश्वभर फैल्याउने काम गरेको बताउनु भयो । उहाँले युवाहरुलाई मूर्तिकला सिक्न र त्यसबाट आफ्नो नाम र काम दुवै आर्जन गर्न पनि आह्वान गर्नुभयो ।

मूर्तिकार चौधरीले भन्नुभयो, ‘नयाँ पुस्तालाई मैले के भन्न चाहन्छु भने तपाईहरु पनि पढ्नुस् । ललितकला क्याम्पस पढेर तपाईहरु पनि कलाको सृजना गर्नुस् । तपाईहरुको भविष्य उज्वल छ । तपाईहरु देश, विदेश पुग्न सक्नुहुन्छ । हाम्रा यहाँका थुप्रै कलाकारहरु यस्तो हुनुहुन्छ, जो कोही कारिया, कोही चाइना, जापान, मलेसिया, युरोपतिर थुप्रै देशहरुमा गएर आएर यहाँ काम गरेका कलाकार साथीहरु पनि हुनुहुन्छ । यसर्थ हामीलाई अनुभवले के भन्छ भने अब आउँदो समयका लागि कला सृजना भनेको महत्वपूर्ण पाटो रहनेछ । कलाले हामीले केही गरेर देखाउन सक्छौ । र युवाहरुले पनि यो सिक्नुभयो भने उहाँलाई जीविकोपार्जन पनि यसबाट छ । र मरेर गएपछि पनि यो त सधैं रहिरहन्छ । यसले हाम्रो कीर्ति पनि रहिरहनेछ । सधैं हाम्रा नाम रहन्छ । त्यही भएर युवाहरुलाई मैले अनुरोध गर्न चाहेँ ।’

गत पुस १३ गतेबाट शुरु भएको सो राष्ट्रिय मूर्तिकला कार्यशाला माघ ८ गते सम्पन्न भएको हो । कपिलवस्तुको सगरहवामा कौशल राज्यका राजा विरूढकले ७७ हजार शाक्यहरूको सामूहिक नरसंहार गरेका थिए । तिलौराकोटदेखि नजिकै रहेको क्षेत्रमा भएको घटना विभिन्न बौद्ध साहित्यमा उल्लेख भएको छ । —न्युज एजेन्सी नेपाल