८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

बिचौलियाका चलखेल हटाउन भिजिट भिसामा सरलीकरण

बिचौलियाका चलखेल हटाउन भिजिट भिसामा सरलीकरण
file
अ अ+ अ-

काठमाडौं । खाडी राष्ट्र हुँदै बढ्दो मानव तस्करी रोक्न भनेर सरकारले भिजिट भिसामा जानेलाई कडाइ गर्दै आएको थियो। तर, बिचौलियाले सेटिङबाट विदेश लैजाने र फसाउने क्रम झन् बढेपछि गृह मन्त्रालयले त्यसलाई सरलीकरण गरेको छ। अब अन्य तोकिएका कागजात भएका र स्वघोषणा गर्ने यात्रुलाई सहज बहिर्गमन दिइने भएको छ।

भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपाली नागरिकका लागि नयाँ कार्यविधि जारी गरिएको हो। गृह मन्त्रालयले ६ बुँदे नयाँ कार्यविधि जारी गरेको हो। यससँगै २०७८ फागुन २५ मा जारी १७ बुँदे कार्यविधि निष्क्रिय भएको छ। नयाँ कार्यविधिसँगै भिजिट भिसा खोलेको नभई घुम्न जानसरल बनाएको अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले बताए। यसले भिजिट भिसामा गएर काम गर्नलाई प्रश्रय भने नदिएको उनले स्पष्ट पारे। १७ बुँदे कार्यविधिले विभिन्न बेहोरामा भिजिट भिसामा जानेलाई दुःख दिएको सरकारले अनुभूति गरेकाले नै नयाँ कार्यविधि ल्याइएको उनले प्रस्ट पारे।

भिजिट भिसामा विदेश जाने नेपालीले चरम ठगी र सास्ती बेहोर्नुपरेका गुनासो बढेपछि मन्त्रालयले नागरिकका लागि नयाँ कार्यविधि जारी गरेको जनाएको छ। नयाँ कार्यविधि बुधबारबाट नै लागू हुनेछ। यो जानकारी ‘ट्राभल एड्भाइजरी’का रूपमा श्रम तथा रोजगार मन्त्रालयमार्फत सबै स्थानीय तहमा पठाइने मन्त्रालयले जनाएको छ।

घुम्न जाने व्यक्तिले अब गन्तव्य देशको भिसा (अनअराइभल भिसा नमिल्ने देशमा), हवाई टिकट दुईतर्फी, होटल बुकिङको प्रमाण वा आफन्तसँगको तीन पुस्ताको नाता खुल्ने प्रमाण, कम्तीमा ५ सय अमेरिकी डलर व्यवस्था गर्नुपर्ने छ।

आफन्तसँग बस्ने भए तोकिएको रकम चाहिने छैन। सो भिसामा भ्रमण गर्दा फर्किने स्वःघोषणाको नयाँ व्यवस्था पनि लागू गरिएको छ। खाडी मुलुकहरू संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेवियामा जाँदा स्वःघोषणा गर्न सकिने छ। स्वःघोषणाको विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने र स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम नै हुनुपर्ने उल्लेख छ।

यससँगै मन्त्रालयले १३ बुँदे यात्रा परामर्श सूचना(ट्राभल एड्भाइजरी)पनि जारी गरेको छ। भिजिट भिसामा जान नयाँ कार्यविधिसँगै नेपाली यात्रीहरूले अपनाउनुपर्ने ट्राभल एड्भाइजरी जारी गरी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत सबै स्थानीय तहमा जानकारी गराउनुपर्ने महानिर्देशक रुद्रसिंह तामाङ बताउँछन्। यसअघिको १७ बुँदे कार्यविधिमा भिजिट भिसामा यात्रा गर्न १२ कक्षा उत्तीर्ण हुनै पर्ने, अंग्रजी भाषा जान्नुपर्ने, न्यूनतम दुई वर्षभन्दा बढी समय विदेशी मुलुकमा व्यतित गरेको हुनुपर्नेलगायत झन्झटिला प्रावधानहरू राखिएका थिए। जसले गर्दा सर्वसाधारणलाई भिजिट भिसामा कुनै पनि मुलुक जान कठिन थियो।

पुरानो कार्यविधिले धेरै समस्या सिर्जना गरेका कारण नयाँ कार्यविधि जारी गरिएको विभागका महानिर्देशक तामाङले जानकारी दिए। भिजिट भिसाका नाममा नक्कली कागजात बनाएर काम गर्न जाने, मानव तस्करी हुने, दलालहरूको चलखेल अध्याधिक बढ्न गएकाले यसलाई सरल बनाइएको विभागले जनाएको छ।

‘पर्यटक भिसा आफ्नो वा प्रायोजकको खर्चमा सो देशमा घुम्न जानसम्बन्धित मुलुकले उपलब्ध गराएको प्रवेश अनुमतिमात्र हो। भिजिट र पर्यटक भिसामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य हो’, जारी एड्भाइजरीमा उल्लेख छ।

भिजिट भिसामा गएर कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने हुँदा त्यस्तो कार्य नर्गन सुझाइएको छ। यति हुँदा हुँदै पनि कोहिले अब भिजिट भिसामा गएर काम गर्दा कुनै पनि कार्वाहिमा पर्छ भने त्यसमा देशको कानुनले कुनै मदत नगर्ने पनि तामाङले स्पष्ट पारे। राज्यलाई ढाँटेर गएरपछि दुःख पाउँदा राज्यलाई गाली गर्न नपाइने उनको भनाइ छ। विभागका अनुसार पछिल्लो एक वर्षमा २ लाख ४ हजार नागरिक भिजिट भिसामा विभिन्न मुलुक गएका छन्। सबैभन्दा बढी यूएईमा भिजिट भिसामा जाने गरेका छन्।

एड्भाइजरीमा भिजिट भिसामा विदेश जाँदा थप शुल्क वा दस्तुर नलाग्ने भएकाले सेटिङको नाममा बिचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन भनेको छ।

‘श्रम गन्तव्य मुलुकहरू कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइन जस्ता देशहरूमा बिचौलियाहरूको प्रभावमा महिलाहरूलाई भिजिटभिसामा पुगी वर्किङ भिसामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलाहरूलाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएको भन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकोले काम गर्ने मनसायले विदेश जाँदा वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गरौं,’ एड्भाइजरीले स्पष्ट रूपमा भनेको छ।

अध्ययनका लागि पनि भिजिट भिसामा नजान भनिएको छ। विदेश यात्रा गर्दा विमानस्थलबाट मात्र गर्ने, भारत वा तेस्रो मुलुकको विमानस्थल भएर जानु पर्दा नेपाली राजदूतावासबाट जारी नो अब्जेक्सन सर्टिफिकेट लिएर यात्रा गर्न भनिएको छ भने महिलाहरूको हकमा थप सजग हुन भनिएको छ।

श्रम स्वीकृति लिएर विदेशमा पठाउने आश्वासनमा पनि आधिकारिकताको कागजात माग गर्ने, शैक्षिक परामर्शदाता, ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउन आग्रह गरिएको छ।

भिजिट भिसामा उड्न के–के चाहिन्छ ?

१. ६ महिनाको वैध अवधि भएको राहदानी।
२. गन्तव्य देशको प्रवेषाज्ञा (भिसा)वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने।
३. दुईतर्फी हवाई टिकट।
४. भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र।
५. भ्रमणको सम्पूर्ण खर्च बेहोर्ने सरकारी तथा गैरसरकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा पाँच सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण (नगद वा डेविटरक्रेडिट कार्ड) । र
६. संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वःघोषणा गर्नुपर्ने छ। स्वःघोषणामा संलग्न विवरणको प्रमाणको भार (बर्डन अफ प्रुफ) सम्बन्धित व्यक्तिमा रहने छ। स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुनेछ। अन्नपूर्ण पोस्टमा सुनिता कार्कीले समाचार लेखेकी छन् ।