८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने

विदेश यात्रा सहज पार्न पक्का कागजात खोजिने
अ अ+ अ-

काठमाडौं । सरकारले भिजिट भिसामा जान चाहने नेपालीलाई १३ बुँदे यात्रा परामर्श जारी गर्दै विदेश जानका लागि आवश्यक पर्ने ६ वटा कागजातको विवरण सार्वजनिक गरेको छ । बुधबारदेखि लागू हुनेगरी भिजिट तथा पर्यटक भिजामा विदेश जान आवश्यक पर्ने कागजातमा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने प्रावधानलाई यथावत राखिएको छ ।

भ्रमण गर्ने देशको अनआराइभल भिजा हुने भए भिजा आवश्यक नपर्ने उल्लेख गरिएको छ । यसैगरी दुईतर्फी हवाई टिकट हुनुपर्ने कुरालाई दोहोर्याइएको छ ।

भ्रमण अवधिभर होटल बुकिङ गरेको प्रमाण वा होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र उल्लेख हुनुपर्ने व्यवस्था गरिएको छ ।

भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाण पेस गर्नुपर्ने उल्लेख गरिएको छ । यसका लागि डेबिट वा क्रेडिट डलर कार्ड भए पनि हुने पनि उल्लेख गरिएको छ ।

संयुक्त अरब इमिरेटस्, बहराइन, कुवेत, कतार, ओमन र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा फारम भर्नुपर्ने अध्यागमन विभागले उल्लेख गरेको छ ।

नयाँ यात्रा परामर्श जारी भएसँगै १७ बुँदे निर्देशिका खारेज गरिएको छ ।

यात्रा परामर्श (ट्राभल एजभाइजरी) जारी गर्दै अध्यागमन विभागले भिजिट र पर्यटक भिजामा विदेश गएर कामको खोजी गर्नु गैरकानुनी कार्य भएको उल्लेख गरेको छ । यस्तो भिजा लिएर विदेशमा गई कामको खोजी गर्दा सम्बन्धित देशको कानुनअनुसार कारबाहीमा परिने र विभिन्न प्रकारका समस्या भोग्नुपर्ने भएकाले यस्तो यात्रा परामर्श निकालिएको हो ।

भिजिट भिसामा घुम्न जान थप शुल्क वा दस्तुर नलाग्ने भएकोले भिजिट भिसामा पठाउनको लागि सेटिङको नाममा विचौलियाहरूले रकम माग गरेमा त्यस्तो रकम नबुझाउन पनि अनुरोध गरिएको छ ।

भिजिट वा पर्यटक भिसामा यात्रा गर्ने यात्रीले नक्कली कागजात पेस गर्ने, झुट्टा विवरण तयार गर्ने, भिजाको उद्देश्यविपरीत एक देशको गन्तव्य भनी अन्यत्र देशको भ्रमण गर्ने, द्वन्द्वग्रस्त मुलुकसम्म पुगी अलपत्र पर्ने, विदेशी सशस्त्र तथा सैनिक सेवामा प्रवेश गर्ने जस्ता गतिविधिबाट सिर्जित अवस्थाको सम्बन्धमा व्यक्ति स्वयं नै जिम्मेवार हुने हुँदा यस विषयमा भ्रमण गर्ने मुलुकको पूर्णजानकारी लिई आफ्नो भ्रमणको उद्देश्यअनुरूप मात्र कार्य गरी आफूलाई पूर्ण रूपमा सुरक्षित राख्न पनि अध्यागनम विभागले अनुरोध गरेको छ ।

कुवेत, ओमन, संयुक्त अरब इमिरेट्स र बहराइन जस्ता देशमा बिचौलियाको प्रभावमा महिलालाई भिजिट वा पर्यटक भिजामा पुगी वर्किङ भिजामा परिणत गराउने र त्यस्तो कार्यबाट महिलालाई विभिन्न प्रलोभनमा पारी बढी रकम असुल गरी ठग्ने, रोजगारदातासँगको मिलेमतोमा असुरक्षित र अमर्यादित श्रम कार्यमा संलग्न गराउन सक्ने, तोकिएभन्दा अन्य गन्तव्य मुलुकमा पठाउने, असंगठित र घरेलु प्रकृतिका जोखिमयुक्त कार्यमा संलग्न गराउने, सामाजिक सुरक्षाबाट बञ्चित हुनुपर्ने जस्ता सम्भावना रहेकाले भिजिट वा पर्यटक भिसामा नगई वर्किङ भिसामा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर मात्र प्रस्थान गर्न पनि आग्रह गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँग सूचीकृत भएका विश्वविद्यालयमा भर्ना भएर विदेश जाने र सम्बन्धित विश्वविद्यालयमा नपढी गलत ढंगबाट काम गर्दा समस्या आउन सक्ने भएकाले काम गर्ने र पढ्ने विषय अलग–अलग भएतर्फ सचेत हुन पनि आग्रह गरिएको छ ।

शैक्षिक परामर्शदाता , ट्राभल्स एजेन्सी वा कुनै व्यक्तिले वैदेशिक रोजगारमा पठाइदिन्छु भनी आश्वासन दिई रकम मागेमा रकम नबुझाउन पनि आग्रह गरिएको छ । आफू ठगीमा पर्दै छु भन्ने लागेमा सोको जानकारी वैदेशिक रोजगार विभाग वा नजिकको प्रहरी कार्यालय वा नेपाल प्रहरीको टेलिफोन नम्बर १०० मा जानकारी दिन पनि आग्रह गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाउने इजाजत प्राप्त संस्थालाई नेपाल सरकारले तोकेको न्यूनतम रकम मात्र बुझाइ सोको रसिद लिन पनि विभागले आग्रह गरेको छ । प्रचलित कानुनमा यससम्बन्धी कार्य गर्ने एजेन्टको व्यवस्था नभएको हुँदा कसैले म एजेन्ट हुँ, वैदेशिक रोजगारीमा पठाइदिन्छु भनी झुटा आश्वासन दिएमा विश्वास नगर्न र एजेन्टलाई कुनै पनि हालतमा रकम नबुझाउन पनि आग्रह गरिएको छ ।

वैदेशिक रोजगारीमा पठाउन इजाजत प्राप्त संस्थाले भिजिट वा पर्यटक भिसामा पठाउन खोजेमा सो सम्बन्धमा गोप्य सूचना दिनको लागि गृह मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, वैदेशिक रोजगार विभाग वा अध्यागमन विभागमा तुरुन्त सम्पर्क गर्न पनि आग्रह गरिएको छ ।

भारत तथा बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्ण रूपमा गैरकानुनी र राष्ट्रहितविपरीत भएको पनि ट्राभल एडभाइजरीमा उल्लेख गरिएको छ ।

अध्यागनमन विभागले ट्राभल एडभाइजरी जारी गरेसँगै भिजिट भिसामा जान लागेका ४८ जनालाई २४ घण्टामा एयरपोर्टबाट फकाइएको छ । आवश्यक कागजात नपुगेका र भ्रमणको औचित्य खुलाउन नसकेकालाई विमानस्थलबाट फर्काइएको हो । उनीहरू अधिकांश खाडी राष्ट्र जान लागेका थिए । राजधानी दैनिक