८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

सेटिङ र ठगी बढेपछि भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज

सेटिङ र ठगी बढेपछि भिजिट भिसासम्बन्धी पुरानो कार्यविधि खारेज
अ अ+ अ-

काठमाडौं । हालको भिजिट भिसासम्बन्धी १७ बुँदे कार्यविधिका कारण सेटिङ र ठगी बढेको, विदेश जानेले दुःख पाएको र केहीले बदमासीसमेत गरेको पाइएपछि त्यसलाई रोक्न सरकारले उक्त कार्यविधि खारेज गरेको छ।

यसअघिको १७ बुँदे कार्यविधिको कडाइले नक्कली कागजात बनाउने गिरोहको चलखेललाई मलजल गरेको देखिएपछि पुरानो कार्यविधि खारेज गर्दै गृह मन्त्रालयले ६ बुँदे नयाँ कार्यविधि जारी गरेको हो।

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको मन्त्रीस्तरीय निर्णयबाट २०७८ साल फागुन २५ मा जारी भएको १७ बुँदे कार्यविधि खारेज गरी नयाँ कार्यविधि जारी गरिएको गृहमन्त्री श्रेष्ठका प्रेस सल्लाहकार कमल गिरीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘यसअघिको कार्यविधिले सेटिङधारीलाई सजिलो बनाएको र विदेश गएर सर्वसाधारण नेपालीले अत्यधिक दुःखकष्ट व्यहोर्न बाध्य भएकोले त्यस्तो अवस्था आउन नदिन पुरानो कार्यविधि खारेज गरी नयाँ कार्यविधि जारी गरिएको हो।’

नयाँ कार्यविधिमा भिजिट भिसामा यात्रा गर्दा कम्तीमा ६ महिनाको वैध अवधि भएको राहदानी हुनुपर्ने, सम्बन्धित देशको प्रवेशाज्ञा ९भिसा० वा अनअराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेषाज्ञा नचाहिने व्यवस्था गरिएको छ।

यसै गरी नयाँ कार्यविधिमा दुईतर्फी हवाई टिकट आवश्यक पर्ने, भ्रमण अवधिभर होटल बुकिङ नभई आफन्तसँग रहने भएमा एकाघरका तीन पुस्ताभित्रको नाता खुल्ने नागरिकता प्रमाणपत्र वा अन्य कुनै प्रमाणपत्र चाहिने, भ्रमणको सम्पूर्ण खर्च व्यहोर्ने सरकारी तथा तथा गैरसकारी संस्थाको निमन्त्रणापत्र वा सो नभएमा कम्तीमा ५ सय अमेरिकी डलर बराबरको नगद सटही भएको प्रमाणपत्र, संयुक्त अरब इमिरेट्स, बहराइन, कुबेत, कतार, ओमन, र साउदी अरेबियामा भिजिट भिसामा भ्रमण गर्दा स्वघोषणा गर्नुपर्ने प्रावधान कार्यविधिमा राखिएको छ।

यसै गरी स्वघोषणामा संलग्न विवरणको प्रमाणको भार सम्बन्धित व्यक्तिमा रहने र स्वघोषणाको ढाँचा विभागले निर्धारण गरेबमोजिम हुने कार्यविधिमा उल्लेख छ।

नयाँ कार्यविधिले भिजिट भिसामा जाने नेपालीका लागि सहज हुने अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले जानकारी दिनुभयो।

उहाँले भिजिट तथा पर्यटकीय भिसामा विदेश प्रस्थान गर्ने यात्रुहरूलाई प्रस्थान अनुमति दिने प्रक्रियालाई सरल बनाइएको बताउँदै घुम्ने र परिवार भेट्न जाने यात्रुहरूले सेटिङको नाममा कुनै पनि बिचौलियालाई रकम बुझाउन नहुने स्पष्ट पार्नुभएको छ।

अध्यागमन विभागका महानिर्देशक तामाङले भिजिट तथा पर्यटकीय भिसामा यात्रा गर्नुअघि अनिवार्य रूपमा विभागले जारी गरेको यात्रा परामर्श अध्ययन गर्नसमेत आग्रह गर्नुभएको छ।

साथै, अध्यागमन विभागले मंगलबार नै भिजिट तथा पर्यटकीय भिसामा विदेश जाँदा अपनाउनुपर्ने प्रक्रियाका बारेमा स्पष्ट पार्न १३ बुदे यात्रा परामर्श जारी गरेको छ।

नयाँ कार्यविधिले भिजिट भिसामा विदेश जाने र उतै हराउने प्रवृत्तिसमेत रोकिने विश्वास गरिएको छ। नेपाल समाचारपत्र