८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

त्रिवि पदाधिकारीको मनपरी, उपकुलपति भुसालद्वारा कर्मचारी सरुवा शुरू

त्रिवि पदाधिकारीको मनपरी, उपकुलपति भुसालद्वारा कर्मचारी सरुवा शुरू
अ अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका तीन महिने उपकुलपति प्राडा शिवलाल भुसालले आफू निकटका व्यक्तिलाई धमाधम विश्वविद्यालय पदाधिकारी कार्यालय, विभाग, महाशाखा र शाखामा सरुवा गर्न शुरू गर्नुभएको छ।

त्रिविका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै निर्देशनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई संयोजक रहेको छनोट कमिटिले त्रिविको २०औं उपकुलपति छनोट प्रक्रिया शुरू गरेकै बेला उपकुलपतिले निमित्त शिक्षाध्यक्ष प्रा। भार्गब धिताल र निमित्त रजिस्ट्रार डा। कृष्णप्रसाद बस्याललाई साथ लिएर धमाधम कर्मचारी सरुवा गर्न शुरू गर्नुभएको हो।

कातिक १७ गते नियुक्त भएका उपकुलपति प्राडा भुसालको ३ महिने कार्यकाल यही माघ १७ गतेबाट सकिँदै छ।

कार्यकाल सकिन एक सातामात्र बाँकी रहँदा त्रिविलाई दूरगामी असर पुग्ने विषयमा ध्यान नै नदिई धमाधम सरुवा गर्न शुरू गर्नुभएको त्रिवि कर्मचारी संघका अध्यक्ष छत्र कार्कीले जानकारी दिनुभयो।

उहाँले भन्नुभयो– ‘हामीले यस विषयमा पदाधिकारीलाई ध्यानाकर्षण गराउने तयारीमा छौं। नसुनेमा थप कार्यक्रम अघि बढाउनेछौं।’

अघिल्ला रजिस्ट्रार प्राडा पेशल दाहालको कार्यकाल सकिन दुई महिनाअघि नियुक्त भएका उपकुलपति प्राडा भुसालले रजिस्ट्रार दाहाललाई कार्यकाल सकिनै लाग्दा सरुवा, बढुवालगायतका कुनै पनि काम नगर्न आग्रह गर्नुभएको थियो।

जिम्मेवारी लिएको एक साता बित्न नपाउँदै उपकुलपति प्राडा भुसालले त्रिविको प्रशासन प्रमुखको जिम्मेवारी सम्हालेका रजिस्ट्रार प्राडा दाहाललाई महत्वपूर्ण निर्णय नगर्न आग्रह गर्नुभएको थियो।

उपकुलपति प्राडा भुसाललगायत पदाधिकारीले त्रिवि सेवाबाट राजीनामा गरिसकेका शिक्षण अस्पतालका प्रमुख बैकुण्ठप्रसाद थपलियाको राजीनामा स्वीकृत नगरी फिर्ता गर्न लगाएर त्रिवि केन्द्रीय कार्यालयमा काजमा सरुवा गराएको छ । उहाँलाई त्रिवि कार्यकारी परिषद्को सचिवको जिम्मेवारी दिने तयारी भएको छ।

हाल कार्यकारी परिषद्को प्रमुख विष्णु अर्याललाई इन्जिनियरिङ अध्ययन संस्थानमा सरुवा गर्ने तयारी भइरहेको छ।

अवकासको मुखमा रहेका थपलियालाई उपकुलपति प्राडा भुसालकै जोडबलमा कार्यकारी परिषद्मा ल्याइएको स्रोतको भनाइ छ।

त्यस्तै, शिक्षण अस्पतालमा कार्यरत नवराज भट्टराईलाई रजिस्ट्रारको कार्यालयमा सरुवा गर्ने तयारी भइरहेको छ।

पुस १९ गते निमित्त रजिस्ट्रार भएका डा। बस्यालले आफू निकटका कर्मचारीलाई धमाधम सरुवा गर्ने तयारी गरिरहनुभएको छ।

नेपाली कांग्रेस निकट रजिस्ट्रार बस्यालले जिम्मेवारी पाउनासाथ कर्मचारी सरुवामा आँखा लगाएको कर्मचारीहरूको आरोप छ।

भागबण्डाको आधारमा रेक्टर डा। भार्गब धिताल माओवादी केन्द्र निकट हुनुहुन्छ। कर्मचारी संघका अध्यक्ष कार्कीले करिब एक दर्जन कर्मचारी सरुवा गर्न लागेको गाइँगुइँ चलेको, केहीको बारेमा जानकारी भए पनि अधिकांश गोप्य राखिएको बताउनुभयो।

स्रोतका अनुसार पुण्यप्रसाद आचार्यलाई व्यक्तिगत निवेदनबिना शिक्षण अस्पतालबाट केन्द्रीय कार्यालयको लेखापरीक्षण महाशाखामा काज सरुवा गर्न लागिएको छ। कार्यकाल एक साता मात्र बाँकी रहेका उपकुलपतिले मनपरी सरुवा गरे कर्मचारीले आन्दोलन गर्ने चेतावनी दिएका छन्।

त्रिवि कुलपति एवं प्रधानमन्त्री प्रचण्डले कार्यकाल सकिनै लागेका र निमित्तको जिम्मेवारी पाएका मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहलगायत अन्य विश्वविद्यालयका पदाधिकारीलाई दैनिक कार्य सञ्चालनबाहेक अन्य दूरगामी र भविष्यमा असर पर्ने महत्वपूर्ण सरुवालगायत कुनै पनि निर्णय नगर्न निर्देशन दिनुभएको थियो।

तर, कार्यकाल सकिनै लागेको त्रिविको उपकुलपतिलाई मनपरी सरुवा गर्नबाट रोक्न कुलपति प्रचण्डले कुनै पनि निर्देशन नदिन गलत मनसाय भएको कर्मचारीको आरोप छ। नेपाल समाचारपत्र