३ आश्विन २०८१, बिहीबार
,
Latest
एशियन प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२४ बाट बिभिन्न व्यक्ति सम्मानित माओवादी केन्द्रको बैठकः अखिल (क्रान्तिकारी) को महाविधेशनबारे छलफल धरहरा चढ्नेको अत्यधिक भीड, आइतबारसम्मका लागि टिकट बुक संविधान दिवसको कन्सर्टमा प्रधानमन्त्री–फोटोफिचर राष्ट्रपतिबाट रात्रिभोज आयोजना – फोटोफिचर श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै पलेशा र एरिकालाई वागमती सरकारको सम्मान संवैधानिक इजलास आवश्यक परे हप्तामा तीन दिन राख्न सकिन्छ: न्यायाधीश ढुङ्गाना संविधान संशोधन कसैको अधिकार कटौति गर्न होइन: कानूनमन्त्री चौरसिया सरकारले सञ्चालनमा ल्यायो चाडपर्व लक्षित सुपथ मूल्य पसल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेस पदाधिकारी बैठक बस्दै, जसपासँग पनि आजै छलफल हुने



अ+ अ-

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समसामयिक राजनीतिक विषयमा छलफल गर्न पार्टीको पदाधिकारी र पूर्व पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा आज अपराह्न ३ः०० बजे बस्ने बैठकमा पार्टीको आसन्न १४औँ महाधिवेशन, बदलिँदो राजनीतिक सत्ता समीकरणलगायत विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

कांग्रेसले आजै जनता समाजवादी पार्टी नेपालसँग पनि समसामयिक राजनीतिक विषयमा छलफल गर्दैछ । सभापति देउवा निवासमा अपराह्न ४ः०० बजे कांग्रेस र जसपा नेपालका शीर्ष नेताबीच समसामयिक विषयमा छलफल हुने प्रवक्ता शर्माले बताउनुभयो ।

गत पुस ५ गते सरकारले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले यही फागुन ११ गते पुनःस्थापना गर्ने निर्णय गरेपछि र सर्वोच्चले नै यही फागुन २३ गते नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को गठन अमान्य हुने फैसला गरेपछि मुलुकको राजनीतिले नयाँ मोड लिएको छ ।