२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

अत्यधिक रक्सी पिएपछि म्याक्सवेल अस्पताल भर्ना



अ+ अ-

एजेन्सी । अस्ट्रेलियाका स्टार अलराउन्डर ग्लेन म्याक्सवेल शुक्रबार राति एडिलेडको अस्पतालमा भर्ना भएका छन् । रिपोर्टका अनुसार उनले त्यो दिन एडिलेडमा रातभर पार्टी गरेका थिए र धेरै मदिरा सेवन गरेका थिए ।

त्यसपछि उनको स्वास्थ्य बिग्रिएपछि एम्बुलेन्सबाट अस्पताल लगिएको थियो । क्रिकेट अष्ट्रेलियाले यस विषयमा अनुसन्धान गरिरहेको छ ।

म्याक्सवेललाई सोमबार वेस्ट इन्डिजविरुद्धको एकदिवसीय सिरिजबाट विश्राम दिइएको छ । फेब्रुअरी २ देखि ३ वटा एकदिवसीय सिरिज सुरु हुनेछ । अष्ट्रेलियाको कप्तानी स्टिभ स्मिथले गर्नेछन् ।

डेली टेलिग्राफको रिपोर्ट अनुसार यो घटना त्यतिबेलाको हो । जब म्याक्सवेल ब्रेट लीको रक ब्यान्ड ‘सिक्स एन्ड आउट’ हेर्न आएका थिए । एम्बुलेन्स बोलाइयो र म्याक्सवेललाई अस्पताल लगियो, यद्यपि उनी लामो समयसम्म अस्पतालमा बसेनन् ।

सिरिजबाट विश्राम पाएका ग्लेन म्याक्सवेलको स्थानमा फ्रेजर मगार्चलाई एकदिवसीय टोलीमा मौका दिइएको छ । क्रिकेट अष्ट्रेलियाले म्याक्सवेललाई टी–२० विश्वकप र टी–२० सिरिजअघि कामको बोझ व्यवस्थापनलाई ध्यानमा राखेर विश्राम दिएको जनाएको छ । अष्ट्रेलियाले फेब्रुअरीमा वेस्ट इन्डिज र न्युजिल्याण्डसँगको टी–२० सिरिज पनि खेल्नेछ ।