८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र

पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र
अ+ अ-

नवलपुर । कालीगण्डकी करिडोरमा निर्माणाधीन पुलको सामान चोरी भएपछि पुल निर्माण अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको करिडोरमा पर्ने गैँडाकोट–३ र बुलिङटार–१ जोड्ने तरङ्ग खोलामा निर्माणाधीन पुलका सामान चोरिएको जनाउँदै निर्माण कम्पनीले काम बन्द गरेको हो ।

कम्पनीले आफ्नो करिब रु ४८ लाख बराबरको सामान चोरी भएको जनाएको छ । निर्माण कम्पनीका सञ्चालक अशोक लोहनीले पुल निर्माणका लागि राखिएका डण्डी, प्लाइ, पाइप, कलेम्पुलगायतका सामग्री चोरी भएको बताउनुभयो । “बुलिङटार–३ का वीष्णुवीर जर्घाले मेरो सामान लैजानुभएको हो, सामान लैजाँदै गर्दा उहाँको ट्रयाक्टर दुर्घटनामा परेर मानिससमेत मरेका छन्”, उहाँले भन्नुभयो, “बुलिङटारमा निर्माणाधीन संरचनामा उहाँसँग सहकार्य गरेर करिब रु ११ लाखको काम गर्दा रु एक लाख ७० हजार जति रकम मैले तिर्न बाँकी थियो ।”

बाँकी रहेको पैसा पनि आफूले दिने तयारी गरिरहेको बेलामा पुल निर्माणका लागि ल्याइएको सामान जर्घाले लगेको लोहनीले आरोप लगाउनुभयो । “मेरो सामान चोरी भएको विषयमा मैले जिल्ला प्रहरी कार्यालय नवलपुरमा ट्रयाक्टर साहुको नाममा किटानी जाहेरी दिएको छु”, उहाँले भन्नुभयो, “मेरो हराएको सामानको क्षतिपूर्ति नपाएसम्म मैले पुल निर्माणको काम अगाडि बढाउँदिन ।” निर्माणाधीन पुलका सामान लैजाने भनिएका जर्घा बुलिङटार गाउँपालिका–३ का वडाध्यक्षसमेत हुन् ।

व्यवसायी लोहनीले करिडोरको तरङ्ग खोलामा २५ मिटर लम्बाइ र ११ मिटर चौडाइको पुल निर्माण गर्नेगरी रु तीन करोड ७३ लाखमा ठेक्का पाउनुभएको थियो । पुल निर्माणको काम ६५ प्रतिशत सकिएको निर्माण उहाँको भनाइ छ । सो पुल आगामी असार मसान्तसम्म निर्माण सम्पन्न गर्नुपर्ने समयसीमा रहेको जनाइएको छ ।

बुलिङटार–३ का वडाध्यक्षसमेत रहनुभएका आरोपी जर्घाले निर्माण व्यवसायी लोहनीले आफूलाई छ वर्ष अगाडिको पैसा दिन बाँकी रहेको बताउनुभयो । “निर्माण व्यवसायीले कालीगण्डकी करिडोरको बाटोमा पुल निर्माणको ठेक्का पाउनुभएको थियो । छ वर्ष अगाडि मेरो ट्रयाक्टर लगेर काम गर्नुभयो”, उहाँले भन्नुभयो, “त्यो पुल दुई वर्ष अगाडि नै निर्माण सकिँदासमेत मेरो पूरै भुक्तानी गर्नुभएन, सम्पर्कमा पनि आउनुहुँदैनथ्यो ।” निर्माण व्यवसायी अशोक लोहनी सम्पर्कमा आएको बेला पनि पैसा दिन्छु भन्ने तर नदिने गरेको जर्घाको भनाइ छ ।

आफू जनप्रतिनिधि भएपछि आफ्नो सबै घरव्यवहार आफ्ना छोराले हेर्ने गरेको जनाउँदै जर्घाले भन्नुभयो, “छोरा गएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटनामा पर्यो ।” पैसा नपाइरहेको अवस्थामा तरङ्ग खोलामा निर्माण व्यवसायीले पुल बनाइरहेको छोराले थाहा पाएर सामान उठाएर लिएर आउँदा ट्रयाक्टर दुर्घटना भएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पुल निर्माण भएको ठाउँबाट लोहनीको सामान ल्याएर सुरक्षित राख्ने र पैसा दिएपछि फिर्ता गर्ने उनीहरूको योजना थियो ।”

तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान चोरी भएको विषयमा जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको र त्यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट–सुस्तापूर्व०का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले निर्माण कम्पनीले हालेको उजुरीका विषयमा दुवै पक्षले न्याय पाउनेगरी समाधान खोजिने जानकारी दिनुभयो । “समान हराएको विषयमा उजुरी परेको छ, सामान लगेको भनिएको व्यक्तिलाई समेत निर्माण पक्षले केही रकम तिर्न बाँकी रहेछ”, उहाँले भन्नुभयो, “सामान लैजाँदै गरेको ट्रयाक्टर दुर्घटनामा परेर मान्छेको मृत्यु भएको छ, पहिले यो मुद्दामा चालकमाथि अनुसन्धान अगाडि बढाएका छौँ ।”

दुर्घटनामा मान्छे मरेको मुद्दाको छिनोफानो भएपछि चोरीका विषयमा अनुसन्धान अगाडि बढाइने सूचना अधिकारी पौडेलले बताउनुभयो । तरङ्ग खोलामा पुल निर्माणका लागि राखिएको सामान लैजाँदै गरेको लु४त २३१३ नम्बरको ट्रयाक्टर गत माघ ४ गते साँझ जिल्लाको बुलिङटार–१ मोजडाँडामा दुर्घटना भएको थियो । कालीगण्डकी करिडोरबाट करिब एक सय मिटर तल खेतमा खसेको ट्रयाक्टरले नै थिचेर ट्रयाक्टरमा सवार बुलिङटार–३ का ३५ वर्षीय चन्द्रबहादुर दर्लामीको घटनास्थलमा नै मृत्यु भएको प्रहरीको भनाइ छ ।

दुर्घटनामा सोही ट्रयाक्टरमा सवार बुलिङटार–३ का ४० वर्षीय धनबहादुर नेपाली र २८ वर्षीय मीनबहादुर सार्की घाइते भएका छन् । दुर्घटनामा सकुसल रहेका ट्रयाक्टर चालक बुलिङटार–३ का २१ वर्षीय धनबहादुर थापालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको सूचना अधिकारी पौडेलले बताउनुभयो । रासस