८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट News Polar दोभान बजारमा आगलागी News Polar खाद्य स्वच्छता तथा गुणस्तर ऐन संशोधनसम्बन्धी मस्यौदामा सुझाव माग

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा

मत माग्दै सत्ता गठबन्धनका उम्मेदवार जिल्ला–जिल्लामा
अ+ अ-

गलकोट । यही माघ ११ गते हुन गइरहेको राष्ट्रियसभा सदस्य निर्वाचनका लागि सत्तारूढ गठबन्धनका उम्मेदवारहरु मत माग्नका लागि जिल्लाका विभिन्न क्षेत्रमा पुगेका छन् । गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने गठबन्धनका उम्मेदवारहरु बागलुङका जनप्रतिनिधिहरुबीच अन्तरक्रिया तथा भेटघाट गर्नका लागि बागलुङ आइपुगेका छन् ।

सत्ता पक्षीय पाँचदलीय गठबन्धनका तर्फबाट गण्डकी प्रदेशबाट उम्मेदवार करिणबाबु श्रेष्ठ, मनरुपा शर्मा र पदमबहादुर परियार निर्वाचनको मिति नजिकिएसँगै बागलुङसहित गण्डकी प्रदेशका जिल्ला जिल्लामा मतदाता भेटघाटमा व्यस्त हुनुहुन्छ । उहाँहरु मतदाताका रुपमा रहेको स्थानीय तहको सरकारप्रमुख उपप्रमुख तथा प्रदेशसभा सदस्यहरुबीच भेटघाट र परिचय कार्यक्रमका लागि बागलुङ आउनुभएको हो ।

यहाँ आयोजित कार्यक्रममा बागलुङ जिल्लाका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख अध्यक्ष, उपाध्यक्ष तथा यहाँबाट प्रदेशसभामा प्रतिनिधित्व गर्ने सत्तापक्षीय प्रदेशसभा सदस्यहरुले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राष्ट्रियसभा सदस्य उम्मेदवार किरणबाबु श्रेष्ठले गठबन्धनको औचित्य र आवश्यकता अझै बाँकी रहेकाले आफूहरु अहिले पनि गठबन्धनका तर्फबाट उम्मेदवार बनेको बताउनुभयो । “संविधान र व्यवस्थामाथि नै प्रहार भएपछि बनेको गठबन्धनको आवश्यकता अहिले पनि छ”, उहाँले भन्नुभयो, “अहिले पनि गठबन्धन नै गरेर निर्वाचनमा जाँदैछौँ, जनतामा आशा जगाउने गरी काम गर्नका लागि सरकारलाई सघाउने र जनताको प्रतिनिधिका रुपमा सरकारलाई सही मार्गमा हिँडाउनका लागि निरन्तर प्रयत्न गर्छौैं ।”

राष्ट्रियसभा सदस्य उम्मेदवार मनरुपा शर्माले शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्नका लागि आफूलाई राष्ट्रियसभामा भूमिका खेल्ने बताउँदै मत माग्नुभयो । उहाँले गठबन्धनलाई मत माग्न जिल्ला जिल्लामा पुग्ने कार्यक्रमअन्तर्गत बागलुङ आएको बताउनुभयो ।

राष्ट्रियसभा सदस्यका उम्मेदवार पदमबहादुर परियारले हरेक क्षेत्रलाई समावेशी बनाउन, स्थानीय तहलाई बलियो बनाउन भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा सहभागी गठबन्धन दलका नेताले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मर्मअनुसार अगाडि बढेर उम्मेदवारलाई विजयी गराउन भूमिका खेल्ने प्रतिबद्धता जाहेर गर्नुभएको थियो । निर्वाचन परिचालन समितिका संयोजक एवं नेपाली कांग्रेस गण्डकी प्रदेशका महामहान्त्री विष्णु लामिछानेले सबै एक ढिक्का भएर निर्वाचन जित्ने वातावरण सृजना गर्न स्थानीय तहका जनप्रतिनिधि र प्रदेश सदस्यहरुले सहयोग गर्ने बताउनुभयो । रासस